काठमाडौं । निजी क्षेत्रको वायुसेवा कम्पनी श्री एयरलाइन्सले जहाज थपेर आन्तरिक उडान बिस्तारका साथै अन्तर्राष्ट्रिय उडान गर्ने योजना बनाएसँगै पाँच अर्ब रुपैयाँ लगानी थप्ने भएको छ ।
चालु वर्षभित्रै आन्तरिकतर्फ बम्बार्डियरका तीन टर्बोप्रोप ‘क्यू–४००’ जहाज र आउँदो डेढ वर्षभित्र न्यारोबडी सिरिजका तीन जहाजमार्फत अन्तर्राष्ट्रिय उडान सुरु गर्ने योजनामा काम भइरहेको प्रबन्ध निर्देशक सुधीर मित्तलले जानकारी दिए ।
कम्पनीले एक महिनाभित्र एउटा टर्बोप्रोप जहाज ल्याउने र थप दुईवटा टर्बोप्रोप चालु आर्थिक वर्षभित्र ल्याउने तयारीमा रहेको उनले बताए । अबको डेढ वर्षमा अन्तर्राष्ट्रिय उडान गर्ने कम्पनीको योजना छ ।
उनले भने, ‘अन्तर्राष्ट्रिय उडानको योजनामा उनले भने ‘हामीले नेपालीलाई नेपाली एयरलाइन्सबाटै सेवा लिन सहज होस् भनेर दुबई, दोहा, मलेसिया लगायत श्रम गन्तव्यका साथै दिल्ली र बैंककमा उडान गर्ने योजना बनाएका छौं । ‘हामीले अन्तर्राष्ट्रियतर्फ तीनवटा न्यारोबडी जहाजमार्फत सेवा दिनेछौं । प्रतिस्पर्धामार्फत यात्रुलाई फाइदा हुने हिसाबले यी अन्तर्राष्ट्रिय उडान गन्तव्य छनोट गरेका हौं।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला
- प्रधानमन्त्री शाहले भारतीय र चिनियाँ राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने
- ग्यासको अभाव कायमै, उपभोक्ता घण्टौँ लाइनमा
- बाढीपहिरोले देशभरका विभिन्न सडक अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह
- होर्मुज जलडमरूमध्यबारे इरान–ओमान वार्ता सकारात्मक, तत्काल पूर्ण रूपमा नखुल्ने
- आज विश्व आदिवासी दिवस, अधिकार र पहिचान संरक्षणमा जोड
- आज देशभर वर्षाको सम्भावना, केही प्रदेशमा भारी वर्षाको चेतावनी
- नाईमा अटो एक्स्पोमा DONGFENG बस सार्वजनिक हुने

ट्रेन्डिङ
खबरमुकाम







