• वि.सं २०८० असोज १२ शुक्रबार
  • Friday, 29 September, 2023
  • युनिकोड
  • Live
Dark

नैतिकता र सदाचारिता मार्फत सार्वजनिक क्षेत्र व्यवस्थापनमा सुधार

तोमनाथ उप्रेती
उपसचिव,नेपाल सरकार
परिचय 

सार्वजनिक क्षेत्रका पदाधिकारीले कार्यसम्पादन गर्दा प्रकट गर्ने व्यवहारमा नैतिकता र सदाचारिता देखिनुपर्छ । कार्यसम्पादनलाई व्यावसायिक र जनमुखी बनाउने मूल्य, सिद्धान्त र मानकहरूको अवलम्बन नै नैतिकता र सदाचारिता हो । प्रत्येक पदाधिकारीबाट सेवाग्राहीले खास व्यवहारको अपेक्षा गछर्न् । त्यो अपेक्षा पूरा गर्न सके मात्र सार्वजनिक प्रशासनमा प्रभावकारिता आई सर्वसाधारण सन्तुष्ट हुन्छन् । 

नैतिकता भनेको सुविचार, असल वा उत्तम आचरण, असल व्यवहार, स्वच्छता, निष्पक्षता, इमानदारी एवं सकारात्मक सोच हो । नैतिक मूल्यमान्यता, आदर्श र सिद्धान्त विपरीत गरिने नकारात्मक व्यवहार भ्रष्टाचार हो । पतित आचरण, दूषित मर्यादा, नियम, कानुन विपरीत नैतिक पतन हुने काम गरी घुस खाई पक्षपातपूर्ण व्यवहार भ्रष्टाचार हो। 

सार्वजनिक क्षेत्रका पदाधिकारी र राजनीतिक वा सरकारी अधिकृतले आफूलाई सुम्पिएको अधिकार, अख्तियारी र शक्तिको दुरुपयोग गरी कुनै व्यक्ति वा सम्बद्ध व्यक्तिहरुको निजी फाइदाको लागि गरिने व्यवहार भ्रष्टाचार हो ।

भ्रष्टाचार भन्नाले निजी फाइदाका लागि सार्वजनिक शक्तिको दुरुपयोग हो । सार्वजनिक पद धारण गर्ने पदाधिकारीले आफ्नो पद, शक्ति र अधिकार सार्वजनिक सरोकारका गतिविधिमा नलगाई व्यक्तिगत स्वार्थपूर्तिका लागि प्रयोग गर्नु भ्रष्टाचार हो । भ्रष्टाचारले व्यक्ति, परिवार र समग्रमा राष्ट्रलाई नै खोक्रो पार्दछ । भ्रष्टाचारले सामाजिक जीवनपद्धतिमा प्रतिकूल प्रभाव पार्दछ । 

नेपालमा भ्रष्टाचार नियन्त्रण र सुशासनको स्थिति निरन्तर नाजुक देखिन्छ । नैतिकता र सदाचार स्खलित भएको वर्तमान युगमा विश्वका मानिस भ्रष्टाचारबाट मुक्त हुन खोजिरहे तापनि भ्रष्टाचार ज्यामितीय रुपमा विश्वव्यापी फैलिंदो छ ।

राज्यलाई सधैं इमानदार मानिसहरूको खाँचो पर्दछ । अहिले सार्वजनिक क्षेत्रमा नैतिकता र सदाचारको महत्व झनै बढेर गएको छ । सर्वसाधारणहरूको अनुभूतिमा नैतिक आचरणको स्तर निकै कमजोर रहेको अवस्था छ । नागरिकहरू स्तरीय सेवा र सेवामैत्री व्यवहारको अपेक्षामा छन्। तर त्यसको सामथ्र्य र तत्परता सार्वजनिक क्षेत्रमा देखिएको छैन। संस्थाहरूको कर्मचारीतन्त्रीकरण र सेवा वितरणमा राजनीतीकरणले प्रशासनयन्त्र पक्षपाती देखिएको छ । 

नैतिकता र उच्च इमानदारी देखाउनुपर्ने पदाधिकारीमाथि बारम्बार नैतिक आचरणका प्रश्न ठडिएका छन् । यस अवस्थामा सार्वजनिक प्रशासनमा नैतिक आचरणलाई संस्थागत गर्नुको विकल्प छैन ।

सत् उपसर्गमा आचार शब्द जोडिएर बनेको सदाचार शब्दको अर्थ असल व्यवहार हुन्छ भने सुशासन शब्द सु उपसर्गमा शासन शब्द जोडिएर बनेको हुन्छ जसको अर्थ राम्रो तरिकाले शासन गर्नु भन्ने बुझिन्छ्र सुशासन त्यस्तो प्रणाली हो जो आफैमा गुणस्तरयुक्त हुन्छ र राम्रो मूल्य प्रणाली अंगिकार गरेको हुन्छ्र सुशासन प्रसाशन भन्दा अगाडी हुन्छ, यसले शासनको मार्गमा दक्षताको विकासका लागि अग्रसर गराउँछ जसले यसको वैधानिकता र विश्वसनीयता बढाउँछ्र ।

त्यस्तै सदाचार राम्रो आचरणमा मात्र सिमित छैन, यसले त हाम्रो जीवनलाई गति र दिशा दिन्छ जसले एक व्यक्तिलाई सधैँ अगाडी बदना सहयोग गर्दछ्र त्यसैले त सदाचारी नागरिक र शासक भएको देशमा सुशासन कायम हुन्छ र सुशासन भएमा राष्ट्र अग्रगतिमा जान्छ र समृद्धि सम्भव हुन्छ भनिन्छ हामीले सम्पत्ति गुमायौ भने खास केही गुम्दैन, स्वास्थ्य गुमायौ भने केही गुम्छ तर सदाचार गुमायौ भने सबैथोक गुम्छ्र सम्पत्ति कमाउन सकिन्छ, स्वास्थ्योपचार गर्न सकिन्छ तर गएको आचरण कमाउन सकिन्न ।

दूराचारले कारक मात्र प्रताडित हुँदैन, समाजलाई नै बिगार्छ भनि हाम्रा अग्रजहरु सधै भनिरहेको हामी सुनीरहन्छौ्र गीतामा भगवान् श्रीकृष्णले पनि शास्त्र (नीति), कर्म (काम) र धर्म (आचरण) बाट मानव जीवनले सिद्धि प्राप्त गर्छ भनेका थिए। महात्मा गान्धीले परिश्रमविनाको धन र चरित्रविनाको ज्ञानलाई पाप मानेका थिए्र सदचारिता असल जीवन जिउनका लागि अपरिहार्य कुरा हो्र नागरिकमा जति धेरै सदचारितको विकास हुन्छ, सुशासनमा त्यतिनै बढी सहजता हुन्छ्र सुशासन कायम रहेको राष्ट्र विकास, समृद्धिका हिसाबले अगाडी हुन्छ, नागरिक सुखी हुन्छन्छन् । 

सदाचार र सुशासन एक अर्काका परिपूरक हुन््र सदाचार भएका नागरिक बिना सुशासन कायम गर्न अफ्ठ्यारो हुन्छ भने सुशासन कायम गर्न सकिएन भने सदचारिता हराउदै जान्छ र दुराचारीले समाजमा राज गर्छन् जसको कारण रास्ट्रको गरिमा, समृद्धि बढ्नु त परै जाओस् सामान्य मानवीय सम्बन्धमा समेत गिरावट आउछ्र त्यस कारण राष्ट्र निर्माणमा सदाचार र सुशासनको ठुलो महत्व छ्र ।

मानव समाज नीति, कर्म र आचरणबाट चल्ने हो।सदाचार व्यक्तिको विवेक वा अन्तरात्मामा छिपेर रहने त्यस्तो शक्ति हो, जसले व्यक्तिलाई गलत काम नगर्न सचेत गराउँछ। सदाचारी मानिस अन्तरात्माको यही आवाजका कारण स्वार्थ, लोभ, लालसा, आग्रहजस्ता कमजोरीसँग सम्झौता गर्दैनन् । 

स्वार्थ, लोभ, लालसा, आसक्ति, आग्रह आदिलाई दबाउने सामथ्र्य वा अन्तरमूल्य नै सदाचारको जग हो। कसैले के भन्छ भन्दा पनि के गर्छ र उसप्रति के भनिन्छ भन्ने पक्ष महत्तम हुन्छ सदाचार संस्कृतिमा। कहिलेकाहीं सत्य र उचित कामका लागि परिवेश, समुदाय, समूहमा व्यक्ति एक्लै उभिने साहसमा रहन सक्नुपर्छ । 

किनकि, सदाचार सत्चरित्र हो, सत्चरित्रभन्दा दुष्चरित्रको फैलावट र क्षणिक शक्ति बढी देखिन्छ। सदाचारको संस्कृति नबसेको समाजमा पद, पैसा, प्रतिष्ठा र प्रेमको लोभमा व्यक्ति दुराचारी बन्ने गर्छ र सदाचार छायामा पर्छ । अनुशासन र इमानदारीको सीमा लालसा, लोभ र आग्रहले भत्काउँछ, यसको विपरीत इमानदारी, अनुशासनलाई सदाचारले ऊर्जा दिन्छ। असल बुझाइ, असल विचार र असल कार्यले नै असल चाहना प्राप्ति हुन्छ ।

राजनीतिक रूपमा तटस्थ, आर्थिक रूपमा सदाचारी, सामाजिक रूपमा नैतिक, पेसागत रूपमा व्यावसायिक कर्मचारी नै राज्य प्रभावकारिता विस्तार गर्ने आधार हुन् । समकालीन समाजमा यिनै कुराको औधी माग भइरहेको छ, जसलाई सिद्ध गर्न राज्य संयन्त्रमाथि व्यापक दबाब परिरहेको अवस्था विधमान छ ।

सबै व्यक्तिहरू सार्वजनिक ओहोदा लिनका लागि योग्य हुँदैनन् । सार्वजनिक जीवन निर्वाहका लागि सीप र दक्षता त चाहिन्छ नै । त्यति मात्र पर्याप्त हुँदैन । उ, नैतिक, इमानदार र सदाचार रुपमा योग्य हुनुपर्छ । जिम्मेवारी लिने व्यक्तिहरू योग्य, इमानदार र जवाफदेही हुनुपर्छ । उसका हरेक व्यवहारले नैतिकता र औचित्यको पुष्टि गर्न सक्नुपर्छ, सर्वसाधारणको मन जितेको हुनुपर्छ । संगठनभित्र निष्ठाका साथै सामाजिक रहनसहन पनि सदाचारी हुनुपर्छ । जनताको सेवक भएकाले सर्वसाधारणसँग उसको प्रस्तुति मीठो र विनम्र हुनैपर्छ ।

लोकतन्त्र, शान्ति, सुशासन, अनुशासन र समृद्धिको आधारभूमि सदाचार हो । सामाजिक–आर्थिक एवं राजनीतिक क्षेत्रमा सदाचारले सर्वोच्च स्थान ओगटेको हुन्छ । लोकतान्त्रिक शासन व्यवस्थाको संस्थागत विकासका लागि सुशासन अनिवार्य शर्त हो । लोकतन्त्र विनाको सुशासन र सुशासन विनाको लोकतन्त्र फस्टाउन सक्दैन । देशको शासन व्यवस्था सक्षम, प्रभावकारी र सफल हुन सार्वजनिक प्रशासनमा नैतिकता, समर्पणभाव, पारदर्शिता, अधिकार प्रत्यायोजन, उत्तरदायित्व, स्वच्छता, जवाफदेही र आर्थिक सदाचार रहनुपर्छ ।

नीति, नियम र व्यवहारप्रति उच्चसतर्क रही गरिने उदाहरणीय चरित्र नैतिकता हो । नीति मार्ग अवलम्बन गरी लाभकारी हुनु नैतिकता हो । बुद्धधर्मले सम्पत्ति र शक्तिको सञ्चयबाट जीवन सफल नहुनेतर्फ संकेत गर्दै नैतिकतालाई शान्ति र सुख प्राप्तिको मूल भनेको छ ।त्यसैगरी एक प्रसंगमा पूर्वीय दर्शनका कूटनीतिज्ञ चाणक्यलाई भेट्न एकपटक चिनियाँ यात्री उनको कुटीमा पुगेका बखत चाणक्य एकान्त कुटीमा टुकी बत्ती बालेर सरकारी कामकाज गरिरहेका थिए । 

चाणक्यले काम सकेर अतिथिलाई स्वागत गर्न लाग्दा दोस्रो बत्ती सल्काए । चाणक्यको व्यवहार अतिथिले अचम्म मान्दै सोधे तपाईंले भर्खरसम्म अर्को बत्ती बालिराख्नु भएकोमा किन त्यो बत्ती निभाएर अर्को बाल्नुभयो ? चाणक्यले मुस्कुराउँदै जवाफ फर्काए– मित्र अनौठो मान्नु पर्दैन, भर्खरसम्म म राज्यको काम गर्दै थिएँ अनि राज्यकोषबाट किनिएको बत्ती र तेल प्रयोग गरिरहेको थिएँ। तपाईंसँगको भेट मेरो निजी भएकोले दोस्रो बत्ती सल्काएको हुँ। सदाचार र नैतिकताको शक्तिशाली तस्वीर यस महान आदर्श भनाइबाट पुष्टि हुन्छ ।

राम्रो आचरण, असल चालचलन र सकारात्मक व्यवहार सदाचार हो । सुशासनको एक महत्वपूर्ण खम्बा भनेको सदाचारलाई लिन सकिन्छ । सदाचार भनेको नीति, नियम र व्यवहारप्रति उच्च सतर्क रही कार्य गर्ने सुविचार, उत्तम आचरण, स्वच्छता, निष्पक्षता एवं इमानदारी हो। सदाचार सैद्धान्तिक विषय नभएर यो आत्मानुभूतिको आन्तरिक आत्मानुशासन सम्बन्धी विज्ञान र अन्तरवोध गर्ने विषय  हो ।

सदाचार र नैतिकता हरेक मानिसले पालना गर्नुपर्ने असल व्यवहार वा आचरण हो । सदाचार भन्नाले त्यस्ता नैतिक सिद्धान्तहरूको समष्टि हो जसले व्यक्तिको व्यवहार , क्रियाकलाप वा चालचलनको सञ्चालन तथा निर्देशन गर्दछ ।

नैतिकता वा आचरण (मोरल) भनेको ठिक वा बेठिक, असल वा खराब चालचलन बताउने सिद्धान्त वा व्यवहार हो । यस प्रकार सदाचार(इथिक्स) र आचरण(मोरल) मा केही भिन्नता हुने भए तापनि व्यवहारमा यिनीहरूलाई प्रायः एक अर्काको सट्टामा समेत प्रयोग गर्ने गरेको पाइन्छ । यहाँ पनि त्यस्तै रूपमा राखिएको देखिएकोले सदाचार, आचरण वा नैतिकतालाई एकैरुपमा चर्चा गरिएको छ ।

कुनै पनि व्यक्तिले आफ्नो दैनिक गतिविधि तथा क्रियाकलाप सञ्चालन गर्दा अवलम्बन गर्ने मूल्य, मान्यता, नैतिकताको समष्टि नै आचरण हो । यसले के ठिक हो र के बेठिक हो ? के गरिनुपर्दछ र के गर्नु हुँदैन भन्ने कुरालाई निर्देशन गर्दछ ।

प्रशासकीय कार्यलाई प्रभावकारी तथा दक्षतापूर्वक सम्पन्न गर्न दिशा निर्देश गर्ने मूल्य, मान्यता, नियम, कानुनको समष्टि प्रशासकीय आचरण हो । सर्वप्रथम प्रशियामा प्रशासकीय आचरण सम्बन्धी अवधारणाको विकास भएको पाइन्छ ।

प्रशासकीय आचरण निम्न अनुसार ३ स्रोतबाट प्रवाह हुन्छः 
१) व्यवसाय आफै
२) नियम, कानुन
३) व्यक्तिका विश्वास, मूल्य
सार्वजनिक भूमिकामा रहने व्यक्तिको ओहोदा र भूमिका विस्तारका साथ बैयक्तिक अधिकार खुम्चिँदै र र सार्वजनिक दायित्व फैलिँदै जान्छन् । उनीहरूलाई सार्वजनिक जीवनका सिद्धान्तले मार्गदर्शन गरिरहेको हुन्छ। पहिलो सिद्धान्त स्वार्थहीनता हो । 

पदाधिकारीले प्रयोग गरेको ओहोदा र गरेको कार्यबाट सार्वजनिक स्वार्थमा कत्ति पनि आँच आउनु हुँदैन र आफू वा सम्बन्धितको स्वार्थ पूरा गर्नु हुँदैन । दोस्रो सिद्धान्त सदाचार हो।सार्वजनिक पदाधिकारीले काम गर्दा वैयक्तिक लोभ, लालच र स्वार्थबाट अलग रहनुपर्छ। तेस्रो, वस्तुपरकता हो। सार्वजनिक सरोकारका कार्यमा अपनाइएको कार्यविधि एवम् कार्यधारमा मनोगत आग्रह होइन, वस्तुपरकता रहनुपर्छ । 

चौथो सिद्धान्त जवाफदेहिता हो। सार्वजनिक पद र अधिकार प्रयोग गर्ने व्यक्तिले प्रयोग गरेको साधन, स्रोत तथा अधिकार एवम् निरोपित भूमिकाप्रति ऊ स्वयं जवाफदेही रहनुपर्छ। पाँचौं सिद्धान्त खुलापन हो। लिइएका निर्णय, अपनाइएको आधार, प्रयोग गरेको साधन लगायतका कार्यमा सरोकारवालाको पूर्ण पहुँच स्थापित गर्नुपर्छ। ‘पारदिर्शता अधिकार हो र गोपनीयताचाहिँ अपवाद’ भन्ने मान्यता अवलम्बन गरिनुपर्छ। छैटौं सिद्धान्त इमानदारी हो। त्यसैगरी पदीय भूमिका निर्वाह गर्दा पेसागत इमानदारीको उच्चतम प्रदर्शन गर्नुपर्छ। आफूमा भएको क्षमता र सीपको प्रयोग पूर्णरूपमा गर्नुपर्छ । 

सातौं र सबैभन्दा महत्वपूर्ण सिद्धान्त उदाहरणीयता हो। व्यवहार, आचरण, कार्य र प्रस्तुतिमा उच्चतम उदाहरण ओहोदाधारी स्वयं बन्नु पर्छ। त्यसो हुन सकेमा संस्था नैतिक बन्दछ र नैतिक आचरणको लहरे असर मातहत पदाधिकारी र समाजमा समेत पर्न जान्छ ।

सार्वजनिक प्रशासनमा रहने व्यक्तिहरूमा व्यावसायिक नैतिकताको अपेक्षा गरिन्छ । सामान्यरूपमा भन्दा निजामती सेवाका सिद्धान्त र ती सिद्धान्त अवलम्बन गर्ने तत्परता नै व्यावसायिक नैतिकता हुन्। सिद्धान्त किन हो भने सिद्धान्तले खास मूल्य प्रणाली स्थापनामा जोड दिन्छ, कार्य उपलब्धिको आधार दिन्छ । सिद्धान्तप्रतिको प्रतिबद्धता किन भने यसले ज्ञान, सीप र क्षमताको उच्चतम प्रयोग गर्न लगाउँछ । त्यसैले व्यावसायिकता वा व्यावसायिक हुनु नै निजामती सेवाको नैतिकता हो ।

व्यावसायिक नैतिकता प्रवद्र्धनका लागि प्रशासनले सार्वजनिक फाइदाको अधिकीकरण गर्नुपर्छ । त्यसको पुष्टिका लागि आवश्यकता पहिचान र सम्बोधन, सांगठनिक मूल्य प्रवद्र्धन, सेवाग्राहीको भावनाको अन्तरबोध, वैयक्तिक चाखको परित्याग, खुला पहुँचमा रहने प्रवृत्ति र कानुन कार्यान्वयनमा स्वयं चालित हुनुपर्छ । 

प्रशासनले सार्वजनिक जवाफदेहिता र जिम्मेवारीको सुनिश्चित गर्नुपर्छ । जसका लागि खुला र पारदर्शी बन्ने, सुसूचित हुने, अभिलेखित हुने, इमानदार बन्ने र ग्रहणशील हुने स्वभाव देखिनुपर्छ । सार्वजनिक प्रशासक जो नेतृत्वमा छ, ऊ सधैं उदाहरणीय बन्नुपर्छ ।

उदाहरणीय बन्नु भनेको अभिव्यक्ति दिएर हुँदैन, आदर्श भएर, नैतिक आचरण लिएर, ठीक रहेर, मानवीय बनेर, निष्पक्षता देखाएर, स्वयं क्रियाशील बनेर, योग्यताप्रति सम्मान गरेर र उपयुक्त रहेरै उदाहरणीयता पुष्टि हुने हो । अरूको गल्ती देखाएर होइन, आफ्नो कार्यव्यवहारबाट नै कोही उदाहरण बन्न सक्छ ।

व्यावसायिक नैतिकताको अर्को पक्ष व्यावसायिक उपलब्धि बढाउनु हो । पदाधिकारी प्रश्नमा रहेर, लगातारको सुधारमा रहेर, आविष्कारमुखी भएर, सेवाग्राहीमैत्री प्रक्रिया अपनाएर, नीति दक्षता बढाएर, प्रशासनिक रोगविरुद्ध लडेर र सम्पादित कार्यको महत्व प्रमाणित गरेर नै सार्वजनिक प्रशासन नतिजामुखी बन्न सक्छ ।

सदाचार र नैतिक संस्कृति विकास गर्न पदाधिकारीको कार्यजिम्मेवारीको परिभाषा, कार्यसम्पदान सूचकको स्थापना, सेवा बडापत्र, नागरिक पृष्ठपोषण, प्रोत्साहन र मूल्यांकन प्रणाली र नागरिक दबाब जस्ता संयन्त्रहरू अपनाउने सामान्य प्रचलन छ। नागरिक चेतनाको स्तर, समाजको लोकतन्त्रीकरण र प्रविधिको प्रसारले पनि सार्वजनिक प्रशासनलाई नैतिक, व्यावसायिक र सदाचारी बनाउन बल पु¥याएका छन्। सर्वसाधारणले सरोकार राख्ने विषय भनेको सार्वजनिक सेवा वितरण हो। सेवा वितरणका खास मान्यता र सिद्धान्त छन्, जसलाई अवलम्बन गरेरै सार्वजनिक संस्थाहरू नैतिक बन्न र सेवाग्राहीको विश्वास जित्न सक्छन् ।

सार्वजनिक क्षेत्रमा नैतिक मूल्य र सदाचारलाई प्रवद्र्धन गर्न केही जरुरी छ । पहिलो त राजनीतिक तहको कठोर इच्छाशक्ति चाहिन्छ । उसैले समाजलाई दिशाबोध गर्ने हो, राज्य सञ्चालनका महत्वपूर्ण स्थानमा नैतिक र इमानदार व्यक्तिलाई उसैले स्थान दिने हो र असल नीति तथा मानकहरू उसैले स्थापना गर्ने हो । कार्यान्वयनयोग्य आचारसंहिता चाहिन्छ। आचार संहिता समग्र सार्वजनिक प्रणालीका लागि सामान्य र पेसागत समूहका लागि विशिष्टीकृत चाहिन्छ र यिनीहरूको निर्ममतापूर्वक कार्यान्वयन गरिनुपर्छ । 

तेस्रो पूर्वाधार पेसागत संरचनाहरू हुन्, जसले निरन्तर रूपमा व्यावसायिक नैतिकता बढाउन बल गर्न सक्छन्। चौथौ, आचरण समन्वय संयन्त्र चाहिन्छ, जसले संस्था तथा पदाधिकारीलाई नैतिक र सदाचारी बनाउन सहजीकरण, शिक्षा, सचेतना दिने गर्छ । पाँचौं महत्वपूर्ण पक्ष सहयोगी सार्वजनिक कार्यावस्था हो । स्वयम् प्रशासनको संस्कृतिले नस्विकारेसम्म औपचारिक एजेन्डालाई लुकेको एजेन्डाले परास्त गर्ने खतरा हुन्छ । 

छैटौं, पूर्वसक्रियता देखाउने दक्ष व्यवस्थापकीय नेतृत्व चाहिन्छ, जसले हरतरहले प्रणाली शुद्धीकरण गर्न र नैतिक मूल्यमान्यतालाई संस्थानीकरण गर्ने निरन्तर जागरुकता देखाओस्। सुधारलाई अभियानका रूपमा लिने वातावरण बनाओस्। सातौं, सक्रिय तर निष्पक्ष नागरिक समाज, जसले असल प्रणालीको समर्थन र प्रशासनिक खराबीलाई पहेरदारी गर्न सकोस् ।

केही वर्षअघिको विश्व सदाचार प्रतिवेदनमा उल्लेख भएअनुसार नेपालको इन्टिग्रिटी इन्डिकेटर स्कोरकार्ड कमजोर (१०० मा ६० भन्दा न्यून) देखिएको छ । सूचकांकका पक्षहरू (नागरिक समाज र सार्वजनिक जानकारी, निर्वाचन, सरकारी उत्तरदायित्व, प्रशासनिक सेवा, निगरानी संयन्त्र र विधिको शासन) मा प्रशासनिक सेवा सबैभन्दा कमजोर देखिएको थियो। संवैधानिक अंग र स्वायत्त निकायको प्रतिवेदन, आमसञ्चारका माध्यम र नागरिक समाजको पर्यवेक्षण, सेवाग्राहीबाट व्यक्ति भएका भावनाबाट पनि नेपालको सार्वजनिक प्रशासन नैतिकता र सदाचारको कठोर प्रश्नको सामना गरिरहेका छन् । 

प्रोएक्टिभ भएर केही निकायले गरेको सेवाग्राही सर्वेक्षण, एक्जिट पोल, सूचना परीक्षण र नागरिक विवेचनाबाट पनि नैतिक आचरणको स्थिति कमजोर देखिएको छ । सर्वसाधारणले सरोकार राख्ने विषय भनेको सार्वजनिक सेवा वितरण हो । सेवा वितरणका खास मान्यता र सिद्धान्त छन्, जसलाई अवलम्बन गरेरै सार्वजनिक संस्थाहरू नैतिक बन्न र सेवाग्राहीको विश्वास जित्न सक्छन् । 

जस्तो कि उपलब्ध सेवा सान्दर्भिक हुनुपर्छ, स्तरीय हुनुपर्छ, कम लागतमै उपलब्ध हुनुपर्छ, सेवा पूर्ण र पर्याप्त हुनुपर्छ, सेवाको पहुँच सहज हुनुपर्छ, सेवा वितरण निष्पक्ष हुनुपर्छ र यो समन्यायिक पनि हुनुपर्छ । सेवा प्राप्त गर्ने नागरिकको अधिकार र सेवा प्रदाताको दायित्व हो। तर मान्यता वा आचरण पूरा गर्ने सन्दर्भमा तजविजी अधिकारको प्रयोग, भ्रष्टाचार, नातावाद, प्रशासनिक गोपनीयता, सूचना चुहावट, सार्वजनिक अजवाफदेहिता, प्रशासनिक विकृति, विभाजित निष्ठा, कर्मचारीमा अतिवृत्तिवादी प्रवृत्ति, कार्यविधि मोह र जानकारीबाट पृथक् रहने बानीजस्ता नैतिकताका सवालहरू देखिएका छन् । सेवाग्राहीहरू प्रशासनिक सास्तीबाट मुक्ति खोजिरहेका छन् तर नेपाली समाज मूल्यहरूको संक्रमणमा छ ।

वतमान सन्र्दभमा लोभ, मोह र लालचका कारण बेथितिले पनि प्रश्रय पाउँदै आएको छ। यसर्थ क्रमिक रूपमा व्यक्तिगत तहमा आफूले गर्नुपर्ने काम कुन उचित र कुनचाहिँ अनुचित छट्ट्याउने, व्यावसायिक तहमा पेसागत मान्यता अवलम्बन गर्ने, संगठन तहमा कार्यमूलक संस्कृतिको विकास गर्ने र सामाजिक तहमा समुदायको चाख चाहनाप्रति संवेदनशील बन्ने बानी विकास गरेरै सार्वजनिक क्षेत्रलाई नैतिक र सदाचारी बनाउन सकिन्छ ।

राजनीतिक रूपमा टतस्थ, आर्थिक रूपमा सदाचारी, सामाजिक रूपमा नैतिक, पेसागत रूपमा व्यावसायिक कर्मचारी, जनप्रतिनिधि र सम्पूर्ण असल नागरिकनै राज्य प्रभावकारिता विस्तार गर्ने आधार हुन् । हाम्रो देशमा अहिले यिनै कुराको औधी माग भइरहेको छ, जसलाई सिद्ध गर्न राज्य संयन्त्रमाथि व्यापक दबाब परिरहेको छ । यही दवावलाई मध्यनजर गर्दा पनि सुशासन देशको निम्ति अनिवार्य छ भन्न सकिन्छ्र सबै व्यक्तिहरू सार्वजनिक ओहोदा लिनका लागि योग्य हुँदैनन् । 

सार्वजनिक जीवन निर्वाहका लागि सीप र दक्षता त चाहिन्छ नै । त्यति मात्र पर्याप्त हुँदैन। उ, नैतिक, इमानदार र सदाचारी पनि हुनुपर्छ । जिम्मेवारी लिने व्यक्तिहरू योग्य, इमानदार र जवाफदेही हुनुपर्छ । उसका हरेक व्यवहारले नैतिकता र औचित्यको पुष्टि गर्न सक्नुपर्छ, सर्वसाधारणको मन जितेको हुनुपर्छ। संगठनभित्र निष्ठाका साथै सामाजिक रहनसहन पनि सदाचारी हुनुपर्छ । 

जनताको सेवक भएकाले सर्वसाधारणसँग उसको प्रस्तुति मीठो र विनम्र हुनैपर्छ । अनुशासनहीन नेत्तृत्वले राज्य संचालन गरे सुशासन कायम हुन सक्दैन जसका कारण राज्य र जनताले दुख पाउँछ ।

सामान्य अर्थमा, सुशासन लाई राज्यको अशल, उम्दा, उत्कृष्ट, प्रतिष्ठित र समृद्ध शासकीय अभ्यास वा प्रणालीका रुपमा बुझिन्छ अर्थात सुशासन भनेको राजनीतिक र प्रशासनीक विकृति विनाको शासन हो । अर्को शव्दमा, जनमुखी शासन, प्रभावकारी सार्वजनिक सेवा, कानुनी राज्य, आर्थिक तथा भौतिक समृद्धि, जवाफदेहीता, पारदर्शीता, नागरिक अधिकारको प्रत्याभूति शान्ति सुव्यवस्था, सामाजिक प्रगति, सामाजिक एकीकरण लाई नै सुशासन रुपमा लिईन्छ ।

अझ बृहत अर्थमा भन्दा हरेक नागरिकको स्वतन्त्रता, समानता, निर्णय प्रक्रियामा सहभागिताजस्ता कुरामा समेत विशेष ख्याल गरेर शासन संचालनको प्रकृयामा संलग्न शासकीय पात्रहरुमा निहित शक्ति, अधिकार र दायित्वको प्रयोग नागरिक सन्तुष्टी सापेक्ष गर्ने शासकीय अभ्यास वा प्रणाली नै सुशासन हो तर यस्तो अपेक्षा सदाचार बिहिन कर्मचारी र राज्य संचालकबाट गर्न सकिन्न्र सुशासन कायम गर्न पनि राज्यले नागरिकमा सदचारिताको विकास गराउन अनिवार्य हुन्छ्र सुशासनका निम्ति कार्यपालिका, व्यवस्थापिका र  न्यायपालिकामा समेत सदाचार हुनु आवस्यक हुन्छ । 

त्यसैले सुशासनलाई प्राज्ञिक वा दार्शनिक विषय मात्र नभनी जनताले प्राप्त गर्न सक्ने वा अनुभूत गर्न सक्ने र शासकीय शक्तिको विवेक सम्मत प्रयोग हुने एउटा आदर्श शासकीय अवस्था भन्न सकिन्छ ।

सुशासनको मुख्य उद्देश्य जनतालाई उपलव्ध गराउने सेवा प्रवाहमा गुणस्तरियता र प्रभावकारीता बढाउनु हो ।सदचारिता, नैतिकता, अनुशासन र शान्ति सुरक्षा कायम गर्नु हो्र नागरिकहरुको क्षमता तथा सवलताका मार्गहरु प्रशस्त गर्ने तर्फ शासकीय अधिकारको प्रयोग गर्नुपर्ने कुराहरुमा यसले जोड दिन्छ । 

जनसहभागिता पूर्वानुमानियता, जवाफदेहिता र पारदर्शीता सुशासनका चार आधार स्तम्भ हुन् । यसको प्रमुख पूर्वाधारका रुपमा जनसहभागितालाई लिइन्छ तर नागरिक नै अनुशासनहीन र नैतिकताबिहिन भए राष्ट्रनिर्माणमा जनासभागिताको कल्पना गर्न पनि सकिन्न्र वास्तवमा सुशासन जनताको लागि नै भएको हुँदा शासन व्यवस्थामा जनताको व्यापक सहभागिता हुनपर्दछ जसबाट जनआकांक्षा अनुरुप सरकारी क्रियाकलाप अघि बढ्न सकुन् र प्रत्येक नागरिक एवम् सर्वसाधारण जनता सवैले आफ्नो योग्यता र प्रतिभाअनुरुप राष्ट्र निमार्णमा सहभागी भई योगदान दिन सकोस भन्ने यसको मुल मान्यता हो । 

यसबाट शासन व्यवस्थामा जनताको अपनत्व कायम हुन्छ ।सुशासन लोकतान्त्रिक सरकारको एउटा आधार स्तम्भ हो । यसले सार्वजनिक पदमा बस्ने व्यक्तिलाई आफ्नो कामप्रति जवाफदेही बनाउछ । त्यसैगरी पारदर्शीता र पूर्वानुमानियतालाई पनि सुशासन कायम गर्ने आधारभूत पक्ष मानिन्छ । पारदर्शीता र जबाफदेहीताले सरकारमा हुने खुल्लापन र मूल्यको त्यस्तो प्रणालीलाई बुझाउँछ जसले सरोकारवालाहरुको बीच सुचना र दायित्वका बाँडफाँडलाई प्रवर्द्धन गर्दछ ।

सुशासन र सदाचारिता भनेको प्रधान रुपमा व्यवहार हो । व्यवहारलाई धारणाले निर्देशित गर्छ। त्यसैले, धारणा परिवर्तन गर्न जरुरी छ । धारणामा परिवर्तन गर्न आत्मानुशासन, शिक्षा, कानुन, नीति नियम, दण्ड पुरस्कार, आध्यात्मिक चिन्तन र व्यवहारजस्ता पक्षहरूको प्रष्ट सैद्धान्तिक व्यवस्था र इमानदार व्यवहारिक अबलम्बन जरुरी छ ।

लोकतान्त्रिक शासन व्यवस्थाको सुदृधिकरणको लागि सुशासन अनिवार्य शर्त हो्र लोकतन्त्र र सुशासन एक अर्काका परिपूरक हुन्छ । लोकतन्त्रबिनाको सुशासन र सुशासनबिनाको लोकतन्त्रले देशको सर्वाङ्गीण विकासमा मद्धत पुग्दैन्र लोकतान्त्रिक अभियानलाई मजबुत बनाउन सन् १९९० पछि सुशासनको अवधारणा पनि व्यापक बन्न पुग्यो्र यी दुवै अवधारणालाई सँगसँगै अघि बढाएर मुलुकको सर्वाङ्गीण विकास हासिल गर्ने
सार्थक प्रयास भइरहेका छन् । 

सुशासनको अवधारणा मूलत राज्य संचालनका विविध पक्षमा हुनुपर्ने आमूल परिवर्तनसँग सम्बन्धित छ्र सुशासनको एक महत्वपूर्ण खम्बा सदचरिता भएकाले त्यसलाई हासिल गर्न सार्वजनिक क्षेत्रका सबै पदाधिकारी तथा कर्मचारीले देशको संबिधान, कानून र सम्बधित संस्थाको कार्यप्रकृति अनुरुपको आचरणको पूर्ण पालना गर्नुपर्ने हुन्छ्र संघिय संरचनामा सबै तहका व्यवस्थापिका, न्यायपालिका, कार्यपालिका तह र राज्य संचालनमा संलग्न सबैकिसिमका संस्थाका पधाधिकारी तथा कर्मचारीका लागि छुट्टै सदाचारका नियमहरु बनाइएको हुन्छ्र सदाचारका नियमहरु पालना नगर्नेउपर उपयुक्त कारवाहीको लागि कानूनी व्यवस्था पनि गरिएको हुन्छ्र यस्ता नियमहरुको पालना गर्नु, गराउनु सम्बद्ध सबैको कर्तव्य हो ।

विश्वका विभिन्न देशमा भएका अध्ययन अनुसन्धानहरूले के प्रमाणित गरेको छ भने सुशासनबिना कुनै पनि देशको आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक विकासका लक्ष्यहरू हासिल गर्न सकिँदैन। नेपालको संविधानले प्रधान रुपमा राखेको आकांक्षाहरू दिगो शान्ति, विकास, समृद्धि र सुशासन हो । यी चार आकांक्षामध्ये दिगो शान्ति, विकास र समृद्धि हासिल गर्न सुशासनबिना सम्भव छैन। त्यसैले, सुशासन साधन र साध्य दुबै हो। यसले गरिबी न्यूनीकरण गर्न सघाउ पुर्याउँछ, अधिकारमा मात्र होइन कर्तव्यप्रति पनि सचेत र जिम्मेवार बनाउँछ। राज्य व्यवस्थाप्रति जनताको विश्वास सिर्जना गर्न सघाउ पुर्याउँछ। दरिलो र अभिप्रेरित राज्य संरचना निर्माण गर्न सघाउ पुर्याउँछ । 

वास्तवमा सुशासनले राज्यका धेरै सकारात्मक परिणमहरूलाई निर्देशित गरेको हुन्छ। त्यसैले, सुशासन लोकतन्त्रको प्राणवायु हो। मानवअधिकार मापनको पारो हो। सभ्य, समतामुलक र न्यायपूर्ण समाज निर्माणको आधार हो। यसको निम्ति राज्यका नागरिक, कर्मचारी र राज्य संचालकमा सदचारिता हुनु अनिवार्य छ्र सदचारिता बिना सुशासन कायम हुन सक्दैन ।

विभिन्न धारणा, व्यवहार एवम् निष्कर्षलाई विश्लेषण गरेर सुशासनका साझा विशेषताहरू अगाडि सारे पनि विकसित र विकासोन्मुख देशहरूको सुशासनका एजेण्डा फरक–फरक हुन्छन्। संयुक्त राष्ट्रसंघले सहभागिता, सहमति उन्मुख पद्धति, उत्तरदायित्व, जवाफदेखित, पारदर्शीता, प्रभावकारी तथा सक्षम, समतामुलक र समावेशी तथा कानुनी शासनको अनुपालन गरी आठ ओटा विषयलाई सुशासनका साझा विशेषताका रुपमा उल्लेख गरेको छ। हामीले पश्चिमा देशहरूको सुशासनको कार्यसूचीलाई नै जस्ताको तस्तै अनुशरण गरेर अगाडि बढ्न हुँदैन। हामीले आफ्नो सन्दर्भको बारेमा अध्ययन तथा अनुसन्धान गर्ने एवम् हाम्रो आफ्नो क्षमता, सामर्थ्य, निकाय, विवेक, प्रविधि, परिस्थितिका आधारमा सुशासनको आफ्नै मौलिक कार्यसूची र प्राथमिकता निर्धारण गर्न आवश्यक छ ।

नेपालको संविधानले सार्वजनिक प्रशासनलाई स्वच्छ, सक्षम, निष्पक्ष, पारदर्शी, भ्रष्टाचार मुक्त, जनउत्तरदायी र सहभागितामूलक बनाउँदै राज्यबाट प्राप्त हुने सेवा सुविधामा जनताको समान र सहज पहुँच सुनिश्चित गरी सुशासनको प्रत्याभूति गर्ने नीति अवलम्बन गर्ने नीति अवलम्बन गरिने कुरा उल्लेख गरिएको छ । चालु चौधौँ योजनाले शासकीय सुधार अन्तर्गत प्रशासकीय सुशासन, वित्तीय सुशासन, भ्रष्ट्राचार नियन्त्रण आदि विभिन्न शीर्षकमा कर्मचारीलाई स्वच्छ, जनमुखी, उत्तरदायी, पारदर्शी, सदाचारयुक्त र भ्रष्ट्राचारमुक्त बनाउनको लागि लिइने विभिन्न रणनीति, कार्यनीतिहरू उल्लेख गरिएको छ । 

सदाचारयुक्त पद्धतिलाई संस्थागत गर्दै सभ्य समाज निर्माण गर्न राष्ट्रिय सदाचार नीति, २०७४, नेपालमा सार्वजनिक प्रशासनमा सदाचार र नैतिकताको स्थापना र अभ्यास गर्न सुशासन ऐन, २०६४, निजामती सेवा ऐन, २०४९ र नियमावली, २०५०, निजामती कर्मचारीको आचार सम्बन्धी नियमावली, २०६५ , राष्ट्र सेवकहरूको आचार संहिता, २०६८, सूचनाको हक सम्बन्धि ऐन, २०६४, अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लगायतका विभिन्न ऐन, नियम, निर्देशिका निर्माण गरी कार्यान्वयनमा ल्याइएको छ्र ।

सरोकारवालाको सहभागिता बिनानै आचार संहिता निर्माण गर्ने र त्यसको आवश्यकता अनुसार संचार नगर्ने, आचार संहितामा अव्यवहारिक कुराहरु राख्ने, राजनैतिक तथा प्रशासनिक नेत्तृत्व नैतिकवान तथा आदर्शवान्टेड हुन नसक्ने, दण्ड, पुरस्कार सम्बन्धि प्रभावकारी व्यवस्था नहुने जस्ता कुराहरु सदाचार कायम गर्नका लागि चुनौती हुन भने राज्यका सबै अङ्गबीच सन्तुलन कायम गर्न नसक्नु, लोकतान्त्रिक संस्कारको विकास गर्न नसक्नु, निजि क्षेत्र, गैर सरकारी संस्थादेखि लिएर नागरिक समाजसँग साझेदारी कायम गर्न नसक्नु,प्रशासनिक क्षेत्रको सुधार गर्न नसक्नु, विकासका लागि अनुकुल वातावरणको सिर्जना गर्न नसक्नु, मानव अधिकार संरक्षण, भ्रस्टाचार नियन्त्रण गर्न नसक्नु जस्ता कुराहरु नेपालमा सुशासनका लागि चुनौतीका विषयहरु रहेका छन् ।

सदाचार र सुशासन कुनै प्राकृतिक समस्या होइनन् यी मानव समाजबाट सिर्जित समस्या हुन््र त्यसैले यसको समधानपनि हामी सबै तह र तप्काका मानिसहरु मिलेर गर्नुपर्छ जसका लागि शिक्षा र चेतनाका लहरहरु हरेक बस्ती बस्तीमा पुर्याउन सक्नुपर्छ्र त्यसैले अहिले देखिएको सीमित व्यक्तिको रुचि र स्वार्थप्रधान कार्यशैलीमा परिवर्तन गरि राष्ट्र र जनताको बृहत र हितमा केन्द्रित हुने व्यवहार विशेष रुपमा राजनीतिकर्मी, राष्ट्रसेवक कर्मचारी र निजी क्षेत्रमा आवस्यक छ्र लोकतान्त्रिक संस्कार र पद्धतिलाई व्यवहारमा आत्मसाथ गने इमान्दार, राजनीतिक प्रयत्न आवश्यक छ न कि ओठे प्रतिबद्धता्र राजनीतिकर्मी राष्ट्रसेवक कर्मचारी र निजी क्षेत्रले जति धेरै अनुशासन पालना गरे, सदाचारी बने र कर्तव्य निर्बाह गरे त्यति सजिलै सुशासन कायम हुन्छ र राष्ट्र निर्माणमा सहयोग पुग्छ्र ।

भू–राजनीति र आन्तरिक कचिंगलको सही रुपमा व्यवस्थापन गर्दै उपलब्ध स्रोत, साधन र सम्भावनाहरूलाई आदर्शतम् उपयोग गर्न राजनीतिक शक्तिहरू एउटै कित्तामा उभिएर काम गर्ने संस्कारको विकास गर्न आवश्यक छ। कर्मचारीतन्त्रमा सेवक, व्यवस्थापक र सहजकर्ताको भावना र क्षमता आवश्यक पर्दछ। निजी क्षेत्रमा देखिएको गैरजिम्मेवार र नाफाखोर प्रवृत्तिमा अबिलम्ब सुधार हुनु पर्दछ। विद्यमान सामाजिक, जैविक, वैचारिक, क्षेत्रीय विविधता सम्बद्ध सवालहरूको सही व्यवस्थापन तथा समाधानमा राजनीतिक दल, कर्मचारीतन्त्र, नागरिक समाज सहयोगी, उदार र जिम्मेवार हुनुपर्दछ। व्यक्तिगत लाभ, लोकप्रियता, रुची, स्वार्थीपनलाई त्यागी राष्ट्र र जनताप्रति जिम्मेवार नबन्दासम्म सुशासन सम्भव छैन।

हाम्रो देशमा भएको युगान्तकारी परिवर्तन सँगसँगै आम जनतालाई परिवर्तनको अनुभूति दिलाउने गरी विद्यमान संरचना , नियम, कानुन परिवर्तन गरेका छौँ तर हाम्रा संस्कार, कार्यशैली, आचरण र व्यवहारमा रूपान्तरण गर्न नसक्दा आम जनतामा निराशा उत्पन्न भएको छ । फलस्वरूप आम जनताको प्रशासन संयन्त्रप्रति मात्र होइन सिङ्गो शासन व्यवस्थाप्रति नै वितृष्णा बढ्दै गएको देखिएकोले माथि उल्लेख गरिएका लगायतका सुझावहरूलाई ग्रहण गर्दै सार्वजनिक प्रशासनलाई सदाचारयुक्त, भ्रष्ट्राचारमुक्त र नैतिकवान बनाई सुशासन कायम गर्नु आजको टड्कारो आवश्यकता हो । 

यसो गर्न सके मात्र जनतामा परिवर्तनको प्रत्यक्ष अनुभूति हुनेछ र समृद्ध नेपाल र सुखी नेपाली निर्माण गर्ने दिशातर्फको हाम्रो यात्रा सही गन्तव्यतर्फ अघि बढ्ने छ ।
नैतिक आचरणको सिद्धान्तहरू
नैतिक व्यवहार सिद्धान्तहरूको सेटबाट बनेको छ, जुन तल उल्लेख गरिएको छः
१.पारदर्शिताको सिद्दान्त
यो नैतिक आचरणको एक सिद्धान्त हो जुन इमान्दारीसँग जोडिएको छ। यो निर्णय लिँदा पक्षपाती नहुनु समावेश गर्दछ। एक नैतिक व्यवहार गर्न भावनाहरु लाई पन्छाउनु आवश्यक छ, किनकि उनीहरु नैतिकताबाट विचलित हुन सक्छन्।
२.सम्मानको सिद्दान्त
आदर शिष्टाचार कार्यद्वारा गठन गरिन्छ जुन व्यक्ति बीच अवस्थित हुन्छ। यो सिद्धान्त मानव सहवासका लागि आधारभूत छ।
३.जिम्मेवारीको सिद्दान्त
नैतिक आचरणको एक सिद्धान्तको रूपमा उत्तरदायित्व कार्यहरूको लागि जिम्मेवार हुनु र सबै प्रतिबद्धताहरू र दायित्वहरूको पालनाको तथ्यलाई जनाउँछ।
उदाहरण को लागी, डाक्टरहरु उनीहरु को लागी देखेका हरेक बिरामी को जीवन को लागी जिम्मेवार छन्। यस कारणका लागि, तिनीहरूले कुनै पनि असुविधाको स्थितिमा तिनीहरूको कार्यहरूको लागि जवाफ दिनुपर्दछ।
४.अखण्डताको सिद्दान्त
यो नैतिक आचरणको एक सिद्धान्त हो जसले स्थापित गर्दछ कि व्यक्तिहरू इमान्दार हुनुपर्दछ र सही गर्नु पर्छ।
५.समानताको सिद्दान्त
यो समताम्य सम्बन्ध हो जुन सम्पूर्णको बराबर भागहरूका बीचमा हुन्छ। अब जब हामी समानतालाई नैतिक आचरणको एक सिद्धान्तको रूपमा बोल्छौं, यसको मतलब स्थापना गरिएको लक्ष्यहरू प्राप्त गर्न सबै मानिससँग समान अवसरहरू हुनुपर्दछ।
६.अनुकम्पाको सिद्दान्त
यस सिद्धान्तलाई दया वा भावशून्यताद्वारा प्रतिनिधित्व गर्दछ जुन अरू मानिसहरूलाई असर गर्ने रोगहरू वा दुर्भाग्यहरूप्रति।
नैतिक आचरण र यसले ल्याउने परिवर्तन
नैतिकता मानवीय आचरण र व्यवहारलाई चिनारी दिने महत्वपूर्ण आधार हो । यही नैतिकताले मानवीय सोच र चिन्तनलाई सामाजिक धरातलमा मर्यादाअनुकुल जीवन जिउने वातावरण बनाउँछ । त्यसैले जीवनको हरेक कर्म र व्यवहारमा सामाजिक सद्भाव अनुकूल आचरण र व्यवहार गरी सामाजिक नैतिकता अच्छुन्न राख्नेतर्फ सबैको ध्यान केन्द्रित हुनु पर्छ ।

नैतिक आचरण नै जीवनको महत्वपूर्ण पक्ष हो । नैतिकताले नै मानिसलाई उच्च मूल्यांकन हुने अवसरको सिर्जना गर्दछ । त्यसको लागि मनबाट उब्जने प्रशन्नताले ल्याउने अनुभूतिलाई सकारात्मक चिन्तनतर्फ ध्यान आकृष्ट गर्ने प्रवृत्तिको विकास गर्ने अभ्यास गरिरहनु पर्छ । मनले इच्छाएको कर्मलाई मनको पवित्रतासँगै उजागर हुने नैतिक आचरण र कर्ममा विश्वास बढाउनु पर्छ ।

यसको लागि जस्तोसुकै कठिन परिस्थिति पर्दा पनि धैर्य र सहनशील भई मनलाई स्थिर राखी मनमा आउनसक्ने कलुषित विचारलाई हटाउनेतर्फ सधैँ सचेत रहनु पर्छ । मन नपरेको र गर्न नहुने कर्मतर्फ मनलाई जबर्जस्ती स्वीकार्ने वातावरण बनाउनु हुँदैन । खुशी बाँड्न सके धेरै उत्तम हुन्छ । यदि खुशी बाँड्न सकिएन भने पनि आफूभित्रको पवित्र मन सधैँ खुशी र उमंग राख्न नैतिक आचरण र चरित्रलाई एकाकार गरी वाह्य आवरणमा देखाउने अभ्यास गरिरहनु पर्छ । नैतिकता मानवलाई उसको आचरणको मूल्यांकन गर्ने बलियो आधार पनि हो ।

हामी कसैलाई प्रेम गर्छौँ र अझ बढी त्यसप्रति आशक्ति जगाउँछौँ भने त्यसले कहिल्यै तृप्ति दिँदैन । किनकि मानव चाहना एकपछि अर्को गर्दै बढिरहेको हुन्छ । यही तृप्तिको चाहनाभित्र रुमलिँदै जाने हो भने मानिस सधैँ अपवित्रतातर्फ उन्मुख भइरहने अवस्था सिर्जना हुन पुग्छ । इच्छासँगै प्राप्तिको अभिलाषा बढ्नु भनेको सत्यबाट विचलित भई असत्यतर्फ आकृष्ट हुनु हो ।

मनमा लागेको गर्ने मानवीय स्वभाव तथा आफूभित्र जागृत इच्छा प्राप्ति गर्नु कुनै अव्यावहारिक पक्ष होइन । इच्छा प्राप्ति सबैको चाहना पनि हो । तर पनि चाहना हुँदैमा सामाजिक मर्यादा र आफ्नो जिम्मेवारीलाई स्वार्थपरक चिन्तनतर्फ प्रवाह हुने गरी आचरण र व्यवहारलाई कहिल्यै प्रदर्शन गर्नु हुँदैन । यसले नैतिकतामा प्रश्न उठाउन सक्छ । तसर्थ, यसको लागि सकारात्मक भाव जागृत हुने र समाजमा नयाँ परिस्थिति ल्याउने सोच र चिन्तनलाई आफ्नो इच्छा र चाहनाको सेरोफेरोमा कुशलतापूर्वक प्रदर्शन गर्नसक्ने मानवीय चरित्र हुनुपर्छ ।

आफ्नो निहित स्वार्थ परिपूर्ति हुने इच्छाले देखाइने शक्ति प्रदर्शनले आफूलाई अधोगतितिर लैजाने यथार्थलाई कदापि भुल्नु हुँदैन । बरु यसो नगरी आफ्नो स्वभाव र कर्ममा परिवर्तन गरी सामाजिक सत्यभित्रको धरातलमा आफूलाई अमरत्व बनाउने चरित्रतर्फ आफू प्रवृष्ट हुनु पर्छ । आफूभित्र बढिरहने इच्छाको समाप्ति नहुने शक्तिलाई बुझी विगतमा आफूबाट भए गरेका कर्मले ल्याएको परिवर्तन र अनुभवको आधारमा आगामी जीवनको लागि चिन्तन गर्न जरुरी हुन्छ ।

जीवनमा आइपर्ने सबै कर्मलाई सत्यको परिभाषाबाट परिभाषित हुने कर्म र व्यवहार गर्दै क्षणिक सुख र आनन्दले ल्याउने भावि दुष्परिणामको समयमै आँकलन गर्नसक्ने हुनु पर्छ । मन र मनबाट उब्जने विचारशक्तिलाई नैतिक चरित्रतर्फ उत्प्रेरित हुने अवसरको सिर्जना गरिरहनु पर्छ । नैतिक आचरणले अवलम्बन गर्ने सही दिशाबोधतर्फ जब मन आकृष्ट हुन पुग्छ तब त्यहाँ मानवीय स्वभावमा देखिने चरित्र स्वच्छ र शुद्ध रहने अवस्था देखापर्न थाल्छ । त्यस अवस्थामा मानव आचरणले अवलम्बन गर्ने कर्म र व्यवहारमा शुद्धता आई मानिस स्वयम् नैतिकवान् बन्न पुग्छ । 
उसको नियत पनि हरहमेसा स्वच्छ र पवित्रतातर्फ उत्प्रेरित भइरहन्छ । त्यसैले त्यस कुराको ख्याल राख्नु जरुरी छ । नैतिक चरित्रले ल्याउने परिवर्तित सत्य भनेको मानिसको मन, विचार, कर्म र वचनमा शुद्धता प्रदर्शन हुनु हो । यस्तो अवस्था देखापर्नु भनेको कुनै पनि समस्याले मानिस अत्तालिनु नपर्ने स्थिति देखापर्नु हो । जब मानवीय स्वभावमा सत्यताको अनुभूति हुने स्थिति आउँछ तब चिन्तनमा शुद्धता आई कर्ममा नैतिक शुद्धता देखापर्न थाल्छ ।

समस्याको कारणले उत्पन्न हुने परिस्थितिको समयर्मै आँकलन गरी समस्या अरुबाट नभई आफैबाट आफ्नै इच्छा र महत्वाकांक्षाले ल्याउने परिस्थिति हो भन्ने बुझी आफूलाई नैतिक आचरणतर्फ परिचालन गर्ने वातावरण बनाउनु पर्छ । जब समस्यालाई समस्याको रुपमा हेरिँदैन तब त्यहाँ दुःख भन्ने वस्तु नै हुँदैन । जब दुःख र सुख अनुभूति हुने वातावरण बन्दैन सदावहार बसन्त भइरहन्छ ।

तब आत्मा सधैँ स्वच्छ र पवित्र भई सृष्टिको इतिहासले सिर्जना गरेको नीति र नैतिकतातर्फ चरित्र प्रवाहित भइरहन्छ । त्यसैले स्थिर र सत्य कर्मभित्रको दृढइच्छाशक्तिको माध्यम जीवनलाई सरल र सहज अवतरणतर्फ गतिशील बनाउन शुद्ध आचरणले आफूलाई परिपोषित गर्नु पर्छ । आचरणले मानवीय व्यवहारमा देखिने अप्ठेरो परिस्थितिलाई यो संयोग हो भन्ने बुझी अघि बढ्ने सामथ्र्य प्रदान गर्दछ । यही नै नैतिक चरित्र हो । यही नैतिकताले मानिसको स्वभाव र कर्ममा सफा र शुद्ध नियति प्रदर्शन हुन पुग्दछ ।

त्यसैले आफूभित्रको इमानदार सत्य तथा संवेदना र ताकतको मूल्यांकन गरी अरुप्रति देखापर्ने कलुषित विचार, धारणा र दृष्टिकोणलाई यो अहंकार हो भन्ने ठानी दया र करुणाले भरिएको आचरण प्रदर्शन गर्ने क्षमताको विकास गर्नु पर्छ । भौतिक जगतमा स्वार्थले ल्याउने विलाषिता, भ्रमपूर्ण र क्षणिक भावावेश हो भन्ने ठानी डाहा र इष्र्यालाई मनभित्र उब्जनै नदिनेतर्फ ध्यान केन्द्रित गरिरहनु पर्छ । 
जसलाई देख्दा वा जसको स्मरण गर्दा डाहा उत्पन्न हुने परिस्थिति हुन्छ त्यसतर्फ ध्यानै नदिई सोचमा रुपान्तरण गरी ऊ र आफू एउटै सिक्काको दुई पाटा हौँ भन्ने चिन्तनतर्फ सोच बढाउनु पर्छ । यसको लागि एकअर्काप्रतिको भरोषा राख्दै सौदामा होइन श्रद्धामा आफूलाई प्रदर्शन गर्नु पर्छ ।

आत्मविश्वासका साथ स्वभाव र विचारमा स्वच्छता ल्याई सकारात्मक गोरेटोतर्फ विश्वास जगाइराख्नु पर्छ । जहाँ स्वच्छता र विश्वास हुन्छ त्यहाँ श्रद्धा र समर्पणभाव स्वतः जागृत हुन्छ । त्यसैले मिथ्या अभिमान र म सबै हुँ भन्ने दम्भलाई तिलाञ्जली दिई मेरो सबै र सबै मेरा भन्ने चिन्तन बढाई आफूलाई नैतिक चरित्रवान बनाउनु पर्छ । तब मात्र जीवनले नयाँ इतिहास सिर्जना गर्न सक्छ र जीवन सफल हुन्छ । यो वर्तमानले खोजेको चिन्तन हो ।

नैतिकताको मूल आधार
लोकाचार, समयाचार, देशाचार या रीतिरिवाज कर्मकाण्ड विधि आचरण या अनुशासन जस्ता सद्गुणबाट नैतिकताको जन्म हुँदैन, अपितु नैतिकवान व्यक्तिबाट सहज रूपमा यी सद्गुणको जन्म र विवेकपूर्ण प्रयोगचाहिँं हुन्छ । लोकाचार एउटा देश र एउटा समयमा ठिक मानिन्छ, त्यही अर्को देश या समयमा गलत मानिन्छ । त्यसकारण मूल नैतिकता अलग विषय हो भने देशाचार, लोकाचार र समयाचारद्वारा स्थापित या आरोपित मान्य या अमान्य व्यवहार या शिष्टता अलग विषय हुन् । यी तथ्यहरूको विश्लेषणबाट नैतिकताका तीन मुख्य आधार भेटिन्छन । 

१. सामाजिक आधार

व्यक्ति–व्यक्ति मिलेर समाज बन्ने भएकाले समाजमा धेरै विषयको कार्य भइरहेको हुन्छ र यो लगभग पूर्ण हुन्छ । एउटा व्यक्तिमा विविध क्षमता र प्रतिभा हुन सक्छन्, तर कुनै पनि व्यक्तिले आफ्ना सबै क्षमता एवं प्रतिभालाई प्रकटीकरण गरेर प्रयोग गर्नु प्रायः असम्भव हुन्छ । त्यसकारण प्रत्येक व्यक्तिले आफूमा निहित मूल क्षमता तथा प्रतिभा पहिचान गरेर तदनुरूपको भूमिका निर्वाह गरेको हुन्छ, जसको फलस्वरूप एउटा व्यक्तिका सम्पूर्ण शारीरिक एवं मानसिक आवश्यकता समाजले पूर्ति गरेको हुन्छ या पूर्ति गर्ने राजनीतिक आश्वासन दिएको हुन्छ ।

जसरी पूर्ण स्वस्थ मानव शरीर विभिन्न मानव अंगको स्वभावगत पूर्ण क्रिया एवं तिनको गहिरो सहकार्य अथवा कर्मबाट मात्र सम्भव हुन्छ, त्यसैगरी एउटा स्वस्थ समाजका लागि समाजका अंगहरू जस्तै– व्यापार–व्यवसायी, राष्ट्रसेवक, सुरक्षाकर्मी, कृषक, वकिल, चिकित्सक, पत्रकार, समाजसेवी, दार्शनिक, चिन्तक, लेखक, राजनीतिज्ञ आदिको स्वभावगत पूर्ण कर्म आवश्यक हुन्छ । हाम्रो शरीरमा कुनै एक अंगले ठिकसँग काम गरेन भने सम्पूर्ण शरीरको स्वास्थ्यमा नकारात्मक प्रभाव पर्छ, त्यसैगरी समाजमा रहेका कुनै एक व्यक्तिले आफ्नो कर्म या व्यक्तिगत भूमिका ठिकसँग पूरा गरेन भने त्यसको नकारात्मक प्रभाव सम्पूर्ण समाजमा पर्छ । यसको अर्थ मेरो सुख, सुविधा, शान्ति र समृद्धि समाजमा रहेका प्रत्येक व्यक्तिको सकारात्मक कर्मफल रहेछ भन्ने यथार्थ बोधबाट उत्पन्न कृतज्ञता भावलाई आत्मसात गर्दै आफ्नो सामाजिक र व्यावसायिक इमानदार भूमिकाको गहनतम कर्तव्यबोध नै नैतिकताको सामाजिक आधार हो ।

२.भौतिक आधार
जब हाम्रो आन्तरिक नैतिक मन बाहिरी रूपमा एउटा दैहिक तथा भौतिक जीवन अख्तियार गरेर बाँच्छ, तब त्यो भौतिक जीवनको निर्वाह प्रकृतिका भौतिक सम्पदाहरू तथा क्रियाकलापबाट मात्र सम्भव हुन्छ । यसको अर्थ हो, हाम्रो भौतिक जीवन प्रकृतिप्रदत्त संसाधन तथा कर्मबाट हुन्छ । प्रकृतिभित्र त्यसका विभिन्न अवयवको गहन र स्वाभाविक अन्तरक्रिया चक्रको रूपमा चलिरहेको छ । आध्यात्ममा यसैलाई यज्ञ भनिन्छ । यज्ञ तत्त्वलाई नबुझिकन नैतिकतालाई नत बुझ्न सकिन्छ, न आत्मसात गर्न नै ।

दुर्भाग्य, आज यज्ञको मूल अर्थ लुप्त भएको छ । मन्त्रोच्चारणपूर्वक अग्निमा हव्य सामग्री होम गर्नुलाई मात्र हामी यज्ञ ठान्छांै । तर यज्ञ त यो सम्पूर्ण सृष्टिचक्रको सहज लीला प्रक्रिया हो, जसमा सूर्य, चन्द्रमा, तारा, नक्षत्र, समुद्र, बादल, वर्षा, वनस्पति, पशुपन्क्षी, किरा–फट्यांग्रा, मानिस, जलचर, थलचर, नवचर सबैले आ–आफ्ना स्वभावजन्य कर्माहुति निरन्तर अर्पित गरिरहेका छन् ।

यस्तो यज्ञबाट सम्पूर्ण सृष्टिको उद्भव, पालन तथा संहार सम्भव भएको छ । एउटा स्थान विशेषमा अग्नि प्रज्वलित गरी मन्त्रोच्चारणपूर्वक हव्य सामग्री हवन गर्नु त्यो शाश्वत एवं सर्वव्यापक सहज स्वचालित यज्ञचक्रको एउटा प्रतिकात्मक अभ्यास मात्र हो । त्यो पूर्ण अथवा वास्तविक यज्ञ हैन । वास्तविक यज्ञ त यो विराट सृष्टि लीलाचक्रमा आफ्नो योगदानको आवश्यकता बुझ्नु र उसमा आफ्नो विशिष्ट भूमिका आत्मसात् गर्नु अनि त्यो भूमिका शतप्रतिशत पूरा गर्नुमा निहित हुन्छ । किनभने हाम्रो जीवनको उदय, अस्तित्व तथा अवसान यसै चक्र अन्तर्गत मात्र सम्भव छ ।

यसकारण हामी यो यज्ञचक्रप्रति ऋणी छांै र सदा कृतज्ञ रहनुपर्छ । यो लीलाचक्रप्रति हाम्रो ऋणीभाव अथवा कृतज्ञताभाव नै हाम्रो नैतिकताको भौतिक आधार हो । यो यज्ञचक्रबाट निरन्तर केही न केही लिएर मात्र बाँचेका हुन्छौं र आफ्नो विकास पनि यसैबाट गरेका हुन्छौं । अतः यो सृष्टिचक्र ब्रह्मयज्ञ अथवा यज्ञचक्रमा आफ्नो भूमिका ठिकसँग चिन्नु र आफ्नो भूमिका निष्ठापूर्वक पूरा गर्नु नै मूल नैतिकता हो । किनभने जहाँ हामीमध्ये कुनै एउटाले मात्र यो विराट सृष्टिको लीलाचक्रमा आफ्नो भूमिका निर्वाह गरेन, त्यहीँ यो सृष्टि लीलाचक्रमा विघ्नबाधा, विकृति या व्यवधान उत्पन्न हुन्छ, जसको दुष्प्रभाव समस्त विराट सृष्टिचक्रले अथवा हामीले भोग्नुपर्छ । यो सृष्टिमा हामीले पु¥याएको व्यवधान हामीतिरै फर्कन्छ र हाम्रो जीवनलाई अस्तव्यस्त बनाउँछ । यसकारण नैतिकताको ध्येय तथा अर्थ परोपकार तथा उदारता मात्र हैन, नैतिकता गहिरो आत्मरक्षा तथा निज हित साधनाको पनि सर्वश्रेष्ठ उपाय हो ।

३.आध्यात्मिक आधार
मूल नैतिकता भनेको हामीभित्र लुकेर बसेको आत्माको स्वच्छता, स्वास्थ्य या उसको पवित्रतालाई सदैव कायम राख्नु हो । नैतिकताको प्रारम्भ एउटा विशिष्ट समझबाट सुरु हुन्छ कि म शारीरिक अथवा भौतिक जीवनमात्र बाँचिरहेको छैन, मभित्र एक आन्तरिक आत्माको जीवन समानान्तर रूपमा चलिरहेको छ । त्यो आन्तरिक जीवनको रक्षा तबमात्र हुन्छ, जब हाम्रो बाह्य व्यवहार पनि आन्तरिक चेतनाको प्रतिविम्बको रूपमा नैतिक बन्छ । एउटा नैतिक मानिसले आफ्नो सूक्ष्म आन्तरिक जीवनको शान्ति, स्वच्छता, स्वास्थ्य तथा पवित्रताको लागि भौतिक जीवनमा पनि त्याग, तपस्या, सेवा र साधना गर्नुपर्ने हुन्छ । हामीभित्र जुन आत्मा छ, उसको प्रतिति अलग–अलग शरीरमा अलग–अलग हुन्छ । तर जुन मूल आत्माको प्रतिति आफूभित्र हुन्छ, त्यो मूल आत्मा अलग–अलग शरीरमा अलग–अलग हैन कि सबैका आत्मा बीचमा एउटा मौलिक या तात्त्विक एकताको सूत्रको रूपमा हुन्छ । जसरी बलिरहेका दीयोहरू जतिवटा भए पनि, मधुरो या चहकिलो जसरी बले पनि बलेको चाहिँ तेल नै हुन्छ, त्यसैगरी शरीरहरू जति भए पनि जुनसुकै आकार–प्रकारका भए पनि एउटै परमात्मा–चेतनाले सञ्चालित हुन्छ । यो आत्मबोधबाट आफू र समष्टिप्रति गहिरो प्रेम एवं समत्वभावको जन्म हुन्छ । यो प्रेम एवं समत्वभाव नै मूल नैतिकता हो ।

नैतिकताका मुख्य तीन आधार हाम्रो जीवनमा जताततै स्पष्ट देखिन्छन् । पहिलो, हाम्रो भौतिक जीवनभित्र एउटा समानान्तर आन्तरिक आत्मिक जीवन निरन्तर सञ्चालित छ । दोस्रो, त्यो आन्तरिक जीवन नै मूल जीवन हो । त्यही शाश्वत तथा साध्य जीवन हो । बाहिरी जीवन त त्यो जीवनको अस्थायी साधनमात्र हो । तेस्रो, त्यो आन्तरिक जीवनमा हामी सबै नै मौलिक रूपमा एउटै छौं, भिन्न या असमान छैनौं । हामी सबैभित्र एउटै तत्व छ, जो अभिन्न छ । त्यो भित्री आत्मा नै हाम्रो मूल जीवन हो र त्यसैलाई एकताको आधार मानेर गरिने व्यवहार सहज रूपमै नैतिक हुन्छन् । साथै सुख, प्रसन्नता र आनन्दको उत्पत्ति पनि यहींबाटै हुन्छ । यो नै नैतिकताको मूल अर्थात् आध्यात्मिक आधार हो । अब आफैलाई सोध्ने र हेर्ने बेला आएको छ कि नैतिकताको यो कसीमा मेरो जीवन कहाँनेर उभिएको छ । 
सदाचारको नीति, संरचना लागू गर्न विगत पाँच वर्षदेखि सदाचार नीति ल्याउने तयारी गरे पनि त्यसलाई मूर्तता दिई घोषणा गरिएको छैन । विडम्बना ! सदाचार र नैतिक आचरणका विषयमा अध्ययन, पैरवी र शिक्षा दिनेहरू पनि सदाचारमा बाँधिन चाहिरहेका छैनन् ।

सार्वजनिक संस्था बाँच्ने र विश्वास आर्जन गर्ने आधार नै इमानदारिता र सदाचार हुन् । यी दुई गुण नभएमा सार्वजनिक संस्था हुनु र नहुनुको कुनै अर्थ रहँदैन । संस्थाका पात्रहरू जति सदाचारी भए, त्यसैको सापेक्षमा संस्थाहरू बलिया हुन्छन्, सुशासनको अभिष्ट पूरा हुने आधार बन्छ । संस्थाको संस्थागत चरित्र, आदर्श हुनुपर्छ । ती बृहत् मानवीय मूल्यबाट निर्देशित हुनुपर्छ । अहिले सार्वजनिक पदाधिकारीहरू कानुनले तोकिदिएको काम र आचरण पनि पूरा गर्दैनन्, नैतिक आदर्श र सामाजिक अपेक्षा पूरा गर्नु त परको कुरा । 

पदाधिकारीहरू भ्रष्टाचार नियन्त्रण गरेर सदाचार कायम गर्ने भन्ने गर्छन्, सदाचारी भएर भ्रष्टाचारलगायत नराम्रा गतिविधि नै आउन नदिने, व्यावसायिक निष्ठा राख्ने कुरै गर्दैनन् । भ्रष्टाचार पनि अरूको, मन नपरेका मानिसको मात्र देख्छन्, जिम्मेवारीमा रहँदा पूरा गर्नुपर्ने सामान्य दायित्व पनि पूरा गर्दैनन् । उनीहरू शक्ति र अहंमा निष्ठुरता देखाउँछन् । यस अवस्थामा आत्मशुद्धि र सदाचार कायम गर्नु निकै कठिन काम हो । मानव सभ्यता, समाज व्यवस्था र राज्यप्रणाली व्यवस्थित गर्ने नैतिक शक्ति सदाचार मात्रै हो । अरूले गरेको कामलाई राम्रो–नराम्रो छुट्याउन, उचित काम गर्न, उचित मत÷अभिमत दिन, सही व्यवहार गर्न आत्मिक शुद्धता चाहिन्छ । कानुन, नीति, संरचना र संगठन मात्र सदाचार कायम गर्न पर्याप्त छैनन्, तर तिनले केही आधार भने जरुर दिन्छन् ।सदाचार र नैतिक आचरणका विषयमा अध्ययन, पैरवी र शिक्षा दिनेहरू पनि सदाचारमा बाँधिन चाहिरहेका छैनन् ।

 
अहिले नेपाली समाजमा चाहिएको विषय नै सदाचार र सुशासन हो । सदाचार र सुशासन एक–अर्कामा अन्तर–आबद्धित छन् । सार्वजनिक संस्थाहरू समाजलाई व्यवस्थित गर्न सिर्जना भएका हुन् । संस्थाको नेतृत्व पनि समाजमा असल आचरण स्थापित गरी संस्कार र सभ्यता व्यवस्थित गर्न निर्माण भएको हुन्छ । नेतृत्व मूलतः विधि र निष्ठाको प्रतीक हो । नीतिप्रतिको निष्ठा नेतृत्व निर्माणको आधार हो, यसरी नेतृत्व निर्माण भएपछि उसले नीतिनिष्ठालाई बलियो बनाउँछ । नेतृत्वको उदाहरणीयताले संस्थाहरू बलिया हुन्छन् । संस्थाहरू बलिया हुनु भनेको सुशासनको जग बस्नु हो । सुशासनका लागि नै पदाधिकारी तथा संस्थाहरू परिचालित हुन्छन्, जसमा नैतिकता, सदाचार र व्यावसयिकताका मूल्य आचरणमा देखिनुपर्छ । 

सदाचारका मान्यताका रूपमा वैधानिकता, सेवाभाव, निष्पक्षता, स्वच्छता, स्वार्थहीनता, इमानदारिता र सदाचारिता राख्न खोजिएको थियो । यी विषय कार्यान्वयन हुँदा समाज नै सभ्य हुने हो, प्रत्येक प्रत्येकप्रति जवाफदेही हुने हुन्, तर पनि आदर्श आचारसंहितामा सहमति बन्न सकेन । आचरणगत पक्षले सार्वजनिक पदाधिकारी तथा संस्थालाई आदर्श अवस्थामा पु¥याउन मद्दत गर्छन् । त्यसैले संस्थाका मूल्य घोषणा गर्ने र ती मूल्यअनुरूपका पदाधिकारीका आचरण व्यवस्थित गर्न नीति, नियम र आचारसंहिता लागू गर्ने, जिम्मेवारी वहन गर्दा निष्ठाको शपथ लिनेजस्ता कार्यहरू गरिन्छन् । तर, सार्वजनिक क्षेत्रमा नीति, निष्ठा एवं समर्पणका पक्षहरू कमजोर हुँदै गएका छन् । व्यक्तिगत, सांगठनिक, सामाजिक र व्यावसायिक तहमा आवश्यक आचरणहरू स्खलित भएका छन् । यसैले अहिलेको सबैभन्दा चाहिएको विषय नै सदाचार हो, जसले सुशासनलाई दिगो बनाउन सक्छ । व्यक्ति आचारच्यूत किन हुन्छ भन्ने विषयमा उत्तर पाइन्न । तर, घटनाक्रम र प्रवृत्तिको विश्लेषणले केही हदमा उत्तर खोज्न भने सकिन्छ । जन्मले मानिस असल हुन्छ, कोही पनि खराब हुँदैन, कर्मले मात्र मानिस खराब वा असल भनिने हो । पारिवारिक, सामाजिक परिवेश, अभिमुखीकरण, रहनसहन, मूल्य, संस्कृतिजस्ता पक्षहरूले व्यक्तिलाई खराब वा असल बनाउँछ । जब व्यक्ति असल प्रक्रियामा लाग्छ, झनै असल र सत्कर्मी बन्छ, नैतिक बन्छ । मानसिक चेत, आत्मिक शक्ति र विवेकले मानिसलाई सकारात्मक बनाउँदै लान्छ । स–साना मानवीय कमजोरीबाट पनि प्रायश्चित गर्दै पछिल्ला व्यवहार सुधार्दै जान्छ ।

