Dark

प्रधानमन्त्रीले लिए ठूला आयोजनाको कार्य सम्पादनको जानकारी

खबरमुकाम । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लगानी बोर्डको कार्यालयमार्फत अघि बढिरहेका विभिन्न ११ ठूला परियोजनाका लगानीकर्तासँग छलफल गरेका छन्। शुक्रबार बोर्डका अध्यक्ष प्रचण्डले परियोजनाका विकासकर्ताहरूसँग भेट तथा अन्तरक्रिया गरेका हुन् ।

प्रधानमन्त्रीले सार्वजनिक–निजी साझेदारी र निजी लगानीका परियोजनाको प्रगति तथा सम्पादित कार्यको जानकारी लिए । बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन, २०७५ तथा रणनीतिक योजनाले निर्दिष्ट गरेअनुरूप परियोजना विकास तथा व्यवस्थापन, लगानी प्रवर्द्धन, संस्थागत विकास र समन्वय, सहकार्य र साझेदारीका सम्बन्धमा प्रधानमन्त्री समक्ष जानकारी गराएका थिए ।

अन्तरक्रियाका क्रममा अरुण तेश्रो तथा तल्लो अरुण जलविद्युत् परियोजना, होंसी तथा हुवासिन सिमेन्ट नारायणी परियोजना, माथिल्लो कर्णाली जलविद्युत् परियोजना, माथिल्लो मर्स्यांङ्गदी–२ अर्धजलाशययुक्त जलविद्युत परियोजना, पश्चिम सेती जलाशययुक्त, सेती नदी–६ अर्ध–जलाशययुक्त जलविद्युत परियोजना, माथिल्लो त्रिशुली–१ जलविद्युत परियोजना डाबर नेपाल, चीन–नेपालमैत्री औद्योगिक पार्क परियोजना, मुक्तिनाथ केबलकार परियोजनाका विकासकर्ताले परियोजनाका प्रगति, कार्यान्वयन तथा प्रमुख चुनौतीका बारेमा संक्षिप्त जानकारी गराएका थिए ।

कार्यक्रममा प्रधानमन्त्रीले परियोजना निर्माण कार्य निरन्तर अगाडि बढाउन र तोकिएकै समयमा सम्पन्न गर्न लगानी बोर्ड तथा नेपाल सरकारको तर्फबाट आवश्यक सहयोग तथा समन्वय हुने कुरामा सबै विकासकर्तालाई ढुक्क हुन र लगानी बोर्डको भाबी कार्यसम्पादनका सम्बन्धमा कार्यालयलाई विशेष निर्देशन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै