
खबरमुकाम । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना पूर्व वकिल माइकल कोहेनविरुद्ध ५० करोड डलर (६५ अर्ब नेपाली रुपैयाँ) को मुद्दा दायर गरेका छन् ।
कोहेनमाथि आफ्ना क्लाइन्टको विश्वास तोडेको र ‘द ट्रम्प अर्गनाइजेसन’ सँगको गोप्य सम्झौता उल्लङ्घन गरेको आरोप लगाइएको छ ।
ट्रम्पकाअनुसार कोहेनले आफ्नो क्लाइन्टको हितमा काम गर्नु पर्ने वकिलको कर्तव्य विपरित काम गरे ।
कोहेनका प्रवक्ता तथा वकिल ल्यानी डेभिसले बीबीसीसँगको कुराकानीमा भने, ‘म आफ्ना क्लाइन्ट विरुद्धको मुद्दा असफल हुनेमा विश्वस्त छु ।’
वास्तवमा, कोहेन पूर्व राष्ट्रपति ट्रम्पविरुद्ध लागेको पोर्न स्टार मुद्दामा मुख्य साक्षी हुन् । कोहेनले जुरीका अगाडि यस्ता थुप्रै जानकारी दिए, जसको आधारमा ट्रम्पविरुद्ध न्यूयोर्कको म्यानहट्टन अदालतमा ३४ वटा आरोप लगाइयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- पूर्वराजाविरुद्ध झलनाथको हुँकारः नारायणहिटीमा गएर मुकुट लगाउने सपना नदेखे हुन्छ, राजतन्त्र फर्किनेवाला छैन
- नेपालमा लगानीका लागि भियतनामलाई चेम्बर अफ कमर्सको आग्रह
- नबिल बैंकको ३८ नयाँ शाखा सञ्चालनमा
- अरुण तेस्रोकै ढाँचामा तल्लो अरुण अगाडि बढाउन पिडिएमा हस्ताक्षर
- नेपालसँगको सीमा समस्या समाधान गर्छौं : मोदी
- अब आइएमई पे मा जम्मा रु १४ मा आइफोन १४ जित्ने मौका
- हैदराबाद हाउसमा प्रचण्ड–मोदी वार्ता
- नेपाल र भारतबीच द्विपक्षीय वार्ता