
खबरमुकाम । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले अर्थतन्त्रलाई सही बाटोमा ल्याउन सामूहिक प्रयासको खाँचो रहेको बताएका छन् ।
शनिबार ललितपुर उद्योग वाणिज्य संघले आफ्नो स्थापना दिवसको अवसर पारेर आयोजना गरेको एक कार्यक्रममा बोल्दै सभामुख घिमिरेले उद्योग व्यवसायमैंत्री कानून निर्माण गर्नका लागि राजनीतिक दलहरु र सांसदहरुसँग सहजीकरण गर्न पनि आफू लागिपर्ने प्रतिवद्धता व्यक्त गरे ।
सभामुख घिमिरेले मुलुकभित्रै उत्पादन वृद्धि गर्ने, रोजगारी सृजना गर्ने, नेपालमा हुने आयात प्रतिस्थापन गरी निर्यात बढाउनका लागि कानुनको अभाव हुन नदिन आफू सचेत रहेको बताए । व्यापार गरी नाफा कमाउनु व्यवसायीहरुको धर्म भएपनि सामाजिक उत्तरदायित्व बहन गरी मुलुकको दीगो विकासमा अझै बढि योगदान पुर्याउन पनि उनले व्यवसायीहरुलाई आग्रह गरे ।
‘मुलुकको आर्थिक क्षेत्रमा असजिलो परिरहेको परिस्थितिप्रति हामी जानकार छौं । हामीले आज त्यही कुराको पीडा पोखिरहेका छौं, उनले भने, ‘आर्थिक क्षेत्रका योगदान दिइरहनु भएको तपाई उद्योगी, व्यवसायीहरुको अप्ठयारो र असजिलो अवस्थाले व्यापार र रोजागार प्रणालीलाई कसरी अगाडि लैजाने भन्ने कुराहरुमा म तपाईहरुको यी अप्ठ्याराहरुप्रति ऐक्यवद्धता व्यक्त गर्न चाहन्छु ।’
उनले थपे, ‘उद्यमी र व्यापारीलाई अगाडि लैजानका लागि निजी क्षेत्रलाई कसरी अगाडि लैजानुपर्छ भन्ने यहाँहरुले सरकारमार्फत गरेका कोसिसहरुलाई अझै व्यवहारिक रुपबाट राज्यले खेल्नुपर्ने भूमिका के हो ? त्यसका लागि यो जिम्मेवारी पूरा गर्नका लागि तपाईहरुले चिन्ता व्यक्त गर्नु भएको कुराप्रति म धन्यवाद भन्न चाहन्छु ।’
उनले व्यवसाय गर्न अनकूल वातावरण आवश्यक पर्ने समेत बताए । घिमिरेले मुलुकको अर्थतन्त्रलाई सही बाटोमा अघि बढाउनका लागि सम्बन्धित सबै पक्षले सामूहिक प्रयास गर्नुपर्ने आवश्यक्ता औंल्याए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- काठमाडौंमा मेयर साहविरुद्ध प्रर्दशन
- प्रचण्ड, देउवा र नेपालबीच मन्त्रिपरिषदलाई पूर्णता दिनेबारे छलफल
- घट्यो सुन–चाँदीको मूल्य
- मन्त्री र उम्मेदवार छान्न भोलि कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
- थ्री पिस सुट र छालाको सुटमै ४१०० मीटरको हिमाल चढे एक जापानी सुचिकार
- यी स्थानमा चट्याङ्ग सहित हल्का वर्षा हुने
- लक्जमबर्गको पोस्टमा पोर्चुगलको आधा दर्जन गोल
- काठमाडौंमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु