
काठमाडौँ । चलचित्र राम्रो बन्न कथासँगै पटकथा पनि सशक्त हुनुपर्छ । नेपाली चलचित्रमा उठान गरिएका विषयवस्तुले प्रशंसा पाए पनि पटकथामा भन समस्या देखिने गरेको धेरैको टिप्पणी सुनिन्छ । यही समस्या समाधानका लागि पछिल्लो समय चलचित्रमा ‘स्क्रिप्ट डाक्टर’ को प्रयोग बढेको पाइन्छ ।
पटकथामा देखिएका समस्या, त्यसको सम्भावित समाधान औंल्याउने काम स्क्रिप्ट डाक्टरले गर्छन् ।
‘टलकजङ्ग भर्सेस टुल्के’, ‘पशुपति प्रसाद’ जस्ता मौलिक कथा लेखेका लेखक तथा अभिनेता खगेन्द्र लामिछाने प्रायः आफैँ लिखित चलचित्रमै अभिनय गर्थे । तर पछिल्लो समय उनले अन्य लेखकद्वारा सिर्जित पात्रमा समेत काम गर्नुका साथै पटकथा लेखनमा सहयोग पनि लिन थालेका छन् । उनले आफ्नो लेखन रहेको पछिल्लो चलचित्र ‘पशुपति प्रसाद २ : भष्मे डन’मा स्क्रिप्ट डाक्टरका रुपमा निर्देशक मनोज पण्डितलाई राखेका थिए ।
लेखकका रुपमा यो निकै सहयोगी रहेको अनुभव गरेको लामिछानेले बताए । ‘हामीले कथा लेखनका क्रम गरिरहेका गल्ती औंल्याउने भएकाले मलाई निकै उपयोगी रह्यो । म लेखक रुपमा स्थापित भए पनि उहाँको सहयोगले पटकथालाई राम्रो बनाउने मौका पाएँ’, अभिनेता लामिछानेले भने ।
नेपाली चलचित्र ‘लूट’मार्फत प्रस्तुतीकरण, कथ्य शैली र पात्र आवरणमा भिन्नता ल्याउन सफल निर्देशक निश्चल बस्नेत लेखक पनि हुन् ।
उनले लेखनका क्रममा कमजोरी छुट्याउन सहज नहुने बताए । ‘मैले लूट शृङ्खला आफैँले लेखे । पहिलो शृङ्खलामार्फत निर्देशनमा स्थापित भएँ । तर दोस्रोमा पटकथाभन्दा चरित्रलाई प्राथमिकतामा राखे । कही कतै चरित्रमा स्टारडम (लोकप्रियता) हाबी भयो’, निर्देशक बस्नेतले भने, ‘मैले नयाँ चलचित्र दिमाग खराबमा अरुकै लेखनमा काम गरेँ । निर्देशक भएकाले लेखनमा मेरो सहभागिता थियो । त्यसमा स्क्रिप्ट डाक्टर जोडिनुभएपछि समस्या र त्यसको समाधान पनि बुझ्न पायौँ ।’ उनले पटकथामा उचित सल्लाह दिएर समाधान निकाल्नसके चलचित्र पर्दामा आएर उब्जिने प्रश्नहरू लेखनकै क्रममा समाधान हुने बताए ।
‘जात्रा’ र ‘जात्रै जात्रा’ निर्देशन गरेर स्थापित भएका निर्देशक प्रदीप भट्टराईले लेखक र निर्देशक एउटै व्यक्ति हुँदा छायाङ्कनका क्रममा सहज हुने भए तापनि त्यस अगाडि लेखनकै क्रम रचनात्मक सुझाव उपयोगी हुने बताए । उनले भने, ‘आफैंले लेखेको कथामा पात्रसँग बढी नजिकिनु स्वाभाविक हो । छायाङ्कनमा समस्या देखिए परिवर्तन गर्न सकिन्छ । यद्यपि लेखनका क्रममा हामी विषयभन्दा बाहिर गइरहेका हुन्छौँ । त्यही कारणले कथा राम्रो भए तापनि पटकथामा समस्या देखिने गर्छ ।’ उनले पटकथा लेखनमा मेहनत आवश्यक रहेको बताए ।
लेखनका क्रम सहयोगी हुने अनुभवकै कारण नेपाली चलचित्रमा ‘स्क्रिप्ट डाक्टर’ को प्रयोग बढ्न थालेको छ । केही निर्देशकले आफ्नो भरपर्दो निर्देशक वा लेखकलाई पटकथा दिएर सुझाव लिने गरेका छन् । तर, आफ्नो कार्यकौशलतामा प्रश्न उठ्ने डरले त्यो सार्वजनिक गरिँदैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- पर्यटन प्रवर्द्घनका लागि मङ्सिर १५ र १६ गते इच्छाकामना मेला हुने
- जाजरकोटमा भूकम्पपछि पालमुनि बस्दै आएकी ३ वर्षीया भूकम्पपीडित बालिकाको मृत्यु
- निर्देशक दीपेन्द्र लामा दयाहाङ राईलाई लिएर नयाँ फिल्म ‘दुखी आत्मा’ बनाउँदै
- एमालेको ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्घिका लागि संकल्प यात्रा’ अभियान आजदेखि सुरू
- रास्वपामा थप आकर्षण बढाउन लामिछानेले ल्याए यस्ता दुई अवधारणा...!
- गाजामा निरन्तर खाद्यान्न आपूर्ति नगरे भोकमरीको जोखिममा रहने डब्लूएफपीको चेतावनी
- सुनको मूल्य बढ्ने क्रम रोकिएनः तोलाकै १ लाख २५ हजार नाघ्ने अनुमान
- पुराना दलका नेताबारे बालेनः तिमीहरूको ‘मिसन–८४’ ले बन्दैन, तिमीहरूको ८४ सक्किएर बन्छ