
जनताको भावना बुझ्ने सरकार छैन
लाग्छ गरिब मजदुरलाई पसिना पुछ्ने समय छैन
गाउँमा खानेपानी पुगेको छैन
लाग्छ गरिबको लागि कुनै योजना छैन
गरिबको जिन्दगी अभावै अभावमा हुन्छ
गरिबिले अभावै अभावमा बाचेको हुन्छ
भोक, शोक र रोगले परलोक हुनेका जिन्दगीका व्यथा
कतै औषधि नपाएर मर्ने स्थितिमा पुगेका कथा
पैसा कमाउन अरबको खाडीमा पुगेको छ छोरो
घर कहिले आउँछ छोरो मन रुन्छ धुरुधुरु
देशमा धेरै परिवर्तन भए पनि गरिबको स्थितिमा परिवर्तन भएन
नारा मात्र लगाए गरिबी कहिले फेरिएन
दुई छाक खानलाई साना बालकले पनि गिट्टी कुट्नु पर्या छ
ऋणमाथि ऋण थपिँदै जाँदा गरिबीमा बाच्न गाह्रो भएको छ
पीडाले छटपटिएको गरिबले सिटामोल कहिले पाउनेछ
हरेक दिन गरिबी र अभावका सँगै सङ्घर्ष गर्दै जानुपर्छ
-गोविन्द राज ओझा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- पूर्वराजाविरुद्ध झलनाथको हुँकारः नारायणहिटीमा गएर मुकुट लगाउने सपना नदेखे हुन्छ, राजतन्त्र फर्किनेवाला छैन
- नेपालमा लगानीका लागि भियतनामलाई चेम्बर अफ कमर्सको आग्रह
- नबिल बैंकको ३८ नयाँ शाखा सञ्चालनमा
- अरुण तेस्रोकै ढाँचामा तल्लो अरुण अगाडि बढाउन पिडिएमा हस्ताक्षर
- नेपालसँगको सीमा समस्या समाधान गर्छौं : मोदी
- अब आइएमई पे मा जम्मा रु १४ मा आइफोन १४ जित्ने मौका
- हैदराबाद हाउसमा प्रचण्ड–मोदी वार्ता
- नेपाल र भारतबीच द्विपक्षीय वार्ता