खबरमुकाम । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले अर्थतन्त्रलाई चलायमान बनाउने हो भने एकल अंकको ब्याजदर कायम गरिनुपर्ने बताएका छन् । तुलसीपुर चेम्बर अफ कमर्सको दोस्रो साधारण सभालाई शनिवार सम्बोधन गर्दै अध्यक्ष मल्लले अर्थतन्त्रलाई चलायमान बनाउन एकल अंकको ब्याजदर कायम गरिनुपर्ने बताएका हुन् ।
हाल कायम उच्च ब्याजदरले उद्योग व्यवसाय एवं लगानी प्रभावित भएको अध्यक्ष मल्लले बताए । आर्थिक स्थायित्व र व्यावसायिक वातावरण निर्माणका लागि ब्याजदरमा लकअप प्रणाली लागु गर्नुपर्ने अध्यक्ष मल्लको भनाई छ । ब्याजदर अस्थिर हुँदा ऋणीहरु मर्कामा परेको र लगानीको वातावरण सिर्जना हुन नसकेको भन्दै उनले लकअप प्रणालीमा जानुपर्ने बताए ।
उद्योग व्यवसाय सञ्चालन, घरजग्गा, कृषि लगायत विभिन्न प्रयोजनमा ऋण लिने प्रक्रियामा सुरुवाती चरणमै निश्चित ब्याजदर कायम गर्ने र पछि फेरबदल नहुने हो भने वित्तीय क्षेत्रमा अस्थिरता नआउने मल्लको भनाई छ । अर्थतन्त्रको वर्तमान अवस्थालाई सुधार गर्न सरकार निजी क्षेत्र मिलेर हातेमालो गर्नुपर्ने उनले बताए ।
उनले भने, ‘अन्त्रको आन्तरिक पाटो अहिले पनि जोखिमकै अवस्थामा छ ,। रोजगारी सिर्जना हुन सकेको छैन । उत्पादन हुन नसक्दा कृषिजन्य बस्तुहरु समेत आयत गर्नु पर्ने अवस्था आउनु विडम्बना भएको छ, ।’
स्थानीय तहमा कृषि उत्पादन वृद्धि हुने गरी समन्वय गर्न जिल्ला चेम्बरलाई अध्यक्ष मल्लले आग्रह गरे । स्थानीय तहमा उत्पादित बस्तुको बजारीकरणका लागि जिल्ला चेम्बरले समन्वयन गर्न सक्ने अध्यक्ष मल्लले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- पाकिस्तानमा पिठोको मूल्य १२० प्रतिशत र प्याज २२८ प्रतिशतले बढ्यो
- काठमाडौंमा मेयर साहविरुद्ध प्रर्दशन
- प्रचण्ड, देउवा र नेपालबीच मन्त्रिपरिषदलाई पूर्णता दिनेबारे छलफल
- घट्यो सुन–चाँदीको मूल्य
- मन्त्री र उम्मेदवार छान्न भोलि कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
- थ्री पिस सुट र छालाको सुटमै ४१०० मीटरको हिमाल चढे एक जापानी सुचिकार
- यी स्थानमा चट्याङ्ग सहित हल्का वर्षा हुने
- लक्जमबर्गको पोस्टमा पोर्चुगलको आधा दर्जन गोल