
खबरमुकाम । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चैत–६ गते संसदबाट विश्वासको मत लिने र १० वटै दलले उहाँलाई मत दिने निर्णय भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा १० दलका शीर्ष नेताहरुको बैठकले उक्त निर्णय गरेको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।
त्यस्तै, सत्ता साझेदार १० वटा दलले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन–२०७१ लाई संशोधन गर्न बनेको विधेयक–२०७९ भोलि संसदमा पेस गर्ने निर्णय गरेका पनि सचिवालयले जनाएको छ ।
बालुवाटारमा बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी लगायतका १० वटा दलका शीर्ष नेताहरु सो निर्णय गरेका हुन् ।
नेकपा एमाले र राप्रपाले संसदीय समितिमा छलफल गराएर मात्रै विधेयकलाई संसदमा पेश गर्न माग गरेपनि सत्ता गठबन्धनले भने भोलि नै पेस गर्ने निर्णय गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- पाकिस्तानमा पिठोको मूल्य १२० प्रतिशत र प्याज २२८ प्रतिशतले बढ्यो
- काठमाडौंमा मेयर साहविरुद्ध प्रर्दशन
- प्रचण्ड, देउवा र नेपालबीच मन्त्रिपरिषदलाई पूर्णता दिनेबारे छलफल
- घट्यो सुन–चाँदीको मूल्य
- मन्त्री र उम्मेदवार छान्न भोलि कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
- थ्री पिस सुट र छालाको सुटमै ४१०० मीटरको हिमाल चढे एक जापानी सुचिकार
- यी स्थानमा चट्याङ्ग सहित हल्का वर्षा हुने
- लक्जमबर्गको पोस्टमा पोर्चुगलको आधा दर्जन गोल