• वि.सं २०८० असोज ११ बिहीबार
  • Thursday, 28 September, 2023
  • युनिकोड
  • Live
Dark

सर्वसाधारणका लागि खुल्यो रत्न मन्दिरको ढोका

खबरमुकाम । शाहकालीन हिउँदे दरबारको रुपमा चिनिएको पोखराको रत्न मन्दिर गणतन्त्र दिवसबाट सर्वसाधारणका लागि खुला गरिएको छ ।  संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किरातीले पोखरेली जनताको चाहना अनुसार रत्म मन्दिरको ढोका खुला गरिएको बताएका छन् ।

स्थानीयको माग बमोजिम प्रधानमन्त्री पुष्पकमल दाहालको पहलमा रत्न मन्दिरको ढोका सर्वसाधरणका लागि सधैंका लागि खुला गरिएको उनले बताए । नेपाल ट्रष्ट कार्यालयका अध्यक्षसमेत रहेका मन्त्री किरातीले गणतन्त्र दिवसको अवसर पारी रत्म मन्दिर खुला गराएका हुन् ।

 

राजा महेन्द्रले आफ्नी कान्छी रानी रत्नलाई उपहारस्वरुप वि.सं २०१३ मा फेवा ताल किनारमा यो दरबार बनाएका थिए। राजपरिवारले यसलाई पोखरा आउँदा आराम गृहको रुपमा प्रयोग गर्दै आएको थियो । राजा महेन्द्रदेखि वीरेन्द्र र ज्ञानेन्द्रले राजधानीको व्यस्तताबाट उम्किएर मन बहलाउने गन्तव्यको रुपमा रत्न मन्दिरलाई बनाए । ०६२र६३ को जनआन्दोलनपछि भने यो दरबार बेबारिसे बन्दै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै