नेकपा एमालेको मध्यपहाडी राजमार्ग केन्द्रीत अभियान ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि संकल्प यात्रा’ आजदेखि सुरू हुँदैछ । दार्चुलाको झुलाघाटमा अध्यक्ष केपी शर्मा ओलीले संकल्प यात्राको उद्घाटन गरेपछि एमालेको झण्डै २ हजार किलोमिटर लामो संकल्प यात्रा सुरू हुनेछ ।
एमालेले उक्त अभियानलाई नागरिक र पार्टीबीच सम्बन्ध सेतुको रूपमा अर्थ्याएको छ। उक्त अभियानमा एमालेले आम नागरिकहरूको अनुभूति र अपेक्षा सुन्ने बताएको छ ।
अभियानमा ठूला सभाहरू कम र अन्तर्क्रिया, अन्तरसंवाद र व्यवसायी तथा स्थानीयस्तरका उद्यमीसँगको छलफललाई बढावा दिने एमालेको लक्ष्य छ । ठूला सभाहरू पनि एक डेढ घन्टाको हुने बताइएको छ ।
सभामा अध्यक्ष ओली र स्थानीय नेताले बोल्नेछन् । कम्तिमा एउटा जिल्लामा एउटा सभा गर्ने एमालेको तयारी छ । उक्त अभियानका क्रममा पुग्ने स्थानीय तथा जिल्ला कमिटीले नै खर्चको व्यवस्थापन गर्ने एमालेले जनाएको छ । केन्द्रले नगरी नहुने शीर्षकमा मात्र केन्द्रीय कोषबाट खर्च गरिने बताइएको छ ।
अभियानको नेतृत्व अध्यक्ष ओलीले गर्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- विपक्षी सांसदले दोहोर्याए प्रधानमन्त्रीको सीमा अभिव्यक्ति फिर्ताको माग
- कांग्रेस इतर समूहको राष्ट्रिय भेलामा सहभागी हुन परिपत्र
- प्रधानमन्त्री शाहसँग भारतीय राजदूतको भेट
- बालेन र रवि लामिछानेबीच बालुवाटारमा ४५ मिनेट भेटवार्ता
- प्रतिनिधिसभाको बैठक आज, चार विधेयक प्रस्तुत हुँदै
- साउनको अन्तिम सोमबार बोलबम यात्राका लागि सुन्दरीजलमा भक्तजनको भीड
- आजको मौसमः देशभर बदली, केही स्थानमा भारी वर्षाको सम्भावना
- कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला

ट्रेन्डिङ
खबरमुकाम







