
खबरमुकाम । विश्वभरका पर्यटकहरुलाई बुुद्धजन्मस्थल लुम्बिनी भ्रमणको निम्तो सहित गौतमबुद्धको जनम्स्थल लुम्बिनीमा दोस्रो बुद्धिष्ट अन्तर्राष्ट्रिय ट्राभल मार्ट २०२३ शुरु भएको छ।
उक्त मार्टको उद्घाटन सत्रमा बोल्ने वक्ताहरुले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि वातावरण निर्माण गर्ने तथा ट्राभल कम्पनीहरुलाई लुम्बिनीलाई केन्द्रमा राखेर टुरप्याकेज निर्माण गर्नुपर्नेमा जोड दिए्। मार्टको विहिबार लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षुु मैत्तय (अवधेश कुमार त्रिपाठी)ले उद्घाटन गरेका हुन्। संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन बोर्डको आयोजना तथा नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल (नाट्टा)को संयोजनमा लुम्बिनीमा ३ दिने मार्ट शुरु भएको हो। विहान मायादेवी मन्दिरमा दीप प्रज्वलन र ध्यान गरेपछि शुुभारम्भ भएको मार्टको उद्घाटन पवन प्यालेसमा भएको छ।
लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षुु मैत्तयले उद्घाटन समारोहमा बुुद्धजन्मस्थल लुम्बिनीबाट भ्रमण तालिका बनाउन आग्रह गरेका थिए्। भिक्षुुले गौतमबुुद्धले महापरिनिर्वाण हुुनअघि जीवनमा एक पटक भएपनि बुुद्धजन्मस्थल लुम्बिनी पुुग्दा पुण्य प्राप्त हुने शिक्षा दिएको प्रसंग उल्लेख गर्दै विश्भरका बौद्धमार्गीहरुले लुुम्बिनीबाटै यात्रा थालनी गर्नुपर्नेमा जोड पनि दिए।
संस्कृती पर्यटन तथा नागरिक उडडयन मन्त्रालयका सचिव सुरेश अधिकारीले कार्यक्रममा कोभिडका कारण सुुस्ताएको पर्यटन क्षेत्रलाई बुद्धजन्मस्थल लुम्बिनीबाट चलायमान बनाउनका लागि दोस्रो बुुद्धिष्ट अन्तर्राष्ट्रिय ट्राभल मार्टको आयोजना गरिएको जनाए। उनले नेपालका लागि लुम्बिनी र बुद्ध विश्वमा परिचित स्थल भएकाले यस मार्फत विश्वभरका पर्यटकलाई निम्तो दिइएको पनि बताए।
त्यस्तै, परराष्ट्र मन्त्रालयका सहसचिव धनबहादुर ओलीले विमेष्टेक क्षेत्रका देशहरुलाई लुम्बिनीसँग जोडेर गतिविध सञ्चालन गर्न सके लुम्बिनीमा पर्यटकीय गतिविधि बढाउन सकिने उल्लेख गर्दै आफुहरुले पनि विमेष्टेक देहरुसँग बुद्धिष्ट पर्यटन प्रर्वद्धनको लागि पहल गरिरहेको जानकारी दिए। नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक डा. धनञ्जय रेग्मीले लुम्बिनीको समग्र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले लुम्बिनीमा मार्टको आयोजना गरिएको जानकारी दिए। उनले मार्टमा सहभागी विभिन्न देश तथा क्रेता र बिक्रेताहरुको उपस्थितीले लुम्बिनीको पर्यटन चलायमान हुने पनि बताए।
कार्यक्रममा होटल एशोसियशन नेपाल (हान)का अध्यक्ष विनायक शाह, नाटाका अध्यक्ष रमेश थापा लगायतले लुम्बिनी आफैमा महत्वपूर्ण पर्यटकीय गन्तवय भएको अवस्थामा यस प्रकारका कार्यक्रमले यस क्षेत्रको पर्यटन थप चलायममन हुने अपेक्षा गरेको जनाए। मार्टमा नेपालसहित भारत, म्यानमार, थाइल्याण्ड, श्रीलंका, मलेसिया, चीन, कोरिया, बंगलादेश लगायत देशहरुबाट २८ वटा ट्राभल/टूर कम्पनीहरु सहभागी थिए।
यसैगरी, मार्टमा विदेशी ट्राभल÷टूर कम्पनीका प्रतिनिधीहरु, नेपाल सरकारका प्रतिनिधीहरु, नेपाल पर्यटन वोर्डका अधिकारीहरु, नाटा सदस्य कम्पनी पर्यटन सम्बद्ध संघ÷संस्थाका अध्यक्ष एवं प्रतिनिधीहरुको सहभागिता रहेको थियो। शनिबारसम्म सञ्चालन हुने मार्टमा स्वदेशी तथा विदेशी विज्ञहरु द्वारा कार्यपत्र प्रस्तुती सहितको सेमिनारको आयोजना गरिएको नेपाल पर्यटन बोर्डका निमित्त बजार निर्देशक लक्ष्मण गौतमले जानकारी दिए। यो मार्टमा प्रस्तुत कार्यपत्र तथा छलफलका माध्यमबाट नेपालको लुम्बिनी लगायत वुद्धिष्ट सर्किटको विश्वव्यापी प्रचार प्रसार तथा नेपाललाई पर्यटकिय हव बनाउने बारेमा निष्कर्ष निकालिने उनले जानकारी दिए।
कार्यक्रममा जर्मनका विज्ञ प्रोफेसर म्याक्स डिंग, बंगलादेशका मोहोदिन हिला, एंव अष्ट्रेलियाबाट विज्ञ किरन अजितको सहभागीता रहेको थियो । साथै, यस सम्मेलनले लुम्बिनीमा पर्यटकहरुलाई आर्कषित गर्न टेवा पुुग्ने विश्वास गरिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- पूर्वराजाविरुद्ध झलनाथको हुँकारः नारायणहिटीमा गएर मुकुट लगाउने सपना नदेखे हुन्छ, राजतन्त्र फर्किनेवाला छैन
- नेपालमा लगानीका लागि भियतनामलाई चेम्बर अफ कमर्सको आग्रह
- नबिल बैंकको ३८ नयाँ शाखा सञ्चालनमा
- अरुण तेस्रोकै ढाँचामा तल्लो अरुण अगाडि बढाउन पिडिएमा हस्ताक्षर
- नेपालसँगको सीमा समस्या समाधान गर्छौं : मोदी
- अब आइएमई पे मा जम्मा रु १४ मा आइफोन १४ जित्ने मौका
- हैदराबाद हाउसमा प्रचण्ड–मोदी वार्ता
- नेपाल र भारतबीच द्विपक्षीय वार्ता