
काठमाडौँ । मुगुको खत्याड गाउँपालिकास्थित लोकप्रिय माध्यमिक विद्यालयमा मष्टा सामुदायिक पुस्तकालय स्थापना भएको छ ।
मधुवन प्रकाशन, काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय, सावलाबुङ पुस्तकालय अभियानलगायत विभिन्न सङ्घसंस्था र दाताको सहयोगमा जिल्लामै पहिलोपटक स्थापित सो पुस्तकालयको सांसद ऐनबहादुर शाहीले आइतवार शुभारम्भ गरेका हुन् । पुस्तकालय स्थापनार्थ मुगुस्थित मष्टा समाजसेवी युवा क्लबले विशेष अभियान सञ्चालन गरेको थियो ।
हालसम्म सो पुस्तकालयमा विभिन्न विधाका लगभग दुई हजार ४०० पुस्तक सङ्कलन भइसकेको जनाइएको छ । विसं २०१६ मा स्थापित सो विद्यालयमा हाल करिब नौ सय विद्यार्थी अध्ययनरत छन् ।
सो अवसरमा सांसद शाहीले पुस्तकालयको आफ्नै भवन निर्माण र पुस्तकालयका लागि आवश्यक थप पुस्तक व्यवस्था गर्न आफूले सहयोग गर्ने बताए ।
यस्तै, गाउँपालिकाका कार्यवाहक अध्यक्ष भरतबहादुर शाही, जिल्ला समन्वय समितिका सदस्यद्वय कर्णप्रसाद माठागाई र ध्रुव विश्वकर्मा तथा खत्याड–७ का वडाध्यक्ष गोविन्दप्रसाद सञ्ज्याल, विद्यालयका प्रधानाध्यापक टङ्कप्रसाद सञ्ज्याल, क्लबका अध्यक्ष नरबहादुर रावत तथा अभियानका संयोजक टेकेन्द्र उपाध्यायले पुस्तकालयलाई सहयोग गर्न सबैसित आग्रह गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- फिल्म दुई कदमको ए मेरा बाबैनी गीत सार्वजनिक (भिडिओ)
- योग्य व्यक्ति पार्टीमा आउँदा आफूले टिकट नपाउने लघुताभासी चरित्र देखिएः रवि लामिछाने (पूर्ण पाठ)
- वीरगञ्जमा सञ्चालित सामुदायिक बिद्यालयमा पछिल्लो समय विद्यार्थीको आकर्षण बढ्दै
- आठौं संस्करण पर्वतीय महोत्सव २२ मंसिरदेखि अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय पोखरामा मनाइने
- मौद्रिक नीतिको समीक्षामार्फत वित्तीय नीतिहरू खुकुलो बनाउन व्यवसायीहरूको माग
- यस वर्ष ५ लाख क्विन्टल धान किन्दै सरकारः खरिदको परिमाण र रकम पनि बढाइयो
- प्रधानमन्त्री प्रचण्डलाई लिएर जाने क्रममा अरु ३१ जना यात्रुलाई छाड्यो नेपाल एयरलाइन्सले
- सुरू भयो एमालेको ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्घिका लागि संकल्प यात्रा’ अभियान