काठमाडौँ । चितवनको भरतपुरमा बीभत्स अवस्थामा दुई शव भेटिएको छ । भरतपुर महानगरपालिका १२ मिलनचोकस्थित राजमार्गको पुलमुनि हात खुट्टा बाँधेर बोरामा हाली फालेको अवस्थामा दुई जनाको शव फेल परेको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता विजयराज पण्डितले दिउँसो शव फेला परेको चितवन प्रहरीले जनाए । पण्डितको अनुसार हातखुट्टा बाँधेर बोरामा हालेको अवस्थामा महिला र पुरुषको शव भेटिएको थियो ।
शव भेटिएको स्थल भरतपुर महानगरपालिका वडा नम्बर ९ र १२को सिमाना मिलनचोक स्थित पूर्व पश्चिम राजमार्गको पूल मुनि पर्छ । हत्या गरिएका शव महिला र पुरुषको हो । उनीहरूको उमेर अन्दाजी ३५ वर्षको हुन् सक्ने पण्डितले जानकारी दिए ।
दुवै जनाको अनुहार चोटका कारण पहिचान गर्न सक्ने अवस्था छैन । प्रहरीले शवलाई पोष्ट मार्टमको लागि भरतपुर अस्पताल लगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- इन्टर्न चिकित्सकको स्टाइपेन्ड माग्दै डिल्ली हरिजन आमरण अनशनमा
- ग्यास नपाएर नागरिकलाई हैरानी, कारबाहीको चेतावनी दिएर पन्छिदै सरकार
- स्वपहिचानका आधारमा लैङ्गिक पहिचान परिवर्तनसम्बन्धी विवादास्पद आदेश पुनरावलोकनका लागि सर्वोच्चको अनुमति
- जुलाईमा नेपाल भित्रिए ७१ हजार ७७५ विदेशी पर्यटक, कुन देशबाट कति आए ?
- सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा नेत्रहिन महिला संघलाई शैक्षिक सामाग्री हस्तान्तरण
- सांग्रिला डेभलपमेन्ट वैंकका ग्राहक र कर्मचारीले ट्रांक्यूलिटि स्पामा छुट पाउने
- भ्रामक र आधारहीन समाचारप्रति प्रभु बैंकको आपत्ति
- नबिल बैंकले एजुकेशन हबमार्फत शैक्षिक कर्जा, वित्तीय परामर्श र बैंकिङ सहायता उपलब्ध गराउने

ट्रेन्डिङ
खबरमुकाम







