बेनी । म्याग्दीको बेनी नगरपालिकाभित्र अटोरिक्सालाई व्यवस्थितरूपमा सञ्चालन गर्न पहल थालिएको छ । नगरभित्र सर्वसाधारणको सुविधाका लागि नयाँ रुट कायम गरी अटोरिक्सालाई सञ्चालनमा ल्याइएको हो ।
नगरभित्र कालोपत्र, ढलान र स्तरोन्नति गरिएका सडकमा यात्रुलाई बोक्न मिल्ने गरी रूट कायम गरिएको हो । बिहीबार नगरप्रमुख सुरत केसीको अध्यक्षतामा बसेको बैठकले बेनपा–४ तातोपानीको पखेर जोड्ने फापरखेतको पुलसम्म, बेनपा–९ गलेश्वरको बेलीब्रिज, बेनपा–६ अर्थुङेको ढलान, बेनपा–२ र ३ को सिमान ढूधेखोलासम्म नयाँ रुट तय गरिएको नगरपालिकाका प्रशासकीय अधिकृत युवराज थापाले जानकारी दिए ।
अटोरिक्सा कच्ची सडकमा सञ्चालन गर्दा दुर्घटनाको जोखिम बढ्ने भएकाले रुट निर्धारण गरिएको भन्दै रुटबाहेक सञ्चालन गरेमा जरिवाना गरिने नगरपालिकाले जनाएको छ । अटोरिक्साका लागि कायम गरिएका रुटमा नगरपालिकाबाट इजाजत लिएर मात्रै सञ्चालन गरिने बताइएको छ । अटोरिक्सामा सवार गर्दा प्रतिकिलोमिटर रु साढे सात भाडासमेत निर्धारण गरिएको छ ।
कच्ची सडकमा यात्रु बोक्दा दुर्घटनाको जोखिमलाई मध्यनजर गरी नियमित अनुगमन गरी रिक्साका चालकलाई सचेत बनाइने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्र पौडेलले बताए ।
नगरपालिकाले अटो तथा विद्युतीय रिक्सा सञ्चालन, व्यवस्थापन तथा नियमनसम्बन्धी कार्यविधि बनाएकाले नियमसम्मत तरिकाले सञ्चालन गर्न चालकलाई अनुरोध गरिएको नगर प्रमुख केसीले बताए । उनले तोकिएको रुटबाहेक अटो सञ्चालन गरिएमा कारबाही गर्नेसमेत बताए ।
बेनी नगरपालिकाभित्र १० अटोरिक्सा सञ्चालनको अनुमति भए पनि हालसम्म छवटाको नम्बर कायम गरिएको छ । चारवटाको रुट कामय गरिने नगरपालिकाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- प्रधानमन्त्री शाहले भारतीय र चिनियाँ राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने
- ग्यासको अभाव कायमै, उपभोक्ता घण्टौँ लाइनमा
- बाढीपहिरोले देशभरका विभिन्न सडक अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह
- होर्मुज जलडमरूमध्यबारे इरान–ओमान वार्ता सकारात्मक, तत्काल पूर्ण रूपमा नखुल्ने
- आज विश्व आदिवासी दिवस, अधिकार र पहिचान संरक्षणमा जोड
- आज देशभर वर्षाको सम्भावना, केही प्रदेशमा भारी वर्षाको चेतावनी
- नाईमा अटो एक्स्पोमा DONGFENG बस सार्वजनिक हुने
- इरानी सर्वोच्च नेता मोज्तबा खामेनीको अवस्था गम्भीर, अस्पताल भर्ना गरिएको दाबी

ट्रेन्डिङ
खबरमुकाम







