काठमाडौँ । छैटौं डीएभी +२ अन्तर कलेज सिक्स ए साइड फुटसल प्रतियोगिताको विजेता आयोजक डीएभी कलेज बनेको छ । १६ माघदेखि सुरु भएको प्रतियोगितामा विजेता बन्दै डीएभीले ३ लाख रुपैयाँ नगद, ट्रफी र प्रमाणपत्र हात पारेको छ ।
प्रतियोगितामा उपविजेता बन्दै ओमेगा कलेजले २ लाख रुपैयाँ नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको कलेजले जनाएको छ ।प्रतियोगितामा डीएभी कलेजका भारगव सिलवाल उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक ओमेगा कलेजका रिदम आले मगर र उच्च गोलकर्ता ओमेगा कलेजका योगान्त महर्जनलाई पनि जनही नगद १५ हजार रुपैयाँ ट्रफी र प्रमाणपत्र प्रदान गरिएको कलेजले जनाएको छ ।
कलेजका संस्थाका अध्यक्ष अनिलि केडियाले शुभारम्भ गरेको प्रतियोगितामा ४० टिमको सहभागिता रहेको थियो । डीएभी कलेजको फुटसल मैदानमा आयोजना भएको प्रतियोगिताको उद्घाटन खेलकुदमन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुद परिषद् सदस्य तथा नाइटेङ्गल कलेजका प्रिन्सिपल रन्जना प्रधान लगायतले गरेका थिए ।
तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा प्लस टु तहका सबैभन्दा ठूलो धनराशिको प्रतियोगिता भएको दाबी कलेजका प्रिन्सिपल सुमन बस्नेतले गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
- श्रम संस्कृति पार्टीले पृथ्वीका सबै श्रमिकलाई मुक्ति र न्याय दिन्छ– सुदन किराती
- मापदण्ड विपरीत सञ्चालित भक्तपुरको बाल गृहबाट ८ बालबालिकाको उद्धार
- २५ वर्षसम्म गोप्य राखिएको रावल आयोगको प्रतिवेदन कार्यान्वयनमा ल्याउँदै बालेन सरकार
- कांग्रेसका असन्तुष्ट युवा नेताहरूको भेला आज, पाँच एजेन्डामा केन्द्रित छलफल हुने
- विश्वकप २०२६ मा अमेरिकाको शानदार सुरुवात
- चर्चित सेफ सन्तोष साह ठगी मुद्दामा पक्राउ
- देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना, कोशीमा भारी वर्षा हुन सक्ने



ट्रेन्डिङ
खबरमुकाम






