
खबरमुकाम । रमजानको महिनामा पनि पाकिस्तानका जनतालाई महँगीले राहत मिलेको छैन । पाकिस्तानमा महँगी कीर्तिमानी स्तरमा उक्लिएको छ । संवेदनशील मूल्य सूचक (एसपीआई) का अनुसार पाकिस्तानमा मार्चको अन्तिम सातामा महँगी ४७ प्रतिशत सम्म पुगेको छ । पाकिस्तानको तथ्यांक विभागले यो डेटा जारी गरेको हो । यसले पाकिस्तानमा दैनिक उपभोग्य सामानको मूल्य बढिरहेको छ र पहिलेनै समस्यामा परेका पाकिस्तानी जनतालाई झनै समस्या परेको छ ।
पाकिस्तानमा महँगी कीर्तिमानी स्तरमा
पाकिस्तानमा तथ्यांक विभागको डेटा अनुसार प्याजको मूल्य २२८ प्रतिशत, ग्यास १०८ प्रतिशत, गहुँको पीठो १२० प्रतिशत, चुरोट १६५ प्रतिशत, डिजेल १०२ प्रतिशत, चिया ९४ प्रतिशत, केरा ८९ प्रतिशत, चामल बासमती ८१ प्रतिशत, पेट्रोल ८१ प्रतिशत र अण्डा ७९ प्रतिशतले बढेको छ ।
तथ्यांकका अनुसार ५१ अत्यावस्यकीय सामानमा २६ को मूल्य बढेको छ । १२ बस्तुको मूल्यमा थोरै कमी आएको छ र १३ बस्तुको मूल्यमा कुनै परिवर्तन आएको छैन ।
मीडिया रिपोर्टका अनुसार चिकेन ८.१४ प्रतिशत, खुर्सानीको धुलो २.३१ प्रतिशत, एलपीजी १.३१ प्रतिशत, सर्सिउको तेल र लसुन १.१९ प्रतिशत, घिउ ०.८३ प्रतिशत, खाद्य तेल ०.२१ प्रतिशतले मूल्य ओर्लिएका छन् । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- पूर्वराजाविरुद्ध झलनाथको हुँकारः नारायणहिटीमा गएर मुकुट लगाउने सपना नदेखे हुन्छ, राजतन्त्र फर्किनेवाला छैन
- नेपालमा लगानीका लागि भियतनामलाई चेम्बर अफ कमर्सको आग्रह
- नबिल बैंकको ३८ नयाँ शाखा सञ्चालनमा
- अरुण तेस्रोकै ढाँचामा तल्लो अरुण अगाडि बढाउन पिडिएमा हस्ताक्षर
- नेपालसँगको सीमा समस्या समाधान गर्छौं : मोदी
- अब आइएमई पे मा जम्मा रु १४ मा आइफोन १४ जित्ने मौका
- हैदराबाद हाउसमा प्रचण्ड–मोदी वार्ता
- नेपाल र भारतबीच द्विपक्षीय वार्ता