
बलिउडमा अभिनेता अजय देवगन र अभिनेत्री काजोल चर्चित छन्। उनीहरूको बिहे भएको २४ वर्ष भइसक्यो।
उनीहरू दुवै आफ्नो वैवाहिक जीवनबारे कम कुराकानी गर्छन्। काजोल धेरै बोल्न मनपराउँछिन् भने अजय कम बोल्न रूचाउँछन्। उनीहरू बलिउडको शक्तिशाली जोडीको रूपमा पनि चिनिन्छन्।
अजयले आफ्नो सुखद वैवाहिक जीवनबारे नयाँ खुलासा गरेका छन्। कुराकानी गर्न कम रूचाउने अजयले आफ्नो वैवाहिक जीवनमा खुसी हुनुको कारण खुलाएका छन्।
एक अन्तर्वार्तामा कार्यक्रम प्रस्तोताले अजयलाई प्रश्न सोधेका थिए, 'तपाई धेरै बोलिराख्ने काजोललाई कसरी झेलिरहनु भएको छ? काजोल बोल्दा तपाई सुनेर बस्नुहुन्छ?' यो प्रश्नको जवाफ दिँदै अजयले भने, 'काजोल बोलिराख्छिन् तर म सुन्दिनँ। त्यसैले हामी खुसी छौं।'
काजोल र अजयले सन् १९९९ मा विवाह गरेका थिए। उनीहरूका दुई सन्तान छन्। उनीहरू दुवै जना फिल्ममा मिहेनत गर्छन्। दुवैको फिल्महरू चर्चित छन् साथै उनीहरू फिल्मको प्रचारप्रसार गर्न कम रूचाउँछन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- पछिल्ला नौ वर्षमा चितवन राष्ट्रिय निकुञ्जमा २०४ वटा गैँडाको मृत्यु
- पर्यटन प्रवर्द्घनका लागि मङ्सिर १५ र १६ गते इच्छाकामना मेला हुने
- जाजरकोटमा भूकम्पपछि पालमुनि बस्दै आएकी ३ वर्षीया भूकम्पपीडित बालिकाको मृत्यु
- निर्देशक दीपेन्द्र लामा दयाहाङ राईलाई लिएर नयाँ फिल्म ‘दुखी आत्मा’ बनाउँदै
- एमालेको ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्घिका लागि संकल्प यात्रा’ अभियान आजदेखि सुरू
- रास्वपामा थप आकर्षण बढाउन लामिछानेले ल्याए यस्ता दुई अवधारणा...!
- गाजामा निरन्तर खाद्यान्न आपूर्ति नगरे भोकमरीको जोखिममा रहने डब्लूएफपीको चेतावनी
- सुनको मूल्य बढ्ने क्रम रोकिएनः तोलाकै १ लाख २५ हजार नाघ्ने अनुमान