भरतपुर । चितवनको रामपुरमा पहिलो कृषि वैज्ञानिक सम्मेलन (फस्ट ग्य्राजुयट कन्फ्रेन्स) भव्यताका साथ सम्पन्न भएको छ । अनुसन्धान तथा प्रचार निर्देशनालयका निर्देशक डा.ऋषिराम कट्टेलको अध्यक्षतामा कृषि वैज्ञानिक सम्मेलन सम्पन्न भएको हो ।
चितवनको कृषि तथा वन विज्ञान विश्व विद्यालय रामपुरमा सञ्चालन भएको सम्मेलनको विश्वविद्यालय अनुदान आयोगका सदस्यसचिव प्राध्यापक शंकर प्रसाद भण्डारीले समापन गरेका हुन् । भण्डारीले कृषि क्षेत्रमा गरिएको अनुसन्धानले कृषकको समस्या समाधान गर्न सक्ने बताए ।
विश्वविद्यालयका उपकुलपति प्रा.डा.पुण्यप्रसाद रेग्मीले यो सम्मेलन कृषि क्षेत्रको पहिलो भएको र अबको २र२ वर्षमा कन्फ्रेन्स गर्ने बताउदै यसलाई अझै परिस्कृत र परिमार्जित गर्दै लैजाने र कृषि अनुसन्धानलाई किसानसँग जोडेर काम गर्ने गरी कार्यक्रम गर्नुपर्ने बताए ।
विश्वविद्यालय सेवा आयोगका अध्यक्ष डा.कल्याणी मिश्रले पहिलो कन्फ्रेस धेरै नै राम्रो भएको बताउदै अवका सम्मेलनमा कृषकहरलाई पनि समेटेर गर्नुपर्ने बताउदै अध्ययन अनुसन्धानका क्रममा भएका प्रगतिहरूलाई सहज रुपमा कृषकले बुझ्ने गरी अघि वढाइनुपर्ने बताए । उनले छोटो समयमा नै कार्यक्रम सफल बनाएकोमा आयोजना कमिटिलाई धन्यवाद दिए ।
त्यस्तै रजिष्ट्रार डा.शारदा थपलियाले छोटो समयमा नै कार्यक्रम सफल बनाएकोमा आयोजना कमिटिलाई धन्यवाद दिदै उनले भने,हामी सफल भयौ, रिसर्चका कुराहरुलाई यसरी नै कार्यक्रम गरि अगाडि बढाउदै जानू पर्छ । थपलियाले यो पहिलो सफलताले दोस्रो कन्फ्रेन्स गर्नलाई उत्साह बढाएको बताए ।
कार्यक्रममा सहकारी विकास बोर्डका सहअध्यक्ष मित्रराज दवाडीले कृषि क्षेत्रमा परिवर्तन गर्नका लागि यस्ता किसिमका कार्यक्रम प्रभावकारी हुने र यसरी नै कन्फ्रेन्स गर्दै जानु पर्ने बताए । कार्यक्रम संयोजक एवं विश्वविद्यालयका अनुसन्धान निर्देशक डा.ऋषिराम कट्टेलले ३ दिन सम्म भएको सम्मेलनमा कृषि क्षेत्रको समस्या र समाधानका लागि छलफल भएको थियो । नेपालसहित भारत, अमेरिका, जापान, क्यानडा, ताइवानलगायत देशका कृषि वैज्ञानिकहरूले एक सय १३ वटा कार्यपत्र प्रस्तुत गरिएको बताए ।
डा.कट्टेलले कार्यक्रम सफल बनाउनमा सहयोग गर्न सम्पूर्णलाई धन्यवाद दिने यो पहिलो कन्फ्रेन्स सफल भयो अब २ वर्ष पछि दोस्रो कन्फ्रेन्स हुने कुरामा जोड दिइन् । कार्यक्रममा राम्रो कार्यपत्र प्रस्तुति लाई पुरस्कृत गर्नु का साथै प्रमाणपत्र वितरण गरिनुका साथै अथितिहरुको लागि मायाको चिनो दिएर कार्यक्रमको समापन गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बालेन सरकारसँग वीरगञ्जका मेयर सिंहको लडाईं किन पर्यो ?
- सरकारले जनताको दुःख नबुझे सडकमा आउने गगनको चेतावनी
- बाराको सेज क्षेत्रमा पनि चल्दै डोजर, निशानामा ६०० घर–टहरा
- कांग्रेस राष्ट्रिय सभाको प्रमुख सचेतकमा पदम परियार
- मनास्लु र ल्होत्से आरोहणको ७० वर्ष, विशेष कार्यक्रम गरी मनाइने
- शेखर गोल्छा पक्राउ परेकोमा नाडाको आपत्ति
- सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा अभिकर्ता सशक्तिकरण तथा सम्मान कार्यक्रम सम्पन्न
- नयाँ दिल्लीमा नेपाललाई उत्कृष्ट वेडिङ डेस्टिनेसनका रूपमा प्रवर्द्धन


ट्रेन्डिङ
खबरमुकाम