विपरीतमा जब मानिस सुख सोच (प्लेजर इनर्सिया)बाट निर्देशित हुँदै जान्छ, प्रयासभन्दा बढी उपलब्धिको खोजी गर्छ, पसिनाविनाको आर्जन र उपलब्धिको प्राप्ति (लोभ) गर्छ, सिर्जना र कर्मविनाको पहिचान र प्रतिष्ठा चाहन्छ । यसर्थ, लोभ (पैसा, पद, पावर, प्लेजर, प्रतिष्ठा, प्रेम आदि) नै खराब आचरणको स्रोत हो । जब व्यक्ति लोभमा पर्छ, विधिविधान र मूल्य मान्यतालाई औपचारिक मात्र देख्छ र गर्भित रूपमा अरू नै गर्न प्रवृत्त हुन्छ । लोभको प्रवेग आदत तीव्रत्तर हुन्छ । समाजमा असल कुराको माग त भइरहेकै हुन्छ, तर खराबको छिटो विस्तार हुन्छ । एकपटक खराब चित्तवृत्ति भएको व्यक्ति फेरिफेरि खराबतिरै लाग्छ । उसको सोच–संगत सबै खराबबाट प्रेरित हुन्छन् । खराब परिवेश र संगतले असलहरू पनि खराब हुन थाल्छन् । खराब व्यक्तिका नेतृत्वमा संस्थाहरू बिटुलिन्छन् र नीति निष्ठाजस्ता सदाचारका आधारशिलाहरू मक्किँदै, कमजोर हुँदै जान्छन् । गैरसदाचारीले दिने नीतिनिर्देशनले सदाचारलाई उपेक्षा गर्छ र आचार व्यवस्था उपेक्षित बन्दै जान्छ । बचेखुचेका सदाचारीहरू लछारिन्छन् र खराब प्रणाली बेस्सरी मौलाउँछ । अहिलेको नेपालको अवस्था यही हो ।

वैयक्तिक प्राज्ञ र असल सोचबाट सदाचारको सामाजिक अभियान चाल्नुपर्ने आवश्यकता छ । यसका लागि केही नैतिक आधारशिला चाहिन्छन् । सामाजिक संस्थाहरू, सार्वजनिक बौद्धिकहरू, स्वयंसेवी समुदायहरूले असल कार्यका लागि मन दुखाउनुपर्छ, जसले नजानिदो रूपमा समाजमा असल बिउहरू रोप्न सक्छन् । परिवारजस्ता शक्तिशाली संस्थाहरू सत्कामी बन्नुपर्छ । आमा सबैभन्दा प्रवीण शिक्षिका हुन्, बुबाहरू परिश्रमका पुजारी । आमा र बुबाको कर्म–आदर्शले सन्तान सदाचारी बन्छन् । विद्यालयहरू असल आचरणका अर्का पथप्रदर्शक हुन् । त्यसपछि राज्यकौशल देखाउने नेता, सामाजिक आचार विधि, पेसागत संरचनाहरू, आचरण समन्वय संयन्त्र, सहयोगी सार्वजनिक कार्यावस्था र आग्रहरहित नागरिक समाजले समाजमा सकारात्मक मूल्यवृत्ति विस्तार गर्न सक्छन् । यो एकैचोटि संस्थागत हुने होइन, तर निर्माण गर्न नसकिने विषय पनि होइन । मुख्य कुरा के हो भने व्यक्तिले आफूलाई चाहिँ ढाँट्नु हुँदैन । अहिलेको अवस्था भनेको आफूलाई ढाँटेर अरूको गल्ती देख्ने प्रवृत्ति हो । परिणामतः भ्रष्टाचार सबैले गर्ने तर गरेको भन्न नचाहने, अरूको मात्र कमजोरी देख्ने बानी बसेको छ । यस्तो प्रवृत्ति समाज, संगठन र राज्य प्रणाली जतासुकै भित्रभित्रै झाँगिएको छ । यसबाट राष्ट्रिय मूल्य स्खलित छ र प्रगतिको मार्गलाई कमजोर बनाउँदै लगेको छ । गैरआचारीहरूले नै अरूलाई नैतिक बन्ने उपदेश दिइरहेका छन् । 


 

कतिपय मुलुकले राष्ट्रिय सदाचार आधारशिला विकास गर्न राष्ट्रिय सदाचार नीति तर्जुमा गरी कार्यान्वयन गरेका छन् । यस्ता नीतिमा समान्यतः सदाचारको व्याख्या र परिभाषा, सदाचारका निर्देशात्मक विषयहरू, सदाचारको अनुगमन पद्धति र नीति अतिक्रमणकर्तालाई सजायजस्ता विषयहरू समावेश गरिएका देखिन्छन् । बेलायतमा संस्थाहरूलाई सदाचारयुक्त बनाउन सार्वजनिक संस्थाका मूल्यहरू घोषणा गरी त्यसलाई लागू गर्ने कार्यात्मक सिद्धान्तको अवलम्बन गरिँदै आएको छ । सार्वजनिक क्षेत्रका मूल्य घोषणा गर्दा जवाफदेहिता, निष्पक्षता, न्याय र स्वच्छता, खराब कुरा त्याग्ने र असल काम गर्ने पाँच आधारभूत कुरालाई महत्व दिइएको पाइन्छ । यी प्रावधानहरू मनन गर्दा सदाचार कायम गर्न ठूला कुरा गर्नैपर्दैन, सामान्य व्यवहार भए पुग्छ भन्ने सन्देश पाइन्छ । यति मात्र होइन, सदाचार कायम गर्न केन्द्रीय संगठनबाट मोडेल नीतिहरू जारी गरी पदाधिकारीहरूलाई स्वअनुशासनमा रहन आत्मिक प्रेरणा दिइएको पनि पाइन्छ । यस्ता कार्यले सदाचारी बन्न पदाधिकारीहरूमा प्रतिस्पर्धा (स्वप्रेरणा) नै जागेको देखिन्छ । 

नेपालमा पनि ह्रास हुँदै गएको सकारात्मक मूल्य संस्कृतिलाई विकास गरी समाजलाई मूल्यनिर्दिष्ट बनाउन आवश्यक मानी पाँच वर्षअघि राष्ट्रिय सदाचार नीति तर्जुमा गर्ने कार्यले महत्व पायो । जसले सार्वजनिक, निजी, सहकारीलगायत सामुदायिक सबै क्षेत्रमा सदाचारिता कायम गरी सुशासन प्रवर्द्धन गर्ने सोच, सदाचारलाई संस्थाको पद्धति बनाई सभ्य समाज निर्माण गर्ने लक्ष्य र संस्थागत सुशासन, सदाचारका मूल्य प्रवर्द्धन, सार्वजनिक कार्यमा स्वच्छता, सार्वजनिक व्यक्तिमा आत्मअनुशासन कायम गर्ने उद्देश्य राखेको थियो । साथै, सदाचारका मान्यताका रूपमा वैधानिकता, सेवाभाव, निष्पक्षता, स्वच्छता, स्वार्थहीनता, इमानदारिता र सदाचारिता राख्न खोजिएको थियो । यी विषय कार्यान्वयन हुँदा समाज नै सभ्य हुने हो, प्रत्येक प्रत्येकप्रति जवाफदेही हुने हुन्, तर पनि आदर्श आचारसंहितामा सहमति बन्न सकेन । 

सदाचार र नैतिकताको महत्त्व 
१.    कर्मचारीमा आत्म नियन्त्रण र स्व उत्प्रेरणा वृद्धि गर्दछ ।
२.    सरकारी काम, कारबाहीलाई छिटो, छरितो गराउन सघाउँछ ।
३.    महत्त्वपूर्ण सरकारी अभिलेखको गोपनीयता कायम गर्ने तथा संरक्षण गराउँछ ।
४.    सरकारी सेवा सुविधा र विकास निर्माण कार्यलाई प्रभावकारी बनाउँछ ।
५.    सार्वजनिक सेवालाई राजनीतिबाट तटस्थ, निष्पक्ष बनाउँछ ।
५.    सार्वजनिक प्रशासनमा हुने ढिलासुस्ती, लापरबाही, भ्रष्टाचार र अधिकारको दुरुपयोगलाई निरुत्साहित गर्दछ ।
६.    सेवाग्राहीको सरकार तथा सार्वजनिक सेवा प्रतिको विश्वास अभिवृद्धि गर्दछ ।
७.    सुशासन कायम गर्न सघाउँछ ।

नेपालको सार्वजनिक प्रशासनमा सदाचार र नैतिकताको सम्बन्धमा भएको व्यवस्था ः
नेपालको संविधानले सार्वजनिक प्रशासनलाई स्वच्छ, सक्षम, निष्पक्ष, पारदर्शी, भ्रष्टाचार मुक्त, जनउत्तरदायी र सहभागितामूलक बनाउँदै राज्यबाट प्राप्त हुने सेवा सुविधामा जनताको समान र सहज पहुँच सुनिश्चित गरी सुशासनको प्रत्याभूति गर्ने नीति अवलम्बन गरिने कुरा उल्लेख गरिएको छ ।

नेपालको संविधानको धारा ४८ मा राष्ट्रप्रति निष्ठावान हुँदै नेपालको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताको रक्षा गर्नु, संविधान र कानुनको पालना गर्नु, राज्यले चाहेका बखत अनिवार्य सेवा गर्नु, सार्वजनिक सम्पत्तिको सुरक्षा र संरक्षण गर्नु नागरिकको कर्तव्यको रुपमा समावेश गरेर सदाचारको संवैधानिक व्यवस्था गरेको देखिन्छ।

त्यसैगरी धारा ५१ मा राज्यका नीतिअन्तर्गत राजनीतिक उपलब्धिको रक्षा, सुदृढीकरण तथा विकास गर्दै आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपान्तरणका माध्यमबाट जनताको सर्वोत्तम हित र समुन्नति प्रत्याभूत गर्नु, मानवअधिकारको संरक्षण र संवर्धन गर्दै विधिको शासन कायम राख्ने, नेपाल पक्ष भएका अन्तर्राष्ट्रिय सन्धि सम्झौताहरुको कार्यान्वयन गर्ने, सार्वजनिक प्रशासनलाई स्वच्छ, सक्षम, निष्पक्ष, पारदर्शी, भ्रष्टाचारमुक्त, जनउत्तरदायी र सहभागितामूलक बनाउँदै राज्यबाट प्राप्त हुने सेवासुविधामा जनताको समान र सहज पहुँच सुनिश्चित गरी सुशासनको प्रत्याभूति गर्ने, आमसञ्चारलाई स्वच्छ, निष्पक्ष, मर्यादित, जिम्मेवार र व्यावसायिक बनाउन आवश्यक व्यवस्था गर्ने, संघीय इकाई बीच जिम्मेवारी स्रोतसाधन र प्रशासनको साझेदारी गर्दै सुमधुर र सहयोगात्मक सम्बन्धको विकास र विस्तार गरी आमनागरिक देशप्रति सदाचार रही कार्य गर्नुपर्नेछ। संविधानले राज्य वा सरकारको दायित्वसमेत उल्लेख गरेको हुँदा सरकारमा समेत सदाचार हुनुपर्ने व्यवस्था धारा ५२ ले गरेको छ।

नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाधीनतालाई अक्षुण्ण राख्दै मौलिक हक तथा मानवअधिकारको संरक्षण र संवर्धन राज्यका निर्देशक सिद्धान्तहरुको अनुसरण तथा राज्यका नीतिहरुको क्रमशः कार्यान्वयन गर्दै समृद्ध र समुन्नत बनाउन सरकार सदाचारयुक्त हुनुपर्ने संवैधानिक दायित्व रहेको छ।

राष्ट्रिय सदाचार नीतिको निर्माण र कार्यान्वयनबाट सार्वजनिकलगायत समाजका सबै क्षेत्रमा पारदर्शिता, सदाचारिता प्रवर्धन भई सुशासनको अभिवृद्धि हुन्छ। सदाचारयुक्त पद्धतिलाई संस्थागत गर्दै सभ्य समाज निर्माण र सदाचारितालाई संस्थाको जीवन पद्धतिको अंगको रुपमा राष्ट्रिय सदाचार नीति लिइनुपर्दछ। सार्वजनिक काममा सदाचार पद्धतिको विकास र प्रवर्धन गर्ने, सार्वजनिक काममा संलग्न प्रत्येक व्यक्तिमा आत्मानुशासनमा भावको विकास गर्नु राष्ट्रिय सदाचार नीतिको उद्देश्य हो।

चालु पन्ध्रौँ योजनाले शासकीय सुधार अन्तर्गत प्रशासकीय सुशासन, वित्तीय सुशासन, भ्रष्ट्राचार नियन्त्रण आदि विभिन्न शीर्षकमा कर्मचारीलाई स्वच्छ, जनमुखी, उत्तरदायी, पारदर्शी, सदाचारयुक्त र भ्रष्ट्राचारमुक्त बनाउनको लागि लिइने विभिन्न रणनीति, कार्यनीतिहरू उल्लेख गरिएको छ ।

