
खबरमुकाम। नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सरकारबाट बाहिरिएको छ ।
आइतबार माओवादीबाट मन्त्री बनेका तीनै जना नेताले मुख्यमन्त्री लीला गिरीसमक्ष राजीनामा बुझाएको भौतिक पूर्वाधारमन्त्री इन्द्रजित चौधरीले जानकारी दिए ।
लुम्बिनी सरकारमा माओवादीबाट जोखबहादुर महरा, इन्द्रजित चौधरी र कृष्णा केसी गरी ३ जना सहभागी थिए ।
एमाले नेतृत्वको सरकारमा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टी सहभागी थिए ।
माओवादी सरकारबाट बाहिरिएसँगै उसले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ । अब मुख्यमन्त्री गिरीले ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ ।
८७ सदस्यीय प्रदेशसभामा नेकपा एमालेका २९, नेपाली कांग्रेसका २७, माओवादी केन्द्रका १०, नागरिक उन्मुक्ति पार्टी र राप्रपाका ४–४, जसपा, लोसपा र जनमत पार्टीका ३–३, स्वतन्त्र २, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका १–१ जना प्रदेशसभा सदस्य रहेका छन् । प्रदेशसभामा बहुमत जुटाउन ४४ सांसदको समर्थन आवश्यक पर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- पूर्वराजाविरुद्ध झलनाथको हुँकारः नारायणहिटीमा गएर मुकुट लगाउने सपना नदेखे हुन्छ, राजतन्त्र फर्किनेवाला छैन
- नेपालमा लगानीका लागि भियतनामलाई चेम्बर अफ कमर्सको आग्रह
- नबिल बैंकको ३८ नयाँ शाखा सञ्चालनमा
- अरुण तेस्रोकै ढाँचामा तल्लो अरुण अगाडि बढाउन पिडिएमा हस्ताक्षर
- नेपालसँगको सीमा समस्या समाधान गर्छौं : मोदी
- अब आइएमई पे मा जम्मा रु १४ मा आइफोन १४ जित्ने मौका
- हैदराबाद हाउसमा प्रचण्ड–मोदी वार्ता
- नेपाल र भारतबीच द्विपक्षीय वार्ता