
खबरमुकाम । नेपाल बीमा प्राधिकरणले बीमा सचेतना कार्यक्रम लिएर डोल्पा पुगेको छ । प्राधिकरणले दूरदराजमा रहेको विकट हिमाली जिल्ला डोल्पाको जुफालस्थित ठूलीभेरी नगरपालिका र त्रिपुरासुन्दरी नगरपालिकामा बीमा सचेतना कार्यक्रम सम्मपन्न गरेको हो ।
यही जेठ ८ गते जिल्ला समन्वय समितिका प्रमुख श्याम बहादुर रोकायाको विशेष आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा कम्पनीले डोल्पामा नाम मात्रैको शाखा खोलेको गुनासो गर्दै तत्काल बीमा पोलिसी जारी गर्न सक्ने शाखा कार्यालय स्थापना गर्न आवश्यक पहल गर्न बीमा प्राधिकरणलाई रोकायाले आग्रह गरे ।
रोकायाले बीमा पोलिसी केन्द्रमा बसेर बनाइएको र नीति नियम यथार्थपरक बनाउन आग्रह गरे । बीमा कम्पनीबाट समयमा सेवा सुविधा नपाउने, बाहनाबाजी गर्ने कार्यको जिम्मेवारी बीमा प्राधिकरणले लिनुपर्ने बताए ।
बीमा सचेचना कार्यक्रम ठूलीभेरी नगरपालिकाका मेयर श्रबर्ण कुमार बुढाको आतिथ्यमा सम्पन्न गरिएको हो । त्यस्तै, त्रिपुराकोटमा आयोजित कार्यक्रममा स्थानीय जनप्रतिनिधि तथा ७० जना भन्दा बढि सर्वसाधारणहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा ठुलीभेरी नगरपालिकाका कार्यकारी अधिकृत सुकदेव लम्सालले बीमा जनतालाई अनिवार्य भएको बताउँदै ठूलीभेरी गाउँपालिकाले सचेतना फैलाएर जनतालाई सहभागिता जनाउने प्रतिबद्धता जनाए ।
यस्तै, नेपाल बीमा प्राधिकरणका कर्णाली प्रदेश प्रमुख सोडारीले सेवा प्रवाह गर्ने बीमा कम्पनीहरुको स्तरोन्नती गर्न पहल गर्ने बताए । बीमितलाई सही सचेतना र बीमक कम्पनीहरुको उपस्थिति दरिलो हुनुपर्ने बताए ।
बीमा प्राधिकरणले त्रिपुरासुन्दरी नगरपालिकामा यही जेठ ८ गते बीमा सचेतना सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ । त्रिपुरासुन्दरी नगरपालिका मेयर जन चन्द्र रोकाया र उप प्रमुख देवी घर्तीको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । सो कार्यक्रममा प्रमुख प्रसशाकीय अधिकृत जगदिश चन्द्र नेपालीको पनि उपस्थिति रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- पूर्वराजाविरुद्ध झलनाथको हुँकारः नारायणहिटीमा गएर मुकुट लगाउने सपना नदेखे हुन्छ, राजतन्त्र फर्किनेवाला छैन
- नेपालमा लगानीका लागि भियतनामलाई चेम्बर अफ कमर्सको आग्रह
- नबिल बैंकको ३८ नयाँ शाखा सञ्चालनमा
- अरुण तेस्रोकै ढाँचामा तल्लो अरुण अगाडि बढाउन पिडिएमा हस्ताक्षर
- नेपालसँगको सीमा समस्या समाधान गर्छौं : मोदी
- अब आइएमई पे मा जम्मा रु १४ मा आइफोन १४ जित्ने मौका
- हैदराबाद हाउसमा प्रचण्ड–मोदी वार्ता
- नेपाल र भारतबीच द्विपक्षीय वार्ता