काठमाडौँ । वौदिका इंक प्रालि अन्तर्गत सञ्चालित जिम्बु थकाली गत वर्षको उत्कृष्ट करदाताको सूचीमा समेटिएको छ । आन्तरिक राजस्व विभागको टंगाल कार्यक्षेत्रमा सबैभन्दा बढी कर जिम्बु थकालीले तिरेको हो ।
१२औं कर दिवसको अवसरमा आन्तरिक राजस्व विभागले उत्कृष्ट करदाताको रूपमा सम्मान गरेको छ । आन्तरिक राजस्व कार्यालय टंगालकी कर अधिकृत कमला खरेलले सेवा क्षेत्रमा सबैभन्दा बढी आयकर दाखिला गरेको भन्दै जिम्बु थकालीलाई सम्मान गरेकी हुन् ।
जिम्बु थकालीको तर्फबाट प्रभा शेरचनले सम्मान लिएका छन् ।
वौदिका इंक प्रालि अन्तर्गत जिम्बु थकाली ब्रान्डका ३ वटा रेस्टुरेन्ट सञ्चालनमा छन् । टंगाल, झम्सिखेल र बानेश्वरमा रेस्टुरेन्ट सञ्चालन गरिरहेको छ। हाल सञ्चालनमा रहेका ३ वटा रेस्टुरेन्टमा १४० जनाले रोजगारी पाइरहेका छन् ।
आन्तरिक राजस्व विभागले केन्द्रमा विभिन्न १६ विधामा सबैभन्दा बढी कर तिर्ने करदातालाई सम्मान गरेको थियो । त्यस्तै विभाग अन्तर्गतका कार्यालयहरूले सम्बन्धित क्षेत्रमा सबैभन्दा बढी कर तिर्ने एकरएक करदातालाई सम्मान गरेका छन् । यसले करदाताको मनोबल बढाउन सहयोग पुग्ने व्यवसायीहरूले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बालेन र रवि लामिछानेबीच बालुवाटारमा ४५ मिनेट भेटवार्ता
- प्रतिनिधिसभाको बैठक आज, चार विधेयक प्रस्तुत हुँदै
- साउनको अन्तिम सोमबार बोलबम यात्राका लागि सुन्दरीजलमा भक्तजनको भीड
- आजको मौसमः देशभर बदली, केही स्थानमा भारी वर्षाको सम्भावना
- कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला
- प्रधानमन्त्री शाहले भारतीय र चिनियाँ राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने
- ग्यासको अभाव कायमै, उपभोक्ता घण्टौँ लाइनमा
- बाढीपहिरोले देशभरका विभिन्न सडक अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह

ट्रेन्डिङ
खबरमुकाम