नेपालमा सार्वजनिक प्रशासनमा सदाचार र नैतिकताको स्थापना र अभ्यास गर्न सुशासन(व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४, निजामती सेवा ऐन, २०४९ र नियमावली, २०५०, निजामती कर्मचारीको आचार सम्बन्धी नियमावली, २०६५ , राष्ट्र सेवकहरूको आचार संहिता, २०६८ लगायतका विभिन्न ऐन, नियम, निर्देशिका निर्माण गरी कार्यान्वयनमा ल्याइएको छ । यी सबैमा भएको व्यवस्थाको अध्ययन गर्दा निजामती कर्मचारीले पालना गर्नुपर्ने आचरणलाई निम्न अनुसार उल्लेख गर्न सकिन्छः
व्यक्तिगत व्यवहार तथा पदीय आचरणः 
१.    तोकिएको समयमा नियमित रूपले कार्यालयमा हाजिर हुने ।
२.    सकेसम्म बिदा स्वीकृत नगराएर कार्यालयमा अनुपस्थित नहुने ।
३.    अनुशासनमा रही आफ्नो कर्तव्य इमान्दारितासाथ पालना गर्नुपर्ने ।
४.    सरकारी काम सम्बन्धी कुरामा आफूभन्दा माथिका अधिकृतले दिएका आज्ञालाई शीघ्रता साथ पुरा गर्नुपर्ने ।
५.    सबैप्रति शिष्ट व्यवहार देखाउनुपर्ने ।
६.    सेवाग्राहीप्रति मर्यादित व्यवहार देखाउनुपर्ने ।
७.    आफूमाथिका कर्मचारीप्रति आदर र आफू मूनिका कर्मचारी प्रति उचित व्यवहार देखाउनुपर्ने ।
८.    जुवा खेल्ने, तास खेल्ने तथा सार्वजनिक रूपमा जाँडरक्सी सेवन गर्ने वा अन्य निन्दनीय काम नगर्ने ।
पेशागत आचरणः 
९.    आफ्नो कामसँग सम्बन्धित सबै कानुनको जानकारी राख्नुपर्ने ।
१०.    पेसाको सम्मान गर्ने तथा आफ्नो क्षमता विकास गर्न प्रयत्नशील रहने ।
११.    सरकारको आलोचना नगर्ने ।
१२.    सरकारी कामकाज सम्बन्धी समाचार अनधिकृत रूपमा प्रकाशन नगर्ने ।
१३.    खटाइएको कार्यालय वा स्थानमा गई काम गर्ने ।
१४.    सरुवा वा अवकाश हुँदा कानुन बमोजिम बरबुझारथ गर्ने ।
१५.    कानुन बमोजिम ट्रेड युनियन गठन गर्ने तथा त्यसमा सङ्गठित हुने तर दलीय राजनीतिमा संलग्न नहुने ।
१६.    कार्यालय समयमा कार्यालयसँग सम्बन्धित काम मात्र गर्ने ।
१७.    कार्यालयका सामान तथा सुविधाको दुरुपयोग नगर्ने ।
१८.    कार्यालयमा तोकिए बमोजिम परिचयपत्र तथा पोशाक लगाउने ।
१९.    पेशागत कार्य गर्दा राजनीतिक तटस्थता कायम गर्ने ।
आर्थिक आचरणः 
२०.    नेपाल सरकारको स्वीकृति विना दान, उपहार, चन्दा, सापटी नलिने ।
२२.    नेपाल सरकारको पूर्व स्वीकृति नलिई कुनै प्रकारको कम्पनीको स्थापना र सञ्चालन तथा व्यापार व्यवसाय नगर्ने ।
२३.    तोकिएको ढाँचामा निर्धारित समयमा सम्पत्ति विवरण पेस गर्ने ।
२४.    अचल सम्पत्ति खरिद गरेको जानकारी दिने ।
२५.    आफ्नो काम कारबाही आर्थिक रूपमा मितव्ययी तथा किफायतपूर्वक गर्ने ।
२६.    सार्वजनिक सम्पत्तिको संरक्षण र हिफाजत गर्न सदा तत्पर रहने ।
राजनीति सँग सम्बन्धित आचरणः
२७.    राजनैतिक वा अवाञ्छित प्रभाव नपार्ने ।
२८.    राजनीतिमा भाग नलिने ।
२९.    राजनैतिक पदका लागि हुने निर्वाचनमा भाग लिन वा कसैको निमित्त मत माग्न वा कुनै प्रकारको प्रभाव नपार्ने । तर मतदाताको रूपमा मतदानमा भाग भने लिने ।
३०.    प्रदर्शन, हडताल, थुनछेक तथा घेराउ नगर्ने ।
सामाजिक आचरणः
३१.    बहुविवाह, बालविवाह र अनमेल विवाह नगर्ने ।
३२.    छुवा छुत तथा जातीय भेदभाव नगर्ने आदि ।
नेपालको निजामती सेवामा सदाचार र नैतिकताको सम्बन्धमा देखिएका कमीकमजोरीहरू 
नेपालको निजामती सेवामा सदाचार र आचरणको पक्ष निकै कमजोर रहेको पाइन्छ । यसो हुनुका प्रमुख कारणहरू देहाय बमोजिम उल्लेख गर्न सकिन्छः
३३.    सरोकारवालाको सहभागिता विना नै आचार संहिता निर्माण गरिन्छ र त्यसको आवश्यकता अनुसार सञ्चार पनि गरिँदैन । जस्तो राष्ट्र सेवक कर्मचारीको आचार संहिता, २०६८ ।
३४.    कर्मचारीको आवश्यकता भन्दा बढी सेवा सुरक्षाको अवस्थाले गलत गर्ने कर्मचारीलाई सजाय दिन नसकिएको ।
३५.    राजनैतिक तथा प्रशासनिक नेतृत्व नैतिकवान तथा आदर्शवान् हुन नसकेको ।
३६.    कर्मचारीको मनोबल तथा उत्प्रेरणाको स्तर न्यून रहेको ।
३७.    विभिन्न ऐन कानुनहरूमा तादत्म्यता नहुनु, जस्तो सूचनाको हक सम्बन्धी ऐनमा गलत कुरा भएको थाहा पाउने बित्तिकै त्यसलाई सार्वजनिक गर्नुपर्ने प्रावधान छ तर निजामती सेवा ऐनमा सेवामा हुँदा मात्र होइन सेवा निवृत्त भएपछि पनि सरकारी सूचना गोप्य राख्नुपर्ने प्रावधान छ ।
३८.    आचार संहिता सम्बन्धी अव्यवहारिक कुराहरू राख्ने गरिएको पाइन्छ । जस्तोः कर्मचारीले कुनै किसिमको व्यवसाय सञ्चालन गर्न नपाउने व्यवस्था निजामती सेवा ऐनमा राखिएको भए तापनि त्यसको कार्यान्वयन गर्न कठिन हुने ।
३९.    आचार संहिता कार्यान्वयनको अनुगमन, मूल्याङ्कन गर्ने निकायको व्यवस्था गरिँदैन ।
४०.    बढ्दो दण्डहीनता र अराजकताको नियन्त्रण गर्न नसकिएको ।
४१.    दण्ड, पुरस्कारको प्रभावकारी व्यवस्था हुन नसक्नु ।
४२.    ट्रेड युनियनको व्यवस्थाले राजनैतिक हस्तक्षेपलाई मलजल गरेको छ ।
सुधारको उपायः 
४३.    सरोकारवालाको सहभागितामा आचार संहिता निर्माण गरी प्रभावकारी किसिमले कार्यान्वन गर्ने ।
४४.    आचार संहिता निर्माण गर्न धेरै आदर्शवादी कुरा राख्नुको सट्टा व्यवहारिक तथा कार्यान्वयन हुन सक्ने कुराहरू मात्र राख्ने ।
४५.    आचार संहिता कार्यान्वयनको अनुगमन, मूल्याङ्कन गर्ने निकायको व्यवस्था गर्ने र पालना नगर्ने कर्मचारीलाई कडा दण्डको व्यवस्था गर्ने ।
४६.    कर्मचारीको आवश्यकता भन्दा बढी सेवा सुरक्षाको अवस्थाको अन्त्य गर्ने । कर्मचारीलाई अवकाश दिने किसीमको बाहेक अन्य सानातिना सजायमा पनि लोक सेवा आयोगको परामर्श लिनुपर्ने व्यवस्थाको अन्त्य गर्ने ।
४६.    नेतृत्व आदर्शवान् तथा नैतिकवान हुनुपर्ने ।
४७.    विभिन्न मौद्रिक तथा गैर मौद्रिक उपायको अवलम्बन गरी कर्मचारीको मनोबल तथा उत्प्रेरणाको स्तर बढाउने ।
४८.    विभिन्न ऐन कानुनहरूमा तादात्म्यता कायम हुने गरी ऐन कानुनको निर्माण तथा परिमार्जन गर्ने र
४९.    ट्रेड युनियनको व्यवस्थाले राजनैतिक हस्तक्षेपलाई मलजल गरेकोले निजामती सेवा भित्र एकल ट्रेड युनियनको व्यवस्था गर्ने ।

सदाचार मूल्य प्रणाली निर्माणका चुनौती र समाधानका उपायहरू
नेपालको सार्वजनिक मामिलामा सदाचार, नैतिकता, इमानदारिता, निष्ठा, मूल्यमा आधारित राजनीति,  मूल्य र नैतिकतामा आधारित प्रशासन ओझेलमा परे भन्ने विषयमा सर्वथा चासो र चिन्ता व्यक्त भइरहेको पाइन्छ ।  समाजलाई ठिक र न्यायिक दिशामा निर्देशित गर्ने अदृश्य शक्ति नै मूल्य प्रणाली हो । शासकीय मूल्यमा क्षयीकरण भएमा त्यसले समग्र शासकीय व्यवस्थालाई समेत खलबल्याउँछ ।

हामी विदेशका राम्रा बानी, अनुशासन, सरसफाइ, समयको वास्ता र किताब पढ्ने, आफ्ना सांस्कृतिक महत्त्वका वस्तुहरूको वास्ता गर्ने,  स्वस्थ खाना खाने आदिको चाहिँ वास्ता गर्दैनौँ । हाम्रो संस्कृति,  रहन—सहन, औकातभन्दा बाहिरका कुराहरूको बढी सिको गरिराखेका हुन्छौँ । यसले हाम्रो मूल्य प्रणालीमा स्खलन आइरहेको छ । हामीले हाम्रो पूर्वीय दर्शनको आचार—विचारलाई चटक्कै बिर्सेजस्तो व्यवहार प्रदर्शन गरेका छौँ ।  
राजनीतिक मूल्य प्रणाली राजनीतिक प्रणालीमा मूल्य र निष्ठाको ह्रास हुँदै गएकोमा चिन्ता र चासो बढेको छ । 

नेपालका कतिपय ठुला राजनीतिक दलहरूको महाधिवेशनमा राजनैतिक मूल्य प्रणाली,  नागरिकमा आशा जगाउने विषयहरूभन्दा अन्य विषयमा बढी छलफल भयो । देशलाई समृद्ध बनाउने रणनीतिका बारेमा छलफल हुन्छ कि भन्ने जिज्ञासा सहित सर्वसाधारण नागरिकहरूले निकै चासो, चिन्ता र चर्चा  गरे ।

नेपालको शासकीय प्रणालीमा खर्चिलो निर्वाचन प्रणाली,  भड्किलो प्रचार—प्रसार शैली, समानुपातिक निर्वाचनमा समेटिन तथा उम्मेदवारको टिकट पाउने बेलामा देखिएको क्रोनिक्यापिटालिजम, मतदातालाई प्रभाव पार्नको लागि प्रयोग गरिने आर्थिक प्रलोभन, नीति निर्माणमा प्रमुख भूमिका निर्वाह गर्ने सांसदहरूलाई होटल नै बुक गरेर सम्पर्क विहीन बनाउने लगायतका दृष्टान्तहरू मिडियामा बग्रेल्ती देख्न र सुन्न पाइन्छ ।

यी केही साङ्केतिक क्रियाकलाप मात्र हुन । अदृश्य रूपमा हुने अन्य चलखेलकोको पाटो बाँकी नै छ । यी सबै दृष्टान्तले के देखाउँछ मूल्य प्रणालीमा टेकेर र उभिएर राजनीति गर्न निकै चुनौतीयुक्त र सकसपूर्ण छ । पैसा खर्च नगरीकन सिद्धान्त, आदर्श र मूल्यमा आधारित आधारित राजनीति टिकाउ हुन गाह्रो देखिन्छ । मूल्य प्रणालीमा आधारित राजनीतिभन्दा पनि पैसामुखी राजनीति देखिएको छ । यो तितो सत्य हो ।

यसको मूल कारण समाजमा खस्कँदो मूल्य प्रणाली,  खर्चिलो निर्वाचन प्रणाली, राजनीतिक दलहरूको स्रोत प्राप्ति र खर्च प्रणाली पारदर्शी नहुनु, छिटो धन कमाउन लालसा, राजनीतिलाई सेवाभन्दा पनि पेसाको रूपमा लिने बाध्यता रहेको राजनीतिक विश्लेषकहरू बताउँछन् । 

सार्वजनिक प्रशासनमा मूल्य प्रणाली 

सार्वजनिक मूल्य प्रणालीका सन्दर्भमा मिति २०७८।०८।२९ गते सहसचिवको लागि सोधिएको प्रश्नमा यस्तो उल्लेख गरिएको छ, ‘सार्वजनिक सेवाका लागि पनि संविधान, कानुन, परम्परा र सङ्गठनात्मक मूल्यले सर्वमान्य मूल्यहरू निर्धारण गरिदिएको  हुन्छ । नेपालमा पनि कर्मचारीहरूका लागि मूल्यहरू तोकिदिएको छ । संविधान, सुशासन ऐन, सेवा सर्त सम्बन्धी कानुन, शपथ आदिमा यी मूल्य निर्दिष्ट गरिएका छन् ।

यीमध्ये मुख्य मूल्यहरू भनेको निष्पक्षता, तटस्थता, वस्तुनिष्ठता, इमानदारिता, जबाफदेहिता, पारदर्शिता  र विधिको शासन नै मुख्य हुन् । यी कुनै पनि मूल्यमा कर्मचारीहरू खरो उत्रन सकेका छैनन् । कर्मचारीहरूको निष्पक्षता आन्तरिक र बाह्य रूपमा प्रदर्शित हुनुपर्नेमा नातावाद, कृपावाद, दलगत झुकाव एवं मिलीभगतमा काम भएको भनेर आलोचना भइरहेको छ । न कर्मचारीतन्त्र राजनीतिक रूपमा निष्पक्ष छ, न त जनताप्रति जबाफदेही छ । अतिरिक्त आर्थिक लाभ दिलाएर सेवाग्राही सेवा लिन बाध्य छन् भनिन्छ । निर्णय तहमा रहेकाहरूले विवेकपूर्ण निर्णय त राम्रोसँग गर्न सकेका छैनन् भने नैतिक निर्णय गर्ने गरेको उदाहरण सुन्न कमै पाइन्छ । साहसिक निर्णय त अझ परको कुरा भएको छ ।

नैतिक निर्णय गर्न अन्तरात्माबाट प्रेरणा लिनुपर्ने हुन्छ । यी तथ्यहरूले नेपालको सार्वजनिक सेवाभित्र मूल्यप्रतिको सम्मान र अभ्यास कम हुँदै गएको स्थिति छ’ यो प्रश्नको भावले नेपालको सार्वजनिक प्रशासनमा नैतिक मूल्यहरूको स्खलनलाई दर्साउँछ ।

निजी क्षेत्रमा मूल्य प्रणाली 

नेपालको संविधानले निजी क्षेत्रलाई अर्थतन्त्रको मूल खम्बाको रूपमा लिएको छ । दिगो विकासका लक्ष्यहरूमा निजी क्षेत्रको लगानी ५५ प्रतिशतको हाराहारीमा अपेक्षा गरिएको छ । विकास र समृद्धिको ड्राइभर – सरकार, इन्जिन – निजी क्षेत्र र इन्धन – सीपमूलक जनशक्ति मानिन्छ ।

आर्थिक वृद्धिको संवाहकका रूपमा पहिचान र सम्बोधन गरिए पनि निजी क्षेत्रले अपेक्षित रूपमा दक्षता र व्यावसायिक कुशलता र स्वस्थ प्रतिस्पर्धात्मक क्षमता विकास गरिसकेको देखिँदैन । अनुभूतिजन्य तितो अनुभव धेरै छ । भ्याट, भन्सार, राजस्व छली, वस्तु तथा सेवाको न्यून गुणस्तर, मिसावट,  कालोबजारी, छाया अर्थतन्त्रलाई प्रोत्साहित गरिएको लगायतका व्यावसायिक नैतिकता (बिजनेस इथिक्स) लाई ध्यान नदिइएको गुनासो बारम्बार आइरहेको पाइन्छ ।
सहकारी क्षेत्र र मूल्य प्रणाली 
सहकारी मूल्य, मान्यता र सिद्धान्त अनुरूप देशका कृषक, कालीगढ, श्रमिक, न्यून आय समूह एवं सीमान्तकृत समुदाय वा सर्वसाधारण उपभोक्तामाझ छरिएर रहेको पुँजी, प्रविधि तथा प्रतिभालाई स्वावलम्बन र पारस्परिकताका आधारमा एकीकृत गर्दै सदस्यहरूको आर्थिक, सामाजिक तथा सांस्कृतिक उन्नयन गर्न, समुदायमा आधारित, सदस्य केन्द्रित, लोकतान्त्रिक, स्वायत्तता र स्वशासित सङ्गठनको रूपमा सहकारी संस्थाहरूको विकास गर्ने मनसाय रहेको छ । 

अबको बाटो

यद्यपि, नैतिकता र मूल्य प्रणाली निर्माण गर्ने काम केवल कानुनले मात्र सम्भव छैन, तथापि कानुनको प्रभावकारी कार्यान्वयन र नैतिक मूल्य प्रणाली निर्माणका लागि गर्नुपर्ने सुधारका कामहरूमध्ये केही देहाय बमोजिम छन् ।

