काठमाडौँ । भोजपुरको हतुवागढी गाउँपालिकाको प्रशासनिक भवनको शिलान्यास गरिएको छ ।
प्रशासनिक भवनको बुधवार गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले एक कार्यक्रमबीच शिलान्यास गरेका हुन् ।
नयाँ भवन निर्माण भएपश्चात सेवा प्रवाहमा सहज हुने अध्यक्ष राईले विश्वास व्यक्त गरे । ‘प्रशासनिक भवन नहुँदा सेवा प्रवाहमा समस्या छ,’ उनले भने, ‘नयाँ भवनको निर्माण सम्पन्न भएपछि सेवा प्रवाहमा थप सहजता हुनेछ ।’
चार तले प्रशासनिक भवन भ्याटसहित ७ करोड ५० लाख ४४ हजार १ सय ३७ रुपैयाँको लागतमा निर्माण गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले जानकारी दिए ।
दुई वर्षभित्र भवन निर्माण हुने विश्वास लिइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला
- प्रधानमन्त्री शाहले भारतीय र चिनियाँ राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने
- ग्यासको अभाव कायमै, उपभोक्ता घण्टौँ लाइनमा
- बाढीपहिरोले देशभरका विभिन्न सडक अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह
- होर्मुज जलडमरूमध्यबारे इरान–ओमान वार्ता सकारात्मक, तत्काल पूर्ण रूपमा नखुल्ने
- आज विश्व आदिवासी दिवस, अधिकार र पहिचान संरक्षणमा जोड
- आज देशभर वर्षाको सम्भावना, केही प्रदेशमा भारी वर्षाको चेतावनी
- नाईमा अटो एक्स्पोमा DONGFENG बस सार्वजनिक हुने

ट्रेन्डिङ
खबरमुकाम







