शनिबार काठमाडौंको भद्रकालीमा भिक्षुमाथि दुर्व्यवहार गर्ने प्रहरी विभागीय कारबाहीमा पर्ने भएका छन् ।
नेपाल प्रहरीले आइतबार सूचना जारी गर्दै भिक्षुमाथि दुर्व्यवहार भएकोबारे गम्भीर ध्यानाकर्षण भएको बताएको हो ।
‘चैत २४ गते काठमाडौं, भद्रकाली (निषेधित क्षेत्र) मा प्रहरी कर्मचारीद्वारा एक भिक्षुमाथि भएको दुर्व्यवहारको सम्बन्धमा नेपाल प्रहरी प्रधान कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ ।
साथै, उक्त घटनामा संलग्न प्रहरी कर्मचारी उपर विभागीय कारबाही प्रक्रिया अगाडि बढाइ सकिएको व्यहोरा समेत जानकारी गराउँछौं,’ प्रहरी मुख्यालयले जारी गरेको सूचनामा भनिएको छ ।
शनिबार राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति अभियानले भद्रकाली क्षेत्रमा प्रदर्शन गरेको थियो ।
निषेधित क्षेत्र तोड्ने क्रममा केहीबेर दोहोरो झडपसमेत भएको थियो। प्रहरीले बल प्रयोग गर्दा भिक्षुमाथि दुर्व्यवहार भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- अर्थमन्त्री डा. वाग्लेले उद्घाटन गरे नेपाल बैंकको अत्याधुनिक भवन
- नेपाल मेडिसिटी अस्पताल र सिङहेल्थ सिङ्गापुरबीच सहकार्यको सम्झौता
- कामना सेवा विकास बैकद्धारा विद्यालयलाई कुलर तथा ब्रेल पेपर हस्तान्तरण
- रवि लामिछानेले छुट्याए आफ्ना शत्रु, को को परे ?
- उपाध्यक्ष पौडेलको गिरफ्तारीमा आक्रामक एमाले, सशक्त प्रतिवाद गर्ने निर्णय
- रास्वपाको मतदान निर्धारित समयमा नहुने, उम्मेदवारको अन्तिम सूची कुर्दै निर्वाचन आयोग
- विश्वकपमा क्रोएसियाको पहिलो जित, पानामा बाहिरियो
- रास्वपाको सभापतिमा निर्विरोध बने रवि लामिछाने



ट्रेन्डिङ
खबरमुकाम






