काठमाडौँ । करिब १६ बर्ष पछी आयोजना भएको ४ दिने शंकरापुर सक्व महोत्सबको उद्घाटनको अबसरमा शंकरापुर बाजा झाँकी, जात्रा र नृत्यमा झुमेको छ झुमेको हो ।
महोत्सब उद्घाटन अघि बिशाल र्यालीले साँखुको बजार परिक्रमा गर्दा बजारका बासिन्दा मात्रै होइन सालीनदी दर्शन गर्न पुगेका भक्तजन पनि एकछिन रोकिएर र्यालीको मज्जा लिदै गरेको देखिन्थ्यो । किनकी आजको र्यालीमा कुनै नारा थिएन, कसैको समर्थन वा बिरोध थिएन । त्यहाँ थियो त केवल लाखे नाच, परंम्परागत नृत्य, कुमारी रथ यात्रा, कलाकार साहित्यकारहरुको लस्कर, स्थानिय उत्पादनको प्रदर्शनी, मुर्तिकला, चित्रकला, धिमे बाजा, झाँक्रि प्रहसन, नौमती बाजा, तथा बिभिन्न समयमा मनाइने जात्राका प्रतिबिम्बहरु र्यालीमा समावेश थिए ।
बागमती प्रदेशका सँस्कृति तथा पर्यटन मन्त्री बिमल ठकुरी तथा शंकरापुर नगरपालिकाका मेयर रमेश नापितको अगुवाइमा भएको उद्घाटन र्यालीमा साहित्यकारहरु, कलाकारहरु, ९ वटै वडामा रहेका सामुदायीक बिधालयका बिधार्थीहरु, नगलपालिकाका कर्मचारीहरु, उधोग बाण्ज्यिसँघ शंकरापुर, कृषक समुहहरु ल्गायतको सहभागिता थियो ।
नगर प्रमुख नापितको सभापतित्व तथा मन्त्री ठकुरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको औपचारीक उद्घाटन समारोहमा वडा नं ६ का अध्यक्ष नगर प्रबक्त एवं शंकरापुर सक्व महोत्सब कार्यक्रमका संयोजक राधाकृष्ण श्रेष्टले स्वगत मन्तव्य राखेका थिए ।
चर्या नृत्य, डाफा भजन, लोक दोहोरी, पन्चेबाजा, नौमतीबाजा, खैजडी भजन लगाएत बिबिध कार्यक्रम भएको उद्घाटन सत्रमा शुभकामना व्यक्त गर्दै बिशेष अतिथी तथा अतिथीहरुले ऐतिहासिक, पौराणिक एवं साँस्कृतीक शहर साँखुले आफ्नो पहिचान गुमाउँदै गएकोमा चिन्ता ब्यक्त गरेका थिए ।
महोत्सव मुल समारोहका समितीका संयोजक एवं नगर प्रमुख नापितले त्यहि हराउँदै गएको साँखुको पहिचान फर्काउँदै नवजिवन प्रदान गर्न महोत्सब आयोजना गरिएको बताए। साँखुको ऐतिहासिक बिकास, बज्रयोगिनी तथा मणिचुडको प्रचार नगर भित्रका पर्यटकिय तथा धार्मिक क्षेत्रको प्रबर्धन स्थानिय उत्पादनलाई प्रोत्साहन एवं सुस्ताएको व्यवसाय चलायमान बनाउन महोत्सब आयोजना गरिएको बताए।
आज देखी ४ दिन सम्म चल्ने महोत्सब उद्घाटन समारोहलाई प्रमुख अतिथी एवं बागमती प्रदेश सरकारका संस्कृती एवं पर्यटन मन्त्री बिमल ठकुरी, पुर्ब प्रदेस मन्त्री एवं प्रदेश साँसद राजु बिष्ट, नेपाल चेम्बर अफ कमर्सका निबर्तमान अध्यक्ष राजेन्द्र मल्ल, नेकपा माओबादी केन्द्रका नगर अध्यक्ष रक्षक बहादुर घलान, नेकपा समाजबादीका नगर अध्यक्ष श्याम कुमार वाइवा लगायतले सम्वोधन गरेका थिए।
उक्त कार्यक्रममा लोक दोहो प्रतिष्ठानका कलाकाहरु उपाध्यक्ष द्धय राधिका हमाल तथा खुमन अधिकारी एवं सल्लाहकार इन्द्रेणी कार्यक्रममा सन्चालक कृष्ण कँडेल लगाएतले लोक दोहोरी घन्काएका थिए ।
आयोजकका अनुसार महोत्सब आगामी १९ गते शनिबार सम्म नियमित चलने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
- श्रम संस्कृति पार्टीले पृथ्वीका सबै श्रमिकलाई मुक्ति र न्याय दिन्छ– सुदन किराती
- मापदण्ड विपरीत सञ्चालित भक्तपुरको बाल गृहबाट ८ बालबालिकाको उद्धार
- २५ वर्षसम्म गोप्य राखिएको रावल आयोगको प्रतिवेदन कार्यान्वयनमा ल्याउँदै बालेन सरकार
- कांग्रेसका असन्तुष्ट युवा नेताहरूको भेला आज, पाँच एजेन्डामा केन्द्रित छलफल हुने
- विश्वकप २०२६ मा अमेरिकाको शानदार सुरुवात
- चर्चित सेफ सन्तोष साह ठगी मुद्दामा पक्राउ
- देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना, कोशीमा भारी वर्षा हुन सक्ने



ट्रेन्डिङ
खबरमुकाम






