
काठमाडौँ । नेपाली कांग्रेसले सरकारी कार्यसम्पादनको समीक्षा गर्न बैठक बोलाउने तयारी गरेको छ ।
सोमबार बिहान सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको बैठकले पछिल्लो राजनीतिक परिवेश, अर्थतन्त्रका चुनौती र सरकारले गरिरहेका कामका विषयमा पार्टीका तर्फबाट प्रतिनिधित्व गरेका मन्त्रीलाई बोलाएर छलफल गर्ने तयारी गरेको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।
‘कांग्रेस पदाधिकारी बैठकले पछिल्लो राजनीतिक परिवेश, सरकारका काम कारबाही, अर्थतन्त्रमा देखिएका चुनौतीका विषयमा पार्टीमा छलफल गर्न खोजेको छ । यसका लागि छिट्टै बैठक बोलाउने समझदारी भएको छ,’ विश्वकर्माले भने, ‘त्यस्तो बैठकमा सरकारका मन्त्री र केन्द्रीय सदस्यबीच छलफल हुन्छ । मन्त्री र सांसदबीच पनि छलफल हुन्छ । यस्ता छलफलमा सरकारको क्रियाशीलता, कमजोरी र अब गर्नुपर्ने कामका विषयमा संवाद हुन्छ ।’
यस्तो बैठकको संयोजन गर्ने जिम्मा उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले पाएको जानकारी विश्वकर्माले दिए ।
प्रचण्ड नेतृत्वको सरकारमा सहभागी भए पनि कांग्रेसका मन्त्रीको कार्यसम्पादन चित्तबुझ्दो नभएको भन्दै प्रश्न उठेपछि कांग्रेसले मन्त्रीलाई नै बोलाएर छलफल गर्न खोजेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- प्रधानमन्त्री प्रचण्डलाई लिएर जाने क्रममा अरु ३१ जना यात्रुलाई छाड्यो नेपाल एयरलाइन्सले
- सुरू भयो एमालेको ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्घिका लागि संकल्प यात्रा’ अभियान
- पछिल्ला नौ वर्षमा चितवन राष्ट्रिय निकुञ्जमा २०४ वटा गैँडाको मृत्यु
- पर्यटन प्रवर्द्घनका लागि मङ्सिर १५ र १६ गते इच्छाकामना मेला हुने
- जाजरकोटमा भूकम्पपछि पालमुनि बस्दै आएकी ३ वर्षीया भूकम्पपीडित बालिकाको मृत्यु
- निर्देशक दीपेन्द्र लामा दयाहाङ राईलाई लिएर नयाँ फिल्म ‘दुखी आत्मा’ बनाउँदै
- एमालेको ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्घिका लागि संकल्प यात्रा’ अभियान आजदेखि सुरू
- रास्वपामा थप आकर्षण बढाउन लामिछानेले ल्याए यस्ता दुई अवधारणा...!