काठमाडाैं । शरीरमा दुखाई हुनु स्वास्थ्यसँग जोडिएका समस्या मध्ये एउटा आम समस्या हो । तर, शरीर दुखाई लगातार भइरहेको छ भने यसको पछाडि गम्भीर कारण पनि हुन सक्छ ।
आइरनको कमी
शरीरमा हुने आइरनको कमीले पनि कहिलेकाँही शरीर दुखाईको कारण बन्छ । यसले शरीरमा अक्सीजनको प्रवाहमा बाधा पुर्याउँछ । यसबाहेक शरीरमा पोषणको कमी हुन थाल्छ ।
भिटामिन डीको कमी
लगातार शरीरमा दुखाई हुनुको अर्को प्रमुख कारण हो भिटामिन डीको कमी हुनु । यसले हड्डीको निर्माणमा र यसलाई बलियो बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।
डिहाइड्रेशन
लगातार शरीरमा हुने दुखाईको पछाडि डिहाइड्रेशन पनि एउटा ठूलो कारण हो । यसले तपाईंलाई दिनभर थकान तथा आलस्यको महसुस हुन्छ । त्यसैले भरपूर मात्रामा पानी पिउनुहोस् ।
तनाव
यदि तपाईंको पनि बिना कारण तनाव लिने बानी छ भने आजै छोड्नुहोस् । किनकी तनाव लिनाले पनि कयौंपटक शरीर दुखेको अनुभव हुन्छ ।
मधुमेह
मधुमेहले पनि शरीरमा दुखाईको समस्या हुन सक्छ । यसले हातखुट्टा तथा काँधलाई धेरै प्रभाव पार्ने गर्छ ।एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- नेपाल मेडिसिटी अस्पताल र सिङहेल्थ सिङ्गापुरबीच सहकार्यको सम्झौता
- कामना सेवा विकास बैकद्धारा विद्यालयलाई कुलर तथा ब्रेल पेपर हस्तान्तरण
- रवि लामिछानेले छुट्याए आफ्ना शत्रु, को को परे ?
- उपाध्यक्ष पौडेलको गिरफ्तारीमा आक्रामक एमाले, सशक्त प्रतिवाद गर्ने निर्णय
- रास्वपाको मतदान निर्धारित समयमा नहुने, उम्मेदवारको अन्तिम सूची कुर्दै निर्वाचन आयोग
- विश्वकपमा क्रोएसियाको पहिलो जित, पानामा बाहिरियो
- रास्वपाको सभापतिमा निर्विरोध बने रवि लामिछाने
- देशका केही भूभागमा वर्षाको सम्भावना, तराईमा तातो लहरको चेतावनी



ट्रेन्डिङ
खबरमुकाम






