Dark

राजनीति जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्छः राष्ट्रपति 


खबरमुकाम । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीति समाज र जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्ने बताएका छन् । सोमबार बिहान काठमाडौंमा पूर्वमन्त्री नवीन्द्रराज जोशीको सालिक अनावरण गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

उनले जनतासँगको निरन्तर सान्निध्यतासँगै उनीहरूका सुखदुःख बुझेर उनीहरूकै लागि सेवा गर्ने उच्चतम अठोट, प्रतिबद्धता र समर्पणबाट राजनीति अभिप्रेरित हुनुपर्ने बताए ।


राष्ट्रपति पौडेलले जनतासँग निकटतम सम्बन्ध राख्ने र उनीहरूका सुखदुःख बुझ्ने व्यक्तित्वका रूपमा आफूले स्व. जोशीलाई चिनेको बताए ।

‘राजनीति समाज र जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्छ । जनतासँगको निरन्तर सान्निध्यतासँगै उनीहरूको सुख दुःख बुझेर उनीहरूकै लागि सेवा गर्ने उच्चतम अठोट, प्रतिबद्वता र समर्पणबाट  अभिप्रेरित हुनुपर्छ,’ उनले बताए । ‘जनतासँग निकटतम सम्बन्ध राख्ने र उनीहरूका सुखदुःख बुझ्ने नवीन्द्र यही दर्शनबाट प्रभावित थिए,’ उनको भनाई थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै