काठमाडौं । शैक्षिक परामर्श ब्यवसायमा फरक पहिचान बनाउन सफल कन्सल्टेक्सी क्याम्ब्रिज १५ औं वर्षमा प्रवेश गरेको छ । बागबजारमा रहेको क्याम्ब्रिज आजबाट स्थापनाको १४ वर्ष पुरा गरी १५ वर्षमा प्रवेश गरेको हो । डेढ दशकको शैक्षिक यात्रामा क्याम्ब्रिजले दशौं हजार विद्यार्थीहरुलाई शैक्षिक परामर्श दिइसकेको क्याम्ब्रिजका संस्थापक निर्देशक शिशिर सिंखडाले बताए । उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई सहि परामर्श दिइएकोले नै क्याम्ब्रिज आम विद्यार्थी र अभिभावकको भरोसाको केन्द्र बनेको उनको दावी छ । ‘हामी आजबाट १४ वर्ष पुरा गरी १५ वर्षमा प्रवेश गरेका छौं । यसविच हामीले उच्च शिक्षाका लागि विदेश जाने दशौं हजार विद्यार्थीहरुलाई सही र तथ्यपरक परामर्श दिएका छौं । यो यात्रामा हामीलाई साथ, समर्थन र हौसला प्रदान गर्ने सम्पूर्ण महानुभावहरुमा आभार प्रकट गर्दछु ।’ संस्थापक निर्देशक सिंखडाले भने ।
आफुहरुले विद्यार्थीहरुलाई भरपर्दो, विस्वसनीय सेवा प्रदान गरेकैले सफलता प्राप्त गरेको उनको दावी छ । ‘विदेश अध्ययन गर्न जाने विद्यार्थीहरुलाई कुनै लोभ लालच र प्रलोभनमा पारेर परामर्श गर्दैनौं, विद्यार्थीहरुको शैक्षिक, आर्थिक अवस्था हेरेर जेन्यून परामर्श दिएकोले पनि हामी प्रति विद्यार्थी र अभिभावकले विस्वास बढ्दो छ ।’ निर्देशक सिंखडा भन्छन् ।
विशेष प्याकेज घोषणा यस अवसरमा क्याम्ब्रिजले उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीहरुका लागि विशेष प्याकेज घोषणा गरेको छ । १४ औं वार्षिकोत्सवको अवसरमा एक महिनाभर क्याम्ब्रिजबाट विदेश अध्ययनका लागि आवेदन दिने विद्यार्थीहरुबाट शैक्षिक परामर्श शुल्क छुट गरिएको छ । ‘डिसेम्बर २३ देखि जनवरी २३ सम्म विदेश अध्ययनका लागि आवेदन गर्ने विद्यार्थीहरूबाट कुनै पनि कन्सल्टेन्सी सेवा शुल्क लिइने छैन ।’ संस्थापक निर्देशक सिंखडाले भने ।
यसैगरी, आइएलटिएस र पिटिई अध्ययन गर्ने विद्यार्थीहरूलाई सात हजार पर्ने कोर्स दुई हजार पाँच सयमै पढाइने तथा आइएलटिएस परीक्षा मिति बुकिङमा तीन हजार देखि ४ हजार सम्मको छुट प्रदान गरिने बताइएको छ ।
क्याम्ब्रिजले अष्ट्रेलिया, बेलायत, अमेरिका, क्यानडा, जापान, युरोप, न्यूजलेण्ड लगायतका देशहरुमा उच्च शिक्षाका लागि जाने विद्यार्थीहरुलाई सन्तुलित, यथार्थपरक र वस्तुनिष्ट रुपमा शैक्षिक परामर्श दिने गरेको छ । काठमाडौंको बागबजारमा मुख्य कार्यालय सँगै बालाजु, ललितपुर, बनेपा, धरान, इटहरी, विर्तामोड, दमकमा शाखा कार्यालय मार्फत सेवा प्रदान गर्दै आइरहेको छ भने, अष्ट्रेलिया र बेलायतमा पनि अन्तराष्ट्रिय शाखा सञ्चालनमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- सरकारले जनताको दुःख नबुझे सडकमा आउने गगनको चेतावनी
- बाराको सेज क्षेत्रमा पनि चल्दै डोजर, निशानामा ६०० घर–टहरा
- कांग्रेस राष्ट्रिय सभाको प्रमुख सचेतकमा पदम परियार
- मनास्लु र ल्होत्से आरोहणको ७० वर्ष, विशेष कार्यक्रम गरी मनाइने
- शेखर गोल्छा पक्राउ परेकोमा नाडाको आपत्ति
- सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा अभिकर्ता सशक्तिकरण तथा सम्मान कार्यक्रम सम्पन्न
- नयाँ दिल्लीमा नेपाललाई उत्कृष्ट वेडिङ डेस्टिनेसनका रूपमा प्रवर्द्धन
- परशुराम चौहानको अन्तर्राष्ट्रिय फड्को, पाए यस्तो सम्मान


ट्रेन्डिङ
खबरमुकाम







