Dark

पुरुष उमेदवार गलत भयो, मै चुनाव जित्छुःअष्टलक्ष्मी

३ चैत । उपराष्ट्रपति पदका उमेदवार अष्टलक्ष्मी शाक्यले आफूले सकारात्मक प्रतिक्रिया पाएको बताएकी छन् । उपराष्ट्रपति चयनका लागि शुक्रबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा मतदान जारी रहँदा सञ्चारकर्मीसित उनले यस्तो बताएकी हुन् ।

आफू नै विजयी हुने उनले बताइन् । राष्ट्रपति पुरुष निर्वाचित भइसकेपछि उपराष्ट्रपतिमा पुरुष नै उमेदवार हुनु गलत भएको जिकिर उनले गरिन् ।

‘राष्ट्रपति पुरुष निर्वाचित भइसकेपछि आन्दोलनको भावनाविपरीत पुरुष उमेदवार हुनुहुन्थ्यो । गलत भयो,’ उनले भनिन्, ‘चुनाव जित्छु । सकारात्मक प्रतिक्रिया पाएको छु ।’

यो निर्वाचनमा उनी सांसद नभएकाले मतदान भने गर्न पाउँदिनन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै