चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा अब नियमित खेल गतिविधि हुने बताएकी छन् । बागमती प्रदेश स्तरीय महिला क्रिकेट छनोट प्रतियोगिताको समापन गर्दै प्रमुख दाहालले रंगशालाको अभ्यास खेल मैदानमा नियमित खेल हुने उल्लेख गरेकी हुन् ।
नियमित खेल गर्न संघ, प्रदेश र भरतपुर महानगरपालिकाबिच केही दिनमा सम्झौता हुने समेत स्पष्ट पारे । रंगशालामा खेल गतिविधि नियमित गर्न एक चरणको छलफल र सहमति भइसकेको छ । क्रिकेट रंगशालाको पहिलो चरणको निर्माण कार्यका लागि ७० प्रतिशत बागमती प्रदेश र ३० प्रतिशत भरतपुर महानगर गर्ने सहमति भएको छ । पहिलो चरणमा रु ७५ करोडको काम हुने जनाइएको छ ।
‘क्रिकेट रंगशाला बन्नेमा दुई मत छैन,’ उनले भनिन्, ‘केही दिनभित्र जग्गाको स्वामित्वको विषयमा दुई विश्वविद्यालयबाट सहमति पत्र आउँदै छ । एक महिनाभित्र निर्माण सुरु गर्ने गरी टेन्डरको काम हुँदैछ।’
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल क्रिकेट संघका केन्द्रीय सचिव तथा बागमती प्रदेशका अध्यक्ष पारस खड्काले निकट भविष्यमा गौतम बुद्ध क्रिकेट रंगशालामा अन्तर्राष्ट्रिय खेल खेल्ने सम्भावना बढ्दै बढेको उल्लेख गरे । अध्यक्ष खड्काले क्रिकेट खेलको विकासका लागि मेयर रेनु दाहालले अग्रसरता लिएकोमा प्रशंसा गरे।
यसैबिच प्रधानमन्त्री कपका लागि भएको बागमती प्रदेश महिला क्रिकेट छनोट प्रतियोगिताको उपाधि काठमाडौँले हात पारेको छ । सोमबार भएको ललितपुर र काठमाडौँबिचको फाइनल खेलमा ललितपुरलाई ४ विकेटले पराजित गर्दै काठमाडौँ क्रिकेट संघले उपाधि हात पारेको हो ।
सुरुवाती ब्याटिङ गरेको ललितपुरले ९ विकेटको क्षतिमा ५४ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको काठमाडौँले १६ दशमलव १ ओभरमा ६ विकेटमा लक्ष्य पुरा गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- सहकारी ठगी बाहेकका रवि लामिछानेका मुद्धा सबै अदालतबाट फिर्ता
- रास्वपा महाधिवेशनको असर प्रतिनिधिसभामा, बैठक ११ गतेसम्म स्थगित
- चिडियाखाना अनिश्चितकालका लागि बन्द, यस्तो छ कारण
- राप्रपामा दुर्गा प्रसाईंको तरंग, काठमाडौं जिल्ला समितिमा पहिरो
- आज ह्वात्तै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
- प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान
- फिफा विश्वकपः इरान र न्युजिल्यान्डबीच रोमाञ्चक बराबरी
- प्रतिनिधिसभाको बैठक आज पनि, मन्त्रालयगत बजेटको छलफललाई निरन्तरता दिइने



ट्रेन्डिङ
खबरमुकाम







