काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १५ वैशाखमा इलाम २ मा हुने उपनिर्वाचनमा माओवादी केन्द्रले आफ्नो दलको उम्मेदवारलाई समर्थन गर्ने विश्वास व्यक्त गरेका छन् ।
बझाङ काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा ओलीले उपनिर्वाचन हुने इलाम २ को प्रतिनिधिसभा र बझाङ १ को प्रदेशसभा निर्वाचन क्षेत्रमा एमालेले जित्ने दाबी गरे । प्रतिनिधिसभा सदस्यका लागि इलाम २ मा अघिल्लो पटक सबै मिल्दा पनि एमालेले जितेको उनले बताए । अरुको घाँस र कुँडो खाएर राम्रै प्रतिस्पर्धा गरेको भन्दै उनले भने, ‘यस पटक इलाममा हामीसँग कोही प्रतिस्पर्धी छैन, हामी जित्छौं ।’
यसअघि ४ मंसिर २०७९ को चुनावमा बझाङ प्रदेशसभा १ मा पनि एमाले कृत्रिम रुपमा हारेको बताए । माओवादी र एकीकृत समाजवादीको बलमा कांग्रेसले जितेको भन्दै उनले अगाडि भने, ‘मलाई विश्वास छ, माओवादीलाई अन्तिममा हामीलाई समर्थन गर्छ । किनभने कांग्रेसलाई जिताउन मिल्दैन ।’
यदि माओवादीको मत १३ हजार भएको भए एमालेले खुला दिलले समर्थन गर्ने थियौं भन्दै उनले एमालेको धेरै भोट भएकाले छाड्न नमिल्ने बताए । ‘हामी यो पटक १३ हजारबाट १६ हजारमा पुग्छौं’ दुबै क्षेत्रमा एमालेले शानदार ढंगले जित्ने भन्दै एमाले अध्यक्ष ओलीले भने, ‘माओवादीले साथ दियो भने त्यसभन्दा माथि जान्छौं । समाजवादीले साथ दियो भने त्यो भन्दा माथि जान्छौं ।’
कहिले नभएको असन्तुष्टि चुनावका बेला देखिने गरेको भन्दै उनले त्यसो नगर्न नेता कार्यकर्तालाई चेतावनी दिए । ‘विरोधीको आलोचना गर्न छुट, साथीभाइको आलोचना गर्न पाइन्न’ एक महिना एकअर्काको आलोचना नगर्न आग्रह गर्दै उनले भने, ‘केही असन्तुष्टि छ भने वैशाख २० गतेपछि ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- अर्थमन्त्री डा. वाग्लेले उद्घाटन गरे नेपाल बैंकको अत्याधुनिक भवन
- नेपाल मेडिसिटी अस्पताल र सिङहेल्थ सिङ्गापुरबीच सहकार्यको सम्झौता
- कामना सेवा विकास बैकद्धारा विद्यालयलाई कुलर तथा ब्रेल पेपर हस्तान्तरण
- रवि लामिछानेले छुट्याए आफ्ना शत्रु, को को परे ?
- उपाध्यक्ष पौडेलको गिरफ्तारीमा आक्रामक एमाले, सशक्त प्रतिवाद गर्ने निर्णय
- रास्वपाको मतदान निर्धारित समयमा नहुने, उम्मेदवारको अन्तिम सूची कुर्दै निर्वाचन आयोग
- विश्वकपमा क्रोएसियाको पहिलो जित, पानामा बाहिरियो
- रास्वपाको सभापतिमा निर्विरोध बने रवि लामिछाने



ट्रेन्डिङ
खबरमुकाम






