काठमाडौँ । मुगुको रारा ताल क्षेत्रमा सुविधा सम्पन्न रिसोर्ट खोल्नका लागि अष्ट्रेलियन लगानी भित्रिएको छ ।
आइतबारबाट सुरुभएको तेस्रो लगानी सम्मेलनको दोस्रो दिन आज रिसोर्टमा लगानीका लागि अष्ट्रेलियाको एक्सपर्ट ग्रुपसँग सम्झौता भएको हो ।
लगानीसम्बन्धी सहकार्यका लागि एक्सपर्ट ग्रुपका तर्फबाट बद्री अर्याल र सञ्जीव शर्मा तथा रारा होल्डिङ्स रिसोर्ट प्राइभेट लिमिटेडका तर्फबाट अभिषेकविक्रम शाहले हस्ताक्षर गरे ।
मुगु जिल्लाको छायानाथ रारा नगरपालिका वडा नम्बर ९, मुर्माटपमा ८० रोपनी क्षेत्रफलमा बन्ने यो रिसोर्टमा पहिलो चरणमा करिब ७० करोड र दोस्रो चरणमा ४० करोड बराबर लगानी गरिने शाहले जानकारी दिए ।
डेढ वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने लक्ष्य राखिएको रिसोर्ट स्थानीय स्रोत साधनको प्रयोग र त्यहाँको संस्कृति झल्किने गरी निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदनसमेत बनिसकेको शाहले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- अर्थमन्त्री डा. वाग्लेले उद्घाटन गरे नेपाल बैंकको अत्याधुनिक भवन
- नेपाल मेडिसिटी अस्पताल र सिङहेल्थ सिङ्गापुरबीच सहकार्यको सम्झौता
- कामना सेवा विकास बैकद्धारा विद्यालयलाई कुलर तथा ब्रेल पेपर हस्तान्तरण
- रवि लामिछानेले छुट्याए आफ्ना शत्रु, को को परे ?
- उपाध्यक्ष पौडेलको गिरफ्तारीमा आक्रामक एमाले, सशक्त प्रतिवाद गर्ने निर्णय
- रास्वपाको मतदान निर्धारित समयमा नहुने, उम्मेदवारको अन्तिम सूची कुर्दै निर्वाचन आयोग
- विश्वकपमा क्रोएसियाको पहिलो जित, पानामा बाहिरियो
- रास्वपाको सभापतिमा निर्विरोध बने रवि लामिछाने



ट्रेन्डिङ
खबरमुकाम






