Dark

भरूवा बन्दुकसहित पक्राउ

खबरमुकाम । सिन्धुली, हरिहरपुरगढी गाउँपालिका-३ बगौचा बस्ने ६३ वर्षीय चन्द्र बहादुर पाख्रिनलाई भरूवा बन्दुक १ थानसहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ। 

विशेष सूचनाको आधारमा प्रहरी चौकी हरिहरपुरगढी र ईलाका प्रहरी कार्यालय कपिलाकोटबाट खटिएको प्रहरीले पाख्रिनको घर तलासी गर्दा लुकाई छिपाई राखेको अवस्थामा उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो। 
    

 

यसैगरी सिन्धुली, कमलामाई नगरपालिका-१३ माथिल्लो रानिबाँस बस्ने ४७ वर्षीय केशव हायुलाई भरूवा बन्दुक १ थानसहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा धानको भकारीभित्र लुकाई छिपाई राखेको अवस्थामा उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो। 

दार्चुला, मालिकार्जुन गाउँपालिका-७ पासादेउ बस्ने ५८ वर्षीय केशर सिंह धामीलाई एकनाले भरूवा बन्दुक १ थानसहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरीले धामीको खुद्रा पसल नजिकै झाडीमा लुकाई राखेको अवस्थामा उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो। प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै