Dark

नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री

खबरमुकाम । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने भएका छन् । आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री प्रचण्डले जवाफ दिन लागेका हुन् ।

संसद सचिवालयका अनुसार प्रधानमन्त्रीको जवाफपछि नीति कार्यक्रम निर्णयार्थ प्रस्तुत गर्ने र पारित गर्ने आजको सम्भावित कार्यसूची रहेको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले यही जेठ ५ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । राष्ट्रिय सभाले नीति तथा कार्यक्रम पारित गरिसके पनि प्रतिनिधि सभामा छलफल जारी छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले जेठ ५ गते  संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०र०८१ को सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। उक्त नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा छलफल जारी छ।

नीति तथा कार्यक्रममाथि विपक्षी दलहरुले आलोचना गरेका छन्। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झण्डै २ घण्टाको समय लिएर बुँदा बुँदामा आलोचना गरेका छन्। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाका सांसदले पनि नीति तथा कार्यक्रम पुरानै निरन्तरता र कर्मकाण्डी मात्रै भएको आरोप लगाएका छन्।

राष्ट्रियसभाबाट भने यसअघि नै प्रधानमन्त्रीले जवाफ दिएर नीति तथा कार्यक्रम पारित भइसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै