
खबरमुकाम । कप्तान क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेको खेलमा पोर्चुगलले लक्जमबर्गमाथि सानदार जित निकालेको छ।
युरो २०२४ को छनोट अन्तर्गत समूह जे को खेलमा पोर्चुगलले लक्जमबर्गमाथि ६–० को फराकिलो जित निकालेको हो। पोर्चुगलले घरेलु टोली लक्जेमवर्गमाथि उसकै मैदानमा सानदार जित निकाल्दै लगातार दोस्रो जित हात पारेको हो ।
पहिलो हाफमा ४ गोल गरेको पोर्चुगलले दोस्रो हाफमा थप २ गोल गर्यो। पोर्चुगलको फराकिलो जितमा कप्तान रोनाल्डोले दुई तथा जोआओ फेलिक्स, बर्नाडो सिल्भा, ओटाभियो र राफयल लियोले समान एक गोल गरे ।
खेलको नवौं मिनेटमा गोल गर्दै रोनाल्डोले पोर्चुगललाई सुरूआती अग्रता दिलाएका थिए। १५ औं मिनेटमा जोआओ फेलिक्सले गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर पारे।
१८औं मिनेटमा बर्नाडो सिल्भाले गोल गरेपछि पोर्चुगल खेलमा ३–० ले अघि बढ्यो । ३१ औ मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरेपछि पोर्चुगलले पहिलो हाफमा ४–० को अग्रता लिन सफल भयो।
७७औं मिनेटमा परिवर्तित खेलाडी ओटाभियोले गोल गरेपछि पोर्चुगल ५–० ले अघि बढ्यो । ८५औं मिनेटमा राफयल लियो पेनाल्टीमा चुकेपनि ८९औं मिनेटमा गोल गर्दै पोर्चुगललाई ६–० को सानदार जित दिलाए ।
पछिल्लो दुई खेलमा रोनाल्डोको यो चौथो अन्तर्राष्ट्रिय गोल हो । उनले यसअघि लिचेस्टाइनविरुद्ध पनि दुई गोल गरेका थिए ।
यस जितसँगै पोर्चुगल समूह ‘जे’ मा लगातार दोस्रो जित निकाल्दै शीर्षस्थानमा रहेको छ । पोर्चुगलको २ खलेबाट ६ अंक पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- पूर्वराजाविरुद्ध झलनाथको हुँकारः नारायणहिटीमा गएर मुकुट लगाउने सपना नदेखे हुन्छ, राजतन्त्र फर्किनेवाला छैन
- नेपालमा लगानीका लागि भियतनामलाई चेम्बर अफ कमर्सको आग्रह
- नबिल बैंकको ३८ नयाँ शाखा सञ्चालनमा
- अरुण तेस्रोकै ढाँचामा तल्लो अरुण अगाडि बढाउन पिडिएमा हस्ताक्षर
- नेपालसँगको सीमा समस्या समाधान गर्छौं : मोदी
- अब आइएमई पे मा जम्मा रु १४ मा आइफोन १४ जित्ने मौका
- हैदराबाद हाउसमा प्रचण्ड–मोदी वार्ता
- नेपाल र भारतबीच द्विपक्षीय वार्ता