काठमाडौं । नेपालका प्रमुख वितीय संस्थाहरुमध्ये एक, रिलायन्स फाइनान्स लिमिटेडले आगामी नेपाल प्रिमियर लिग (एनपीएल) को लुम्बिनी लायन्स फ्रेन्चाइजसँग प्रायोजन सम्झौता गरेको छ।
रिलायन्स फाइनान्सले लुम्बिनी लायन्ससँग आधिकारिक वित्तीय साझेदारको रूपमा सहभागिता गर्ने छ। सम्झौतापत्रमा रिलायन्स फाइनान्सका सीईओ श्री समाज प्रकाश श्रेष्ठ र लुम्बिनी लायन्सका क्रिकेट म्यानेजर श्री राज जड्ङ्ग थापाको उपस्थितिमा हस्ताक्षर गरिएको थियो।
यस साझेदारीले रिलायन्स फाइनान्सको नेपाली खेलकुदको विकास र वृद्धिमा योगदान दिने बचनबद्धतालाई उजागर गर्दछ। रिलायन्स फाइनान्सका सीईओ श्री समाज प्रकाश श्रेष्ठले प्रस्ट पार्नुभयो। लुम्बिनी लायन्स फ्रेन्चाइज जसको नेतृत्व नेपाल राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलले गर्दैछन। अनुभवी र प्रतिभाशाली अन्तर्राष्ट्रिय र राष्ट्रिय खेलाडीहरूको समूहलाई समेटेको छ।
फ्रेन्चाइजको सबैभन्दा ठूलो विदेशी खेलाडी आईपीएल २०१६ को फाइनलका स्टार बेन कटिङ्ग हुन्, जसले विराट कोहली को आरसीबीलाई पराजित गरेका थिए। यसका साथै भारतका यू. १९ विश्वकप विजेता कप्तान उन्मुक्त चन्द इंग्ल्याण्डका उदाउँदो स्टार टम मूरस क्यानाडाका कप्तान साद बिन जफर र वेस्ट इन्डिजका रामोन सिम्मन्ड्स फ्रेन्चाइजका प्रमुख विदेशी खेलाडीहरु हुन्। फ्रेन्चाइजका राष्ट्रिय खेलाडीहरूमा बिबेक यादव, सन्दीप जोरा र सूर्या तामाङ रहेका छन्।
नेपाल प्रिमियर लिगमा आठ वटा फ्रेन्चाइज भाग लिनेछन्, र प्रतियोगिता ३० नोभेम्बर २०२४ देखि सुरु हुनेछ । लुम्बिनी लायन्सले ४ डिसेम्बर २०२४ मा विराटनगर किड्ससँग आफ्नो पहिलो खेल खेल्नेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
- श्रम संस्कृति पार्टीले पृथ्वीका सबै श्रमिकलाई मुक्ति र न्याय दिन्छ– सुदन किराती
- मापदण्ड विपरीत सञ्चालित भक्तपुरको बाल गृहबाट ८ बालबालिकाको उद्धार
- २५ वर्षसम्म गोप्य राखिएको रावल आयोगको प्रतिवेदन कार्यान्वयनमा ल्याउँदै बालेन सरकार
- कांग्रेसका असन्तुष्ट युवा नेताहरूको भेला आज, पाँच एजेन्डामा केन्द्रित छलफल हुने
- विश्वकप २०२६ मा अमेरिकाको शानदार सुरुवात
- चर्चित सेफ सन्तोष साह ठगी मुद्दामा पक्राउ
- देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना, कोशीमा भारी वर्षा हुन सक्ने



ट्रेन्डिङ
खबरमुकाम






