
खबरमुकाम । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष अग्नि सापकोटाले चिनियाँ कम्युनिस्ट पार्टी (सिपीसी) का विदेश विभाग प्रमुख लिउ च्यान छाओसँग भेटवार्ता गरेका छन् ।
निवर्तमान सभामुख सापकोटा नेतृत्वको माओवादी पार्टी प्रतिनिधिमण्डल र चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभाग प्रमुख लिउ नेतृत्वको टोलीबीच बिहीबार चीनको राजधानी बेइजिङमा भेटवार्ता भएको हो ।
उनीहरुबीच सुरुमा एक्लाएक्लै र त्यसपछि पदाधिकारीसहित भेटवार्ता भएको थियो । उनीहरुबीच दुई देश र दुई पार्टीको सम्बन्धका विषयमा छलफल भएको भेटमा सहभागी एक नेताले जनाए ।
भेटमा दुई देशको सम्बन्धलाई थप मजबुत बनाउने विषयमा छलफल भएको बताइएको छ। भेटमा लिउले प्रचण्ड नेतृत्वको सरकारको विकास र समृद्धिको लक्ष्यमा चीनले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
सापकोटाको नेतृत्वमा २० सदस्यीय माअोवादी केन्द्का प्रतिनिधिमण्डल जेठ ५ गते चीन प्रस्थान गरेका थिए। उनीहरू १८ जेठमा स्वदेश फर्कने कार्यक्रम छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- पूर्वराजाविरुद्ध झलनाथको हुँकारः नारायणहिटीमा गएर मुकुट लगाउने सपना नदेखे हुन्छ, राजतन्त्र फर्किनेवाला छैन
- नेपालमा लगानीका लागि भियतनामलाई चेम्बर अफ कमर्सको आग्रह
- नबिल बैंकको ३८ नयाँ शाखा सञ्चालनमा
- अरुण तेस्रोकै ढाँचामा तल्लो अरुण अगाडि बढाउन पिडिएमा हस्ताक्षर
- नेपालसँगको सीमा समस्या समाधान गर्छौं : मोदी
- अब आइएमई पे मा जम्मा रु १४ मा आइफोन १४ जित्ने मौका
- हैदराबाद हाउसमा प्रचण्ड–मोदी वार्ता
- नेपाल र भारतबीच द्विपक्षीय वार्ता