
खबरमुकाम । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्ववियु निर्वाचनको सुरक्षा चुस्तदुरुस्त बनाउन सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।
शनिबार गृहसचिवसहित तीनवटै सुरक्षा प्रमुखलाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार डाकेर प्रधानमन्त्री दाहालले पछिल्लो सुरक्षा अवस्थाबारे जानकारी लिँदै उक्त निर्देशन दिएका हुन् ।
साथै समाजमा भएका अन्य सुरक्षा सतर्कतालाई भरपर्दो र विश्वसनीय बनाउन पनि निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले बताएको छ ।
यस्तै प्रधानमन्त्रीले मिटरव्याजीलाई कारबाही गर्ने कानुनी र राजनीतिक समस्या रहेको प्रति पनि चिन्ता व्यक्त गरे । उनले मिटरव्याजीलाई प्रशासनिक क्षेत्रले कहिकतै संरक्षण गरेको सुनिन आएको भन्दै यसबारे पनि निगरानी गर्ने निर्देशन दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- प्रचण्ड, देउवा र नेपालबीच मन्त्रिपरिषदलाई पूर्णता दिनेबारे छलफल
- घट्यो सुन–चाँदीको मूल्य
- मन्त्री र उम्मेदवार छान्न भोलि कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
- थ्री पिस सुट र छालाको सुटमै ४१०० मीटरको हिमाल चढे एक जापानी सुचिकार
- यी स्थानमा चट्याङ्ग सहित हल्का वर्षा हुने
- लक्जमबर्गको पोस्टमा पोर्चुगलको आधा दर्जन गोल
- काठमाडौंमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
- सन्दीपको बलात्कार मुद्दामा आजदेखि अन्तिम सुनुवाइ सुरु