
गत साता सिलिकन भ्याली बैंक टाट पल्टेपछि अमेरिकामा बैंक धरासायी हुने सिलसिला सुरु भएको छ । अमेरिकाको राजनीति क्षेत्रमा यो आर्थिक संकटप्रति पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई जिम्मेवार ठहराइन थालिएको छ । भरमोन्टका सेन बर्नी स्यान्डर्सले अमेरिकी बैंकहरुमा आएको यो संकटको ठुलो कारण पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले हस्ताक्षार गरेको २०१८ को एक बिनातर्कको कानुन भएको बताएका छन् । ट्रम्पले उक्त समयमा एसभीबीको आकारका बैंकहरुसँग सम्बन्धित नियामकीय नियमलाई खुकुलो बनाएका थिए ।
यद्यपि राष्ट्रपति जो बाइडेनले एसभीबीको पतनका लागि २०१८ को रोलबैंक (कानुन फिर्ता लिनु)लाई स्यान्डर्सले जस्तै सीधा रुपमा दोषी मानेनन् । तर बैंकिङ प्रणालीमा आफ्नो सोमाबारको टिप्पणिमा उनले ट्रम्प शासन कालमा लागू गरिएको कानुनको आलोचना गरेका थिए ।
यसबीच ट्रम्पले पनि जवाफ फर्काउदै आपूmले एसभीबी गडबडीमा आफ्नो कुनै पनि भूमिका नभएको बताएका छन् । उनका प्रवक्ताले डेमोत्र्mयाट्समाथि आफ्नो जिम्मेवारीबाट बच्न जनतालाई धोखा दिने कोशिश गरेको आरोप लगाएका छन् । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- काठमाडौंमा मेयर साहविरुद्ध प्रर्दशन
- प्रचण्ड, देउवा र नेपालबीच मन्त्रिपरिषदलाई पूर्णता दिनेबारे छलफल
- घट्यो सुन–चाँदीको मूल्य
- मन्त्री र उम्मेदवार छान्न भोलि कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
- थ्री पिस सुट र छालाको सुटमै ४१०० मीटरको हिमाल चढे एक जापानी सुचिकार
- यी स्थानमा चट्याङ्ग सहित हल्का वर्षा हुने
- लक्जमबर्गको पोस्टमा पोर्चुगलको आधा दर्जन गोल
- काठमाडौंमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु