कैलाली । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार अहिले विकास, समृद्धि, सुशासन र सामाजिक न्यायको पक्षमा रहेको बताएका छन् ।
धनगढी उपमहानगरपालिका- १६ भादामा आयोजित जनतासँग माओवादी तीन महिने अभियानअन्तर्गत वडाको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।
उनले छिमेकी राष्ट्रको भ्रमणका क्रममा नेपाल र नेपाली जनताको पक्षमा विभिन्न विश्व समुदायको ध्यानाकर्षण गरेको बताए ।
माओवादीको रुपान्तरण अभियान पुस १५ भित्र सम्पन्न गर्ने र त्यसपछि विधान सम्मेलन गरिने उनको भनाइ छ । विधान अधिवेशनपछि अर्को अभियान सुरु गर्ने र पार्टीको अधिवेशनसमेत गर्ने प्रचण्डले सुनाए ।
‘मूलभूत रुपमा अभियान सफल भएको छ । यसले माओवादी पार्टीलाई जनतासँग जोड्ने, आमजनतामा आशा र भरोसा दिन सफल भएको छ’, उनले भने ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रमेश धामी रवडा अध्यक्ष रामबहादुर चौधरीले वडाको विकासको गतिविधिबारे जानकारी गराउँदै संघीय सरकारबाट उचित बजेटको व्यवस्था गर्न आग्रह गरेका थिए ।
सुदूरपश्चिम महोत्सव उद्घाटन गर्न धनगढी पुगेका प्रधानमन्त्री प्रचण्ड धनगढी– १६ भादामा आयोजित रूपान्तरण अभियानमा सहभागी हुन घसेटा पुगेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला
- प्रधानमन्त्री शाहले भारतीय र चिनियाँ राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने
- ग्यासको अभाव कायमै, उपभोक्ता घण्टौँ लाइनमा
- बाढीपहिरोले देशभरका विभिन्न सडक अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह
- होर्मुज जलडमरूमध्यबारे इरान–ओमान वार्ता सकारात्मक, तत्काल पूर्ण रूपमा नखुल्ने
- आज विश्व आदिवासी दिवस, अधिकार र पहिचान संरक्षणमा जोड
- आज देशभर वर्षाको सम्भावना, केही प्रदेशमा भारी वर्षाको चेतावनी
- नाईमा अटो एक्स्पोमा DONGFENG बस सार्वजनिक हुने

ट्रेन्डिङ
खबरमुकाम







