
अमेरिकाको ओक्लोहोमामा एक बच्चा समेत दुई मानिसलाई क्रूरतापूर्वक मार्ने व्यक्तिलाई अदालतले आजीवन कारावासको सजाय सुनाएको छ । यी व्यक्तिको नाम लरेन्स पल एन्डरसन हो । उनले छिमेकमै बस्ने एक महिलालाई काटेर उनको मुट्ु निकाले र यसलाई आलूसँग पकाएर घरका मानिसलाई पनि खुवाएर उनीहरुको हत्या गरे । यो घटनाको २ वर्षपछि आज पैmसला सुनाइएको छ ।
के हो पुरा घटना ?
घटना २०२१ को हो । अमेरिकाको ओक्लाहोमामा लरेन्स पल एन्डरसन नामका व्यक्तिले आफ्नो छिमेकमा बस्ने एन्ड्रिया लिन ब्लेन्केनशीप नामकी महिलाको हत्या गरेका थिए । यसपछि उनले मुटु काटेर यसलाई आलूसँग पकाए र आफ्ना घरका अन्य सदस्यलाई पनि खुवाए । यसपछि हत्याराले आफ्ना काका लियोन पे र उनकी ४ वर्षकी नातिनी केओस येट्सको पनि हत्या गरे । उनले आफ्नी काकी डेलसी पेमाथि पनि चक्कु आक्रमण गरेका थिए । तर उनी बाच्न सफल भइन । सूचना पाए लगत्तै प्रहरी उक्त व्यक्तिलाई पक्राउ गर्न त्याहाँ पुगेको थियो ।
राक्ष्सलाई निकाल्न घरका सदस्यलाई मुटु पकाएर खुवाए
एन्डरसनले ब्लेन्केनशिपको हत्या गरेपछि उसको मुटु काटेर निकाले । यसलाई आलूसँग पकाएर परिवारका अन्य सदस्यलाई खुवाएपछि राक्षस घर बाहिर जान्छ भन्ने उनले सोँचेका थिए । ओक्लोहामा स्टेट ब्यूरो अफ इन्भेस्टिगेटिभले यो घटनाका आरोपीलाई फासीको सजाय माग गरेको छ । यद्यपि अदालतले उनलाई आजीवन कारावासको सजाय सुनायो । एन्डरसनलाई हत्या, मारपीट र अंगभंग गरेकोमा दोषी पाइयो र लगातार पाँच आजीवन कारावासको सजाय सुनाइएको छ । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- घट्यो सुन–चाँदीको मूल्य
- मन्त्री र उम्मेदवार छान्न भोलि कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
- थ्री पिस सुट र छालाको सुटमै ४१०० मीटरको हिमाल चढे एक जापानी सुचिकार
- यी स्थानमा चट्याङ्ग सहित हल्का वर्षा हुने
- लक्जमबर्गको पोस्टमा पोर्चुगलको आधा दर्जन गोल
- काठमाडौंमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
- सन्दीपको बलात्कार मुद्दामा आजदेखि अन्तिम सुनुवाइ सुरु
- राजनीति जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्छः राष्ट्रपति