काठमाडौँ । टिकटकबाट चर्चामा आएकी प्रिन्सी खतिवडा हिन्दी गीतमा देखिएकी छन् ।
‘जान देंगे तुम्हे’ बोलको गीतमा उनले मोडलिङ गरेकी हुन्। यो गीत युट्युब ट्रेन्डिङको म्युजिकतर्फ ८ नम्बरमा छ ।
यो समाचार तयार पार्दा ३६ लाखबढी भ्युज पाएको छ। गीतको भिडिओमा प्रिन्सीसँग लक्ष्य कपूरलाई देख्न सकिन्छ ।
लक्ष्य कपूरकै स्वर रहेको गीतमा सावेरी वर्माको शब्द र मुकुन्द सूर्यवंशीको संगीत छ । गीतलाई जोमिन वर्गिसले निर्देशन गरेका हुन् ।
विन्सटन जेसले छायांकन गरेको गीतलाई कृणाल मालीले सम्पादन गरेका हुन् । यो गीत टी सिरिज युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- प्रधानमन्त्री शाहले भारतीय र चिनियाँ राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने
- ग्यासको अभाव कायमै, उपभोक्ता घण्टौँ लाइनमा
- बाढीपहिरोले देशभरका विभिन्न सडक अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह
- होर्मुज जलडमरूमध्यबारे इरान–ओमान वार्ता सकारात्मक, तत्काल पूर्ण रूपमा नखुल्ने
- आज विश्व आदिवासी दिवस, अधिकार र पहिचान संरक्षणमा जोड
- आज देशभर वर्षाको सम्भावना, केही प्रदेशमा भारी वर्षाको चेतावनी
- नाईमा अटो एक्स्पोमा DONGFENG बस सार्वजनिक हुने
- इरानी सर्वोच्च नेता मोज्तबा खामेनीको अवस्था गम्भीर, अस्पताल भर्ना गरिएको दाबी

ट्रेन्डिङ
खबरमुकाम