क) विद्यमान प्रावधानहरूको प्रभावकारी कार्यान्वयनमा जोड 
सदाचार पद्धति प्रवर्धन गर्न र स्वार्थको द्वन्द्वको अन्त्यका लागि विद्यमान संवैधानिक, कानुनी, नीतिगत, कार्यविधिगत प्रावधानहरूको प्रभावकारी कार्यान्वयन नै सुधारको प्रस्थान बिन्दु हो । यो कामको थालनीबाट नै थप कामको लागि बाटो खोलिने हुँदा यसतर्फ ध्यान दिनुपर्ने देखिन्छ । भएका प्रावधानहरूको कार्यान्वयन नहुनु, कार्यान्वयनको पक्ष फितलो हुनु, देखावटी कार्यान्वयन गर्नु जस्ता समस्याहरू विद्यमान छन् । 
ख) नैतिक सङ्गठनहरूको निर्माण गर्ने 
समाजमा नैतिकता प्रवर्धनका लागि नैतिक सङ्गठनहरूको निर्माण अपरिहार्य छ । सार्वजनिक र निजी दुवै क्षेत्रहरूमा नैतिक र मूल्यमा आधारित सङ्गठनहरू निर्माणको अभियान सञ्चालन गर्ने । 

नैतिक सङ्गठनका लागि आधारभूत मापदण्ड निर्माण गर्ने,  नैतिकवान् व्यक्तिहरूको पहिचान गरी नेतृत्व सुम्पने, नैतिक काम गर्नेलाई पुरस्कार गर्ने, अनैतिक काम गर्नेहरूलाई सजाय दिने । सार्वजनिक सङ्गठनहरू बीचमा एक आपसमा स्वच्छ प्रतिस्पर्धा गराउने । नैतिक सङ्गठन निर्माण र प्रवर्धन सम्बन्धी थप कामहरू गर्दा यसले समाजमा एक प्रकारको हलचल पैदा गराउन सक्ने देखिन्छ ।

ग) नागरिक दायित्वलाई विस्तृतीकरण गर्दै नैतिक शपथ  
सदाचार पद्धति निर्माणको लागि नागरिकहरूको क्लष्टर बनाएर नैतिक शपथ खुवाउन सकिन्छ । सानो सानो घेराबाट सुरु गरी सबै नागरिकलाई राष्ट्रप्रतिको दायित्व निर्वाह गर्नको लागि प्रतिबद्धता बनाउने । नेपालको संविधानको धारा ४८ मा नागरिकको कर्तव्यमा उल्लेख गरिएको विषयलाई कानुनद्वारा विस्तृतीकरण गरेर जानु पर्दछ । संविधान र कानुनको पालना गर्नु,  राज्यले चाहेको बेला अनिवार्य सेवा गर्नु, सार्वजनिक सम्पत्तिको सुरक्षा र संरक्षण गर्नु लगायतका बुँदालाई कानुनैमा विस्तृतीकरण गरेर कार्यान्वयनमा ल्याउनु पर्दछ ताकि सदाचार र नैतिक मूल्यमा आधारित प्रणाली निर्माणमा कोशेढुंगाको रूपमा काम गरोस् । 

घ) सङ्गठनका नैतिक मूल्य निर्धारण 
स्थानीय तह तथा प्रदेश सरकारकाले सङ्गठनका मूल्यहरू निर्धारण गरी सार्वजनिक गर्ने । ताकि निर्धारित मूल्य, मान्यता र सिद्धान्तले निर्देशन गरे अनुसार सङ्गठनलाई चलायमान बनाउने । यसो गर्दा यसको प्रभाव अन्य पक्षहरूलाई परी नैतिकतामा आधारित मूल्य प्रणाली निर्माण गर्न गराउन सहयोग पुग्दछ ।

ङ ) सदाचार प्रवर्धनका लागि साझा अभियान सञ्चालन 
असल मूल्य प्रणाली निर्माण गर्नका लागि दृढ इच्छाशक्तिका साथ स्वच्छ छवि भएका  र अरूलाई पनि सही दिशामा लैजानका लागि नेतृत्व तथा प्रेरणा प्रदान गर्न सक्ने व्यक्तिहरूको अगुवाइमा अभियान सञ्चालन गर्ने । समाजका सकारात्मक जीवनशैली भएका व्यक्तिहरूको पहिचान, सम्मान,  पुरस्कार,  प्रचार, सफलताका कथाहरूको प्रकाशन, प्रसारण, रेडियो कार्यक्रम,  टिभी कार्यक्रम, पर्चा पोस्टर, पम्पलेट लगायतका विविध प्रक्रियाहरू अपनाइयो भने यसले सदाचार प्रणाली निर्माणमा टेवा पु¥याउन सक्दछ । यस्तो अभियानको एउटा उदाहरणका रूपमा बाग्मती सफाइ अभियानलाई लिन सकिन्छ । यसरी नै  नैतिक मूल्य प्रणाली निर्माणको अभियान सञ्चालन गर्नुपर्दछ ।

च) नीतिगत, संरचनागत र व्यवहारगत सुधार 
राष्ट्रिय सदाचार नीतिको मस्यौदा २०७४ लाई अद्यावधिक गरी लागू गर्ने । यो नीतिले राष्ट्रिय सदाचार पद्धति निर्माणका लागि विशेष भूमिका निर्वाह गर्न सक्दछ । निजी क्षेत्र, गैरसरकारी क्षेत्र, सहकारी क्षेत्र, नागरिक समाज तथा सामुदायिक सङ्घ—संस्थाहरूले आआफ्नो ठाउँबाट नीतिको परिपालना गर्ने र गर्न वातावरणको सिर्जना गराउनु पर्दछ । यसै सन्दर्भमा राष्ट्रिय सतर्कता केन्द्रलाई सदाचार पद्धति कार्यान्वयनको अवस्था अनुगमन र मूल्याङ्कन गर्ने गरी त्यसको पुनः संरचना गर्ने र थप जिम्मेवारी प्रदान गर्ने । सङ्घ, प्रदेश र स्थानीय तहका कार्यालयहरूले सदाचार पद्धतिको अभियानलाई सहजीकरण गर्नका लागि सदाचार अधिकृतको व्यवस्था पनि गर्ने । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दायरामा अनुचित कार्य छैन । कानुन बनाएर अनुचित कार्य पनि हेर्न मिल्ने बनाउने । निजी क्षेत्र सहकारी क्षेत्र र सामाजिक क्षेत्रमा हुने भ्रष्टाचार हेर्ने अधिकार पनि उक्त आयोगलाई दिँदा सदाचार प्रवर्धनमा टेवा पु¥याउन सक्दछ । 

छ) राष्ट्रिय एजेण्डा र रणनैतिक हस्तक्षेपकारी नीति अवलम्बन 
सदाचार इमानदारिता र नैतिकता समाज रूपान्तरणको सबैभन्दा बलियो पाटो हो । यसमा सामान्य नीतिगत सुधारले मात्र यसलाई अगाडि बढाउन सकिँदैन । राजनैतिक सामाजिक एजेण्डाको रूपमा यसलाई अगाडि बढाउनु पर्दछ । राजनीतिक नेतृत्व,  निजी क्षेत्र, सार्वजनिक प्रशासन, नागरिक समाज, सामाजिक क्षेत्र लगायत सबै क्षेत्रबाट यसलाई अवलम्बन गर्ने प्रतिबद्धता हुनुपर्ने । राजनैतिक दलहरूले राष्ट्रिय मूल्य निर्माणको लागि राजनैतिक एजेण्डा नै बनाउनु पर्दछ । राजनैतिक एजेण्डा बिना परिवर्तन निकै गाह्रो छ । चल्ते र चलाते शैलीले प्रणाली बसाउन चुनौतीपूर्ण रहेको छ  

ज) राष्ट्रिय सङ्कल्प 
सदाचार प्रणाली निर्माणका लागि संसद्बाट सङ्कल्प प्रस्ताव पारित गरी  सबै राष्ट्रिय पार्टीहरू एकमतले सदाचार निर्माणको अभियानमा लाग्ने हो भने यसले पक्का पनि प्रणाली निर्माणमा सहयोग पु¥याउँछ ।

झ) पाठ्य पुस्तकमा परिवर्तन 
सामाजिक रूपान्तरणमा शिक्षाको ठुलो महत्त्व र भूमिका हुन्छ । सदाचारयुक्त समाज निर्माणका लागि तदनुसारको पाठ्यक्रम विकास गर्नुपर्दछ । विद्यालय तहदेखि नै सदाचार शिक्षालाई रचनात्मक तरिकाले ठोस रूपमा कार्यान्वयनमा ल्याउनुपर्दछ । यसका अतिरिक्त अध्ययन—अनुसन्धान, तालिम, सभा, सम्मेलन, गोष्ठी, प्रचार—प्रसार लगायतका माध्यमबाट पनि नैतिक मूल्य प्रणाली विकास कार्यलाई अघि बढाउन सकिन्छ ।

निष्कर्ष 
हाम्रो देशमा भएको युगान्तकारी परिवर्तन सँगसँगै आम जनतालाई परिवर्तनको अनुभूति दिलाउने गरी विद्यमान संरचना , नियम, कानुन परिवर्तन गरेका छौँ तर हाम्रा संस्कार, कार्यशैली , आचरण र व्यवहारमा रूपान्तरण गर्न नसक्दा आम जनतामा निराशा उत्पन्न भएको छ । फलस्वरूप आम जनताको प्रशासन संयन्त्रप्रति मात्र होइन सिङ्गो शासन व्यवस्थाप्रति नै वितृष्णा बढ्दै गएको देखिएकोले माथि उल्लेख गरिएका लगायतका सुझावहरूलाई ग्रहण गर्दै सार्वजनिक प्रशासनलाई सदाचारयुक्त, भ्रष्ट्राचारमुक्त र नैतिकवान बनाई सुशासन कायम गर्नु आजको टड्कारो आवश्यकता हो । 

यसो गर्न सके मात्र जनतामा परिवर्तनको प्रत्यक्ष अनुभूति हुनेछ र समृद्ध नेपाल र सुखी नेपाली निर्माण गर्ने दिशातर्फको हाम्रो यात्रा सही गन्तव्यतर्फ अघि बढ्ने छ ।पूर्वीय दर्शनमा रहेको नैतिकता, सदाचारिता, चरित्र निर्माण र नैतिक शिक्षा समेटेर विद्यालय शिक्षादेखि उच्च शिक्षा तहसम्मको पाठ्यक्रम निर्माण गरी अध्यापन गराउँदा विद्यार्थी वर्गमा इमानदारी बढ्न गई सदाचारको अभिवृद्धि भई भ्रष्टाचार निराकरणमा सहयोग पुग्ने देखिन्छ।असल र सभ्य समाज निर्माणका लागि सदाचार शिक्षा र संस्कारको अभिवृद्धि गर्नुपर्छ। “घूस लिने र घूस खुवाउने दुवै राज्यका शत्रु हुन” भन्ने आदर्श वाक्यलाई आत्मसात् गरी घूस लिने र घूस खुवाउने दुवैलाई आजीवन कारावास पु¥याउनुपर्छ। पद, प्रतिष्ठा र अधिकार ग्रहण गरेका सार्वजनिक पदमा आसीन पदाधिकारीको हरेक वर्ष सम्पत्ति सार्वजनिकीकरण गर्नुपर्छ र उच्चपदस्थका नातागोताको समेत सम्पत्तिमा निगरानी राख्नुपर्छ।आमनागरिकलाई सूचनाको पहुँच सहजै हुनुपर्छ। राजनीतिक दलका नेतृत्व र उच्चपदस्थ अधिकारीमा त्याग र समर्णको भाव हुनुपर्छ। 

कर्मचारीतन्त्र अनुशासित र जिम्मेवार हुनुपर्छ। भ्रष्टाचारको विषयमा शोध, अध्ययन, अनुसन्धान गर्ने शोधार्थी–अनुसन्धाता–अभियन्ता–सञ्चारकर्मीलाई राज्यले प्रोत्साहित गर्नुपर्छ। कठोर कानून निर्माण गरी कार्यान्वयनमा ल्याउनुपर्छ। सरकारले नै भ्रष्टाचारीलाई सार्वजनिक स्थलमा बेइज्जत गर्नुपर्छ।सदाचार र नैतिक निकै महँगो वस्तु भएको हुँदा यसलाई सर्वसुलभ बनाउनु नै पर्दछ । यसका लागि प्रविधि, कानुनको कठोर कार्यान्वयन नयाँ पुस्तामा जागरण ल्याउनु जरुरी छ । 

आर्थिक, राजनीतिक, सांस्कृतिक र वैचारिक हस्तक्षेपमार्फत नैतिक मूल्य प्रणालीको निर्माण गर्नुपर्दछ । नेपालको खस्कँदो नैतिक मूल्य प्रणाली साधारण कारोबारिया दृष्टिकोणबाट मात्र सम्भव देखिँदैन । पूर्वीय दर्शनले यदि तिमीले सम्पत्ति गुमायौ भने खास केही गुम्दैन परिश्रम र मिहिनेत गर्दा पुनः कमाउन सकिन्छ। शरीर अस्वस्थ भएमा औषधोपचारद्वारा स्वस्थ हुनसक्ने दीक्षा दिएको छ। सदाचार र आचरण भ्रष्टनष्ट भएको अवस्थामा सबैथोक गुम्छ। श्रीमद्भागवतगीतामा मानव समाज नीति, कर्म, आचरण र सच्चरित्रले सञ्चालन हुने उल्लेख छ।

इमानदारी र अनुशासनलाई सदाचारले ऊर्जा प्रदान गर्ने भएर चरित्र विनाको ज्ञान र परिश्रम विनाको सम्पत्तिलाई अहिंसावादी गान्धीले पाप मानेका छन्। दुराचारको संस्कृति संस्थागत भएको समाजमा सदाचारको विकास र सुदृढीकरण गर्न ठूलै संघर्ष गर्नुपर्ने हुन्छ।
सरकारी कार्यालयको कार्यप्रणालीलाई पूर्णस्वचालित बनाई निर्णय प्रक्रियालाई सरल र छिटोछरितो बनाउन विद्युतीय प्रणालीको विकास गर्दा पारदर्शिता र सदाचार वृद्धि हुन्छ। भ्रष्टाचारले गाँजेको समाजमा सदाचारी मानिस टिक्न कठिन हुन्छ। समाज समेतले धन–सम्पत्ति नभएको प्राज्ञ–बौद्धिक व्यक्तित्वलाई भन्दा सत्ता, शक्ति र पद रहेको, सम्पत्ति जोडेर आरामपूर्वक समाजमा नेतृत्वकारी भूमिकामा रही हाट्टहुट्ट गर्न सक्ने व्यक्तिलाई सम्मान र भक्तिभाव गरेको पाइन्छ।

व्यक्तिले शिक्षा आर्जन गर्ने पहिलो विद्यालय भनेको आफ्नै परिवारको सदस्य हुने भएकोले साना–साना नानीहरुको चरित्र निर्माण घरपरिवारबाटै प्रारम्भ हुन्छ। असल परिवारबाट चरित्रवान सन्तानको निर्माण हुन्छ। राजनीतिक नेतृत्व इमानदार, कर्तव्यनिष्ठ र सदाचारयुक्त भएमा भ्रष्टाचार निराकरणको अचूक ओखति हुनसक्छ। असत्यबाट सत्यतिर, अन्धकारबाट उज्यालोतिर र मृत्युबाट मोक्षमार्गतिर पाइला अघि बढाउँदै साग र सिस्नु खाएको वेश आनन्दी मनले भन्ने महाकवि लक्ष्मीप्रसाद देवकोटाको वचन शिरोधार्य गर्दा नैतिकता र सदाचारको विकास भई भ्रष्टाचार न्यूनीकरण हुनसक्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
100 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै