मुकाम डेस्क । पोखरा महानगरपालिकाको लेखनाथमा पुस ५ गतेदेखि महोत्सव हुँदै छ । १६ गतेसम्म चल्ने १९ औं संस्करणको महोत्सवको आयोजना लेखनाथ उद्योग वाणिज्य संघले गरेको हो ।
२०५८ सालमा सुन्तला प्रदर्शनी गरेर सुरु भएको महोत्सव अहिले वृहत भैसकेको छ । २०६१ सालदेखि लेखनाथ महोत्सवको रुपमा मनाउन थालिएको संघ अध्यक्ष विनोद श्रेष्ठले बताए ।
विभिन्न जातजाति भाषाभाषीलाई एकै थलोमा उपस्थित गराएर लेखनाथ क्षेत्रको पहिचान गराउने उद्देश्यले महोत्सवको आयोजना गरिएको उनको भनाई छ । लेखनाथ र आसपासमा उत्पादित वस्तुहरुको बजारीकरण, कृषि सामग्री एवं महिला उद्यमीहरुको उत्पादनहरुको प्रदर्शनी एवं बिक्रीमा संघले जोड दिएको श्रेष्ठको भनाइ छ ।
महोत्सवमा ३ सय ३५ वटा स्टल रहनेछन् भने २ लाख ५० हजार भन्दा बढी दर्शकले अवलोकन गर्ने लक्ष्य छ । मेला अवधिभर ९ करोड बराबरको आर्थिक कारोबार हुने अनुमान गरिएको छ । यसबाट ९० लाख रुपैयाँ आम्दानी गरेर १० लाख बचाउने महासचिव जानुका पराजुलीले बताइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला
- प्रधानमन्त्री शाहले भारतीय र चिनियाँ राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने
- ग्यासको अभाव कायमै, उपभोक्ता घण्टौँ लाइनमा
- बाढीपहिरोले देशभरका विभिन्न सडक अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह
- होर्मुज जलडमरूमध्यबारे इरान–ओमान वार्ता सकारात्मक, तत्काल पूर्ण रूपमा नखुल्ने
- आज विश्व आदिवासी दिवस, अधिकार र पहिचान संरक्षणमा जोड
- आज देशभर वर्षाको सम्भावना, केही प्रदेशमा भारी वर्षाको चेतावनी
- नाईमा अटो एक्स्पोमा DONGFENG बस सार्वजनिक हुने

ट्रेन्डिङ
खबरमुकाम







