
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेकपा (एमाले) का नेता महेश बस्नेत पक्ष र मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्षलाई छलफलका लागि बोलाएको छ ।
सोमबार अपराह्न ४ बजे दुवै पक्षसँग प्रशासनले छलफल गर्न लागेको हो ।
बस्नेत इन्चार्ज रहेको एमालेको भ्रातृ संस्था युवा संघ र मेडिकल व्यवसायी प्रसाईं पक्षले मंसिर ७ गते काठमाडौंमा कार्यक्रम गर्न लागेका छन् । पछिल्लो समय बस्नेत र प्रसाईंबीच विभिन्न विषयलाई लिएर आरोप(प्रत्यारोप चलिरहेको छ ।
प्रशासनले दुवै पक्षसँग छलफल गरी कार्यक्रम गर्ने स्थानसमेत तोक्ने तयारी गरेको छ । ‘दुवै पक्षलाई छलफलका लागि बोलाएका छौं,’ प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले भने, ‘एकै स्थानमा कार्यक्रम गर्न दिँदैनौं ।’ दुवै पक्षले माइतीघर मण्डला क्षेत्रमा कार्यक्रम गर्ने तयारी गरेका थिए ।
युवा संघले ‘सरकार र अराजकतावादी विरूद्ध युवा–विद्यार्थीको शक्ति प्रदर्शन’ कार्यक्रम माइतीघर मण्डलमा राखेको छ । यस्तै प्रसाईंले ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियान’ भन्दै कार्यक्रम गर्न लागेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- फिल्म दुई कदमको ए मेरा बाबैनी गीत सार्वजनिक (भिडिओ)
- योग्य व्यक्ति पार्टीमा आउँदा आफूले टिकट नपाउने लघुताभासी चरित्र देखिएः रवि लामिछाने (पूर्ण पाठ)
- वीरगञ्जमा सञ्चालित सामुदायिक बिद्यालयमा पछिल्लो समय विद्यार्थीको आकर्षण बढ्दै
- आठौं संस्करण पर्वतीय महोत्सव २२ मंसिरदेखि अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय पोखरामा मनाइने
- मौद्रिक नीतिको समीक्षामार्फत वित्तीय नीतिहरू खुकुलो बनाउन व्यवसायीहरूको माग
- यस वर्ष ५ लाख क्विन्टल धान किन्दै सरकारः खरिदको परिमाण र रकम पनि बढाइयो
- प्रधानमन्त्री प्रचण्डलाई लिएर जाने क्रममा अरु ३१ जना यात्रुलाई छाड्यो नेपाल एयरलाइन्सले
- सुरू भयो एमालेको ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्घिका लागि संकल्प यात्रा’ अभियान