
खबरमुकाम । सात प्रदेशमध्ये सबैभन्दा अन्तिममा नाम पाएपनि ‘कोशी प्रदेश’ले अहिले नामकै कारण तनावमा छ । कोशी नाम राखिएपछि पहिचान पक्षधरहरुले यसको विरोध र आन्दोलन गर्दै आएका छन् ।
आइतबार पनि प्रदेशको राजधानी विराटनगरमा उनीहरुले बृहत प्रदर्शन गर्ने भएका छन् । भोली ‘कोशी प्रदेश’ नामाकरण खारेज गरी पहिचानसहितको नामाकरणको मागसहित १ नम्बर प्रदेश पुनःनामाकरण संयुक्त संघर्ष समितिले प्रदर्शनको तयारी गरेको छ ।
समितिले राजधानी विराटनगरमा बृहत प्रदर्शनको तयारी गर्दै छ । यससँगै जिल्ला प्रसाशन कार्यालय मोरङले विराटनगरका केही स्थानमा निषेधाज्ञा जारी गरेको छ ।
प्रदेश नम्बर १ को नाम कोशी प्रदेश नाम राखिएको विषयलाई लिएर संघीय लोकतान्त्रिक राष्ट्रिय मंच, लिम्बुवान लगायत एक दर्जन जातीय सङ्गठनले आज (शनिबार) पनि जुलुस निकालेका थिए ।
प्रदेश संसद्ले एकलौटी ढङ्गले प्रदेशको नामाकरण गरेको भन्दै विरोध स्वरूप आइतबार प्रदेश नम्बर १ बन्दको आह्वान समेत गरिएको स्रोतले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- प्रचण्ड, देउवा र नेपालबीच मन्त्रिपरिषदलाई पूर्णता दिनेबारे छलफल
- घट्यो सुन–चाँदीको मूल्य
- मन्त्री र उम्मेदवार छान्न भोलि कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
- थ्री पिस सुट र छालाको सुटमै ४१०० मीटरको हिमाल चढे एक जापानी सुचिकार
- यी स्थानमा चट्याङ्ग सहित हल्का वर्षा हुने
- लक्जमबर्गको पोस्टमा पोर्चुगलको आधा दर्जन गोल
- काठमाडौंमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
- सन्दीपको बलात्कार मुद्दामा आजदेखि अन्तिम सुनुवाइ सुरु