काठमाडौँ । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर इन्टरपोलको ९१औँ महासभामा सहभागी हुन आज अष्ट्रिया प्रथान गरेका छन् । इन्टरपोल महासचिवालयको आयोजनामा अष्ट्रियाको भियनामा यही मङ्सिर १२ देखि १५ गतेसम्म सञ्चालन हुने उक्त महासभामा सहभागी हुन प्रहरी महानिरीक्षक कुँवर आज बिहान त्यसतर्फ प्रस्थान गरेका हुन् ।
राष्ट्रिय केन्द्रीय ब्यूरो (एनसिबी) नेपालका प्रमुखसमेत रहनुभएका प्रहरी महानिरीक्षक कुँवरसँग महासभामा सहभागी हुन इन्टरपोल शाखाका प्रमुख प्रहरी उपरीक्षक अनुपमशम्शेर जबरा र प्रहरी वरिष्ठ नायब निरीक्षक पुरुषोत्तम नेपालीसमेत त्यसतर्फ प्रस्थान गरेका छन् । इन्टरपोलको १००औँ वार्षिकोत्सव मनाउने क्रममा सगरमाथाको सफल आरोहण गरी नेपालको राष्ट्रिय झण्डा, इन्टरपोलको झण्डा र नेपाल प्रहरीको झण्डा फहराउन सफल प्रहरी वरिष्ठ नायब निरीक्षक पुरुषोत्तम नेपाली इन्टरपोलको विशेष आह्वानमा महासभामा सहभागी भएका हुन् ।
इन्टरपोलका सबै एक सय ९५ सदस्य राष्ट्रका प्रतिनिधि सहभागी हुने उक्त महासभामा इन्टरपोलका महत्त्वपूर्ण विषयमा मतदानद्वारा निर्णय गरिने प्रावधानअनुसार नेपालले पनि उक्त मतदानमा भाग लिनेछ । साथै प्रहरी महानिरीक्षक कुँवर नेतृत्वको प्रतिनिधिमण्डल तथा इन्टरपोलका अध्यक्ष–महासचिवबीच शिष्टाचार भेटघाट तथा छलफल हुने कार्यक्रमसमेत रहेको छ ।
यसैगरी इन्टरपोलको ग्लोबल आउटरिच र क्षेत्रीय समर्थन (जिओआरएस)का प्रतिनिधि तथा मित्रराष्ट्र भारत, चीन र युएईका प्रतिनिधिसँग समेत विविध विषयमा छलफल तथा द्विपक्षीय बैठक हुने कार्यक्रम रहेको छ ।
प्रहरी महानिरीक्षक कुँवरको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्नुहुने प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरी महानिरीक्षक कुँवरसहितको टोलीलाई आज बिहान प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायब महानिरीक्षकहरूलगायत वरिष्ठ प्रहरी अधिकृतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा शुभकामनासहित हार्दिक बिदाइ गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- इन्टर्न चिकित्सकको स्टाइपेन्ड माग्दै डिल्ली हरिजन आमरण अनशनमा
- ग्यास नपाएर नागरिकलाई हैरानी, कारबाहीको चेतावनी दिएर पन्छिदै सरकार
- स्वपहिचानका आधारमा लैङ्गिक पहिचान परिवर्तनसम्बन्धी विवादास्पद आदेश पुनरावलोकनका लागि सर्वोच्चको अनुमति
- जुलाईमा नेपाल भित्रिए ७१ हजार ७७५ विदेशी पर्यटक, कुन देशबाट कति आए ?
- सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा नेत्रहिन महिला संघलाई शैक्षिक सामाग्री हस्तान्तरण
- सांग्रिला डेभलपमेन्ट वैंकका ग्राहक र कर्मचारीले ट्रांक्यूलिटि स्पामा छुट पाउने
- भ्रामक र आधारहीन समाचारप्रति प्रभु बैंकको आपत्ति
- नबिल बैंकले एजुकेशन हबमार्फत शैक्षिक कर्जा, वित्तीय परामर्श र बैंकिङ सहायता उपलब्ध गराउने

ट्रेन्डिङ
खबरमुकाम







