
काठमाडौं । भारतभित्रै विश्वकप क्रिकेटका कारण दबाबमा परेको ‘टाइगर ३’ ले दोस्रो सप्ताहन्तसम्म विश्वव्यापी ३६८ करोड भारु कमाएको छ । सोही अवधिमा भारतबाट २७० करोड भारु कमाउँदा विदेशबाट फिल्मले ९८ करोड भारु कमायो ।
पिंकभिल्लाले सलमान खान र कट्रिना कैफ स्टारर जासूस युनिभर्सको अन्तर्राष्ट्रिय कलेक्सन सोमबार सार्वजनिक गरेको छ । सूचीमा यो फिल्मले नेपालमा ५ करोड ३० लाख नेरु (४ लाख अमेरिकी डलर) हाराहारीमा कमाइ गरेको उल्लेख छ ।
उत्तर अमेरिकामा ४४ लाख २५ हजार डलर, अष्ट्रेलियामा ८ लाख डलर, मध्यपूर्वमा ३२ लाख, न्युजिल्याण्डमा २ लाख १० हजार, बेलायतमा १४ लाख डलर, युरोपमा ५ लाख ७५ हजार डलर कमाएको पिंकभिल्लाले जनाएको छ । विश्वभरको कमाइ सूची हेर्दा सलमान खानको निकै क्रेज मानिएको मध्यपूर्वमा यसपटक ‘टाइगर ३’ को कमाइ घटेको देखिएको छ ।
यशराज ब्यानरको पाँचौं जासूस ब्रह्माण्डको यो फिल्मले विश्वभर अतिरिक्त १५ मिलियन डलर कमाउन सक्ने प्रक्षेपण छ । नेपालमा भने फिल्मको कमाइमा सोमबारदेखि ‘ड्रप’ देखिएको छ । लक्ष्मीपूजाको दिनमा आइतबार रिलिज भएको यो फिल्मको कमाइमा भारतमा विश्वकप क्रिकेटको असर देखिएको विश्लेषण गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- फिल्म दुई कदमको ए मेरा बाबैनी गीत सार्वजनिक (भिडिओ)
- योग्य व्यक्ति पार्टीमा आउँदा आफूले टिकट नपाउने लघुताभासी चरित्र देखिएः रवि लामिछाने (पूर्ण पाठ)
- वीरगञ्जमा सञ्चालित सामुदायिक बिद्यालयमा पछिल्लो समय विद्यार्थीको आकर्षण बढ्दै
- आठौं संस्करण पर्वतीय महोत्सव २२ मंसिरदेखि अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय पोखरामा मनाइने
- मौद्रिक नीतिको समीक्षामार्फत वित्तीय नीतिहरू खुकुलो बनाउन व्यवसायीहरूको माग
- यस वर्ष ५ लाख क्विन्टल धान किन्दै सरकारः खरिदको परिमाण र रकम पनि बढाइयो
- प्रधानमन्त्री प्रचण्डलाई लिएर जाने क्रममा अरु ३१ जना यात्रुलाई छाड्यो नेपाल एयरलाइन्सले
- सुरू भयो एमालेको ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्घिका लागि संकल्प यात्रा’ अभियान