Dark

मेरो भाग्यमा जे....

–गोबिन्द राज ओझा (राजन)


मेरो भाग्यमा जे.....
 मेरो भाग्यमा जे थियो मैले पाए
उनलाई भेट्न नसकेर यी आँखामा आशु आए      
राम्री मान्छे उनी मेरो रोजाइमा थिइन  
हेर्ने मेरा नजरमा मायालु उनी हुन
 
उनी जस्ती राम्री मान्छे म सँग भइदिए हुन्थ्यो  
मिठो बोली र हाँसोले मनलाई छुन्थ्यो
मेरो मनलाई खुसी बनाउने उनी थिइन एक
सुख,दुःखमा साथ दिने साथी हुन एक
 

 

ती नयनमा सधैँ भरि खुसीले बास गरोस्
सपनाहरू फुलवारिको फुल झैँ फुलिरहोस्
नयाँ वर्षको शुभकामना ,मेरो आशीर्वाद रहिरहोस्
नयाँ  वर्षले सुख शान्ति र समृद्धि ल्यायोस्   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै