
खबरमुकाम । लेखक नगेन्द्र न्यौपानेको नयाँ उपन्यास ‘खण्डहर दरबार’ प्रकाशित भएको छ । बिएन पुस्तक संसार प्रालिले लेखक न्यौपानेको उपन्यास भर्खरै बजारमा ल्याएको हो ।
‘दरबार हत्याकाण्डबारे थुप्रै पुस्तक बजारमा आएका छन्’ लेखक न्यौपानले भने, ‘तर यो पुस्तकले दरबार हत्याकाण्डको सत्यतथ्य बाहिर ल्याएको छ ।’ ‘ठुलो षड्यन्त्र भयो दरबारमा । राजा वीरेन्द्रको वंश नाश गरियो तर दोष चाहिँ युवराज दीपेन्द्रमाथि थोपरियो । जुन् कुरा जनताले पत्याउन सकेका थिएनन् । उपन्यासमा दरबार हत्याकाण्डमा नखुलेका रहस्य उजागर गरिएको छ ।’ उपन्यासले दरबार हत्यकाण्डको घटनालाई विस्तृत रुपमा बाहिर ल्याएको उनले बताए ।
‘खण्डहर दरबार नेपाली जनताले खोजेको पुस्तक हो । यसले आम जनतामाथि न्याय त गर्ने नै छ यसको साथै तत्कालीन युवराज दीपेन्द्रमाथि समेत न्याय गर्ने छ ।’ प्रकाशन गृहका कार्यकारी प्रमुख सूर्य बिसीले सुनाए ।
लेखक न्यौपानेको यो दशौँ कृति हो । यसअघि उनको ‘दरबारबाहिरकी महारानी’ निकै रुचाइएको किताब हो । उपन्यासको बजार मुल्य रु. ५२५ रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- पूर्वराजाविरुद्ध झलनाथको हुँकारः नारायणहिटीमा गएर मुकुट लगाउने सपना नदेखे हुन्छ, राजतन्त्र फर्किनेवाला छैन
- नेपालमा लगानीका लागि भियतनामलाई चेम्बर अफ कमर्सको आग्रह
- नबिल बैंकको ३८ नयाँ शाखा सञ्चालनमा
- अरुण तेस्रोकै ढाँचामा तल्लो अरुण अगाडि बढाउन पिडिएमा हस्ताक्षर
- नेपालसँगको सीमा समस्या समाधान गर्छौं : मोदी
- अब आइएमई पे मा जम्मा रु १४ मा आइफोन १४ जित्ने मौका
- हैदराबाद हाउसमा प्रचण्ड–मोदी वार्ता
- नेपाल र भारतबीच द्विपक्षीय वार्ता